IMG-LOGO

कला र साहित्य

  • पर्खाइ
    मंगल, जेठ ५, २०८३ विनय सरगम

    पर्खनेहरूले गर्दा रहेछन्
    सबैभन्दा धेरै माया’
    एकाबिहानै
    उज्यालोको मसिनो मोक्षहरू खोज्दै
    तिमी त गैगयौ–
    मैले तिमीलाई पर्खिएर
    एक जुनी बाँचिदिएँ । 

    घरको मिर्मिरे आँगनले– क्षितिजको घ ...

    थप पढ्नुहोस्

  • हेर्दाहेर्दै
    मंगल, बैशाख २९, २०८३ देवकुमार मोक्तान

    हेर्दा हेर्दै के के भए भए...
    हेर्दा हेर्दै,
    निरंकुशताका जञ्जिरहरु चुँडिए
    निस्पट्ट अँध्यारो चिर्दै
    विहानीको लाली झुल्कियो
    निराशालाई बिसाउँदै 
    आशाका भङ्गालाहरु छुट्टिँदै थिए ।
    बाँझा भूमि ...

    थप पढ्नुहोस्

  • किन रोयो बुद्ध
    मंगल, बैशाख २२, २०८३ निमेष निखिल

    आँखाभरि आँसु देख्छु किन रोयो बुद्ध
    योद्धालाई थाहा छैन किन भयो युद्ध ।
     
    पखेरीमा लालीगुराँस फक्रिएको छैन
    मनभरि हेर्ने प्यास निख्रिएको छैन
    किन हुन्छ समय यो मान्छेदेखि क्रुकद्ध
    योद्धालाई थाह ...

    थप पढ्नुहोस्

  • बुबा
    मंगल, बैशाख १५, २०८३ अजिता दाहाल क्रान्ति

    आमा धर्ती भन्नेले बाबा आकाश किन सोच्दैन्न ?
    आमा जन्मदाता भन्नेले बाबा कर्मदाता किन मान्दैनन् ?
    बच्चा भ्रुण बनेदेखीको पिडा आमाले भोगिन्,
    बाबाले पनि उसको ख्याल र हिफाजत उत्तिकै गरे, कोखमा फक्रदै गरेको स ...

    थप पढ्नुहोस्

  • एकलो पनको उत्तर
    मंगल, बैशाख ८, २०८३ – सुविन बिश्वकर्मा

    तिमीलाई हामी सँगै नभएकोमा

    खल्लो लाग्दैन ?

    एक्लै कतै टाढा हुँदा

    मन भारी हुँदैन ?

    हात समाएर हिँडेका

    गोरेटोहरूले मुटु कोतर्दैन ?

    याद नै नगरे पनि

    कहीँ–कतै सम्झनाका बाछिटाहरूले झस्काउँ ...

    थप पढ्नुहोस्

  • राष्ट्रका कलाहरु
    मंगल, बैशाख १, २०८३ – खलिल जिब्रान

    इजिप्टवासीहरुको कला रहस्यमा हुन्छ  ।

    काल्डियनहरूको कला गणनामा हुन्छ ।

    युनानीहरुको कला अनुपातमा हुन्छ ।

    रोमनहरुको कला न्यायमा हुन्छ ।

    चिनियाँहरुको कला शिष्टाचारमा हुन्छ ।

    भारतीयहरुको ...

    थप पढ्नुहोस्

  • परेवा र मान्छे
    मंगल, चैत २४, २०८२ – हरिशरण थापा

    मन्दिरमा जान्छ परेवा

    हिन्दु हँुदैन

    चर्चमा जान्छ परेवा

    क्रिश्चियन हुँदैन

    मस्जिदमा जान्छ परेवा

    मुश्लिम हुँदैन

    गुम्बामा जान्छ परेवा

    बौद्ध हँुदैन

    किनकि परेवा परेवै हो

    मान्छ ...

    थप पढ्नुहोस्

  • आँधी आउँदैछ, हुरी चल्दैछ
    मंगल, चैत १७, २०८२ – आर. एल. श्रमजीवी

    पोहोर जस्तै यसपाला पनि आँधी आउने निश्चित छ ।

    आकाश धुम्म छ, कालो मैलो भएर बादल मडारिरहेको छ.।

    बाहिर हुरी चल्दैछ ।

     

    रुख हल्लिएका छन्, घाम लुकेको छ ।

    दिउँसै अन्धमुस्टी छाएको छ ।

     

    खै यो ...

    थप पढ्नुहोस्

  • मानवता
    मंगल, चैत १०, २०८२ – अरुणबाबु दाहाल

    के हामीमा मानवता हराएकै हो ?

    समाजमा के अब मानव, मानव नरहेकै हो ?

    अरुको दुःखमा हाँसेर मज्जा लिने

    के यो हाम्रो मानवता हो ?

    कि मानवतामा चुकेको मानिस हौँ हामी ??

    कोही त्यहाँ भुइँमा मृत्युको

    अन्त ...

    थप पढ्नुहोस्

  • दासहरूको कुनै देश हुँदैन
    मंगल, चैत ३, २०८२ – मौन आवाज

     

    अलिकति माटो

    र अलिकति आकाश नहुने मान्छे दास हो !

     

    अलिकति चिन्तन

    र अलिकति विद्रोह नहुने मान्छे दास हो !

     

    जसको आफ्नो निजी घृणा हुँदैन

    जसको आफ्नो निजी प्रेम हुँदैन

    त्यो दास ह ...

    थप पढ्नुहोस्

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्