IMG-LOGO

श्री मालश्री गुन्जिरहोस् !

 मंगल, कार्तिक ११, २०८३  सुजाता घिमिरे राउत

श्री होस्  सबैको कल्याण होस् ! मनमा राम होस् ! मस्तिष्कमा हरि होस् ! व्यवहारमा करुणा होस् ! लयमा मालश्री होस् ! वचनमा मिठास् होस् ! जीवनमा सुवास होस् ! श्री मालश्री ! ! ! मनमा गुन्जिरहनु खुशी बनेर ! ! ! !  ओठमा अडिरहनु मुस्कान बनेर ! बझ्नु सबैका आबेग रोकेर घरमा (नरमा धैर्यता फिजारेर करुणा जगाएर सन्नाटालाई छिचोलेर  सफा बादलको टुक्रा धर्तीमा झारेर   दशैको रङ्गहरु मिलाएर क्यालेन्डरमा आएजस्तैः  फेसबुकका भित्तामा  सजाएजस्तै  मन(मस्तिष्क छुने गरी  चङ्गाले उचाई लिए जस्तै  श्री मालश्री ! ! ! ! सुख, शक्ति र धैर्यता बनेर  दुखीको मनमा पनि बझ्नु ! तिमी सबै नेपालीको जीवनमा बझ्नु  मिठो खुशी, सुख र समृद्धिको धुन बनेर बझ्नु ! ! ! श्री मलाश्री  तिमी केवल धुन मात्र होइनौं   चाडवाडको पर्याय हौ ! असत्य माथि विजयको धुन हौ  चुलो वरिपरिको न्यानो परिवारको आत्मीयता हौ ! सयपत्री फुलेको आंगन हौ ! ! ! आशीर्वाद लिनेहरूले भरिएको बारदली हौ ! ! सबै पिडा भुलेर भुई छोड्दै मच्िएको लिङे पिङ हौ  श्री मालश्री मन मनमा गुन्जिरहनु  पूरा गरेर नेपालीको चाहाना ! ! ! बडा दशैमा शुभ–कामना भर्नु ! ! !

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्