IMG-LOGO

दशैं

 मंगल, असोज २७, २०८३  रमेश खकुरेल

इन् वर्षा नानी खुलुखुलु पखालेर धरती शरत् हाँस्तै आयो सबसित लगाएर पिरती सफा चिल्ला राम्रा तरु वनहरू पात हरिया फलेका छन् नाना फलफुलहरू टम्म रसिला ।   सकी खेती पाती कृषकजनले फुर्सत लिए घट्यो चर्को गर्मी न त छ सरदी ठिक्क समय यही मौका पारी घर घर दसैं आगमन भो खुशीको वेलामा जुरुजुरु यसै नाच्न मन भो । जगन्माता सृष्टि स्थिति प्रलय गर्ने भगवती उनै काली वाणी सहित धनलक्ष्मी शुभ गति गरी पूजा आजा जगमग उमारेर जमरा यही माग्छौं आमा छ र करुणता प्रेम छहरा । विदेशै लागेका जन पनि बिदा ली घर फिरे अनेकौं कोसेली सहित धनलक्ष्मी घर भरे टिका थाप्छन् ठूला जनसित शुभाशीर्वचन ली शुभेच्छा है भन्छन् परिचितहरूसाथ निहुरी । मिठो खाने राम्रो पहिरन लिने यो समय हो घृणा ईष्र्या बिर्सी मिलजुल हुने यो समय हो सबैमा फैलाई विनय समता प्रेम करुणा दसैं राम्रो पारौं अझ सुख थपौं जीव जगमा । (काठमाडौँ बसोबास गर्ने कविको जन्म काभ्रे जिल्लाको खकुरेल बेसीमा भएको हो ।)

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्