IMG-LOGO

देशलाई तपाईं चिन्नुहुन्छ ?

 मंगल, भदौ २, २०८३  शैलेन्द्र साकार

युद्ध जितेर फर्किएको भीम मल्ललाई काटेर उनकी युवा रानीलाई घिसार्दै बागमतीको चितामा पु¥याउने हातहरू जन्माउने देश ! विष खुवाएर रानीको छोरालाई मारेको दोष थुपारेर आत्महत्या गर्न बाध्य पारिएका भीमसेन थापाको देश ! पराजित, सार्वभौम नागरिकको नाक–कान काट्ने देश ! बृहत् नेपालको लागि लड्ने बहादुर शाहलाई अपमानित गर्ने देश ! स्वतन्त्र प्रेस चाहिन्छ भनी वकालत गर्ने देवशमशेरलाई जिल्ला धपाउने विद्रोही लखन थापालाई जिउँदै जलाउने कवि गोपालप्रसाद रिमाललाई बौलाहा बनाएर असमयमै मार्ने देशलाई तपाईं चिन्नुहुन्छ ? गोली ठोकेर युवा गंगालालको हत्या गर्ने शुक्रराज जोशी र दशरथ चन्दलाई रूखमा झुण्ड्याउने कृष्णलाल अधिकारीलाई जेलमा सडाउने भोकभोकै महाकाव्य लेख्ने महाकविको भोको देश ! तपाईंले चिन्नुभएको छ ? ईश्वरवल्लभकी आमाले  आत्महत्या गरेको देशलाई तपाईं चिन्नुहुन्छ ? मैले त चिनिसकें, तपाईं पनि चिन्नु चिन्नुहुन्छ ? (साकारले २०३६ सालको ‘सडक कविता क्रान्ति’मा वाचन गरेको यो कविता त्यसपछि २०७७ कार्तिक ८ गते पहिलोपटक अनलाइन खबरले प्रकाशित गरेको थियो । त्यही कविता हामीले छापेका हौं – काभ्रे टाइम्स)

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्