जब भदौ आउँछ कविता फुर्छ यो मनमा सिंहदरबारको आगो र विद्रोही चेत हो कि लुसिफर योजना व्यङ्ग्यात्मक कविता लेखेर भन्दा जल्यो तिमीहरूको सार्वजनिक हिस्रक सिंहदरबार, नामै सिंह, जङ्गलको हिंस्रक जनावरको आधार त्यहाँ बसेर चाप्लुसीको खेल खेल्छौ, ड्रामा क्विन, हजार गुणा प्रसवको पीडा सहेर, म त जन्माउँछु विद्रोही चेत नचाहिन्छ दास, न अन्धभक्तको झुण्ड, मेरो मान्छे बन्ने रहरले बन्छ क्रान्तिको मुकुन्द ! हाइड्रोफोबियाको डरले मलाई छुन्न, सत्ताको नौटङ्कीमा म पाखे बन्दिनँ, बरु आगो झुन्ड ! इलेक्ट्रोन, प्रोटनको आविष्कार जस्तो, मेरो चेत उर्लन्छ, विद्रोहको बस्तु जस्तो, रोबर्ट स्मार्टको कोडिङले लेख्छु क्रान्तिको कोड, जागौ जेन्जी हो, तिमी नेप्पो बेबी होइन, बन क्रान्तिको मोड ! म गाउँले ढुङ्गा बोक्ने पाखे, तर मनमा छ आगो, सिंहदरबारको हिस्रक खेललाई जलाउँछु लागो ! अब क्रान्ति गरौ, तोडौँ सत्ताको जाल, ड्रामा क्विनको नाटक छोड, बनाऊ साँचो नेपाल ! हजार पीडा सहेर, म जन्माउँछु विद्रोही चेत, जागौ जेन्जी हो, उभिँदै सधैं सधैं निर्भीक रेट ! गाउँले पाखेको काँधमा, क्रान्तिको बिगुल बजे , सिंहदरबारको नामबाट, नयाँ नेपाल सजे ! सिंहदरबारको आगो निभाएर गल्ती गरे पहिले दमकलहरुले पुरै खरानी बन्नु पथ्र्यो सिंहदरबार न अहिले सिंहदरबार हुन्थ्यो न लुसिफर त्यहाँ बस्थ्यो ? सबै नालायक पात्रहरुको कचहरी स्थल हो, त्यो देशका सपना तुहाउने संक्रमित पाठेघर हो, त्यो अमेरिका, जापान र युरोपले गरेको विकास देख्न नसक्ने अपाहिज धावकको प्रतिस्पर्धा स्थल हो, त्यो लाग्नु पथ्र्यो आगो गिदीमा गोवर भरिएका शासक बस्ने कुर्सीमा दलाल र कामचोर प्रशासकहरुका फाईलहरुमा कागजी जालझेलले भरिएका कथित योजनाहरुमा । आगो पछिको नव–निर्माणमा कतै देखिने छ कि–मेरा नातिको भविष्य नेपालमा । अगस्ट २०२६, रेडल्याण्ड, क्यालिफोर्निया ।
