नेपालमा कोरोनाभाइरस सङ्क्रमणको तेस्रो लहर निम्त्याएको ओमिक्रोन भेरिअन्टपछि उक्त भाइरस कमजोर हुँदै जाने सम्भावना देखिए पनि महामारी अन्त्यबारे अनुमान गर्न नसकिने विज्ञहरूले बताएका छन् । कम घातक तर धेरै सङ्क्रामक भनिएको ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या नेपालमा गत सातादेखि ह्वात्तै बढेको छ । सामान्य रुघाखोकी र ज्वरोका लक्षणसँग यसको लक्षण मिल्ने हुँदा धेरै मानिसहरू परीक्षण गराउनै नखोज्ने गरेको बताइन्छ । यसअघि देखिएको डेल्टा भेरिअन्टले मानिसहरूको स्वास्थ्यमा जटिलता निम्त्याउँदा स्वास्थ्य प्रणालीलाई त्यसले नराम्री असर गरेको थियो ।
डेल्टा भेरिअन्टको दाँजोमा ओमिक्रोन कम घातक देखिएकाले मानिसहरूले अब महामारी अन्त्य हुने आकलन गरेको हुनसक्ने तर त्यसको वैज्ञानिक आधार नरहेको विज्ञहरू बताउँछन् । सङ्क्रमितको सङ्या आगामी साता उच्चबिन्दुमा पुग्ने आकलन, के छ सरकारको तयारी ओमिक्रोनः हालसम्मकै सर्वाधिक तीव्र गतिमा फैलिरहेको कोभिड–१९ भेरिअन्टका लक्षण के हुन्?
महामारी अन्त्य हुने आकलन गर्न नसकिने बरु भाइरस कम घातक हुने अनुमान लगाउन सकिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुन बताउँछन् । अहिले फेला परेका सङ्क्रमितमध्ये आधाभन्दा बढी काठमाण्डू उपत्यकाका तीन जिल्लामा भएका मानिस छन् ।
मत्थर हुँदै जाने आधार के?
“सङ्क्रमित भइसकेका मानिसलाई भाइरसले आक्रमण ग¥यो भने शरीरले प्रतिक्रिया जनाउनेछ,“ डा. पुनले भने, “त्यसपछि अहिलेसम्म कम्तीमा एक डोज खोप लगाउने मानिसहरू नै लाखौँ पुगिसकेका छन् । यस्तो हुँदै जाने हो भने यसको आक्रमण गर्ने क्षमता क्षीण हुँदै जाने अनुमान गर्न सकिन्छ ।“ उनले अहिले प्यान्डेमिक अर्थात् विश्वव्यापी महामारीका रूपमा देखिएको कोरोनाभाइरस इन्डेमिक अर्थात् कुनै देशमा वा स्थानीय स्तरमा सीमित हुन सक्ने सम्भावना पनि रहेको बताए ।
कोभिड–१९ विरुद्ध कति मात्रा खोप लगाउनुपर्छ? खोप कार्ड कहाँकहाँ अनिवार्य, हराए के गर्ने र लिन कहाँ जाने?
अमेरिकाको मिनिसोटास्थित एउटा मेडिकल अध्ययन संस्थान तथा अस्पताल मेयो क्लिनिकमा कार्यरत भाइरसविज्ञ डा. सुदीप खड्का महामारी अन्त्य हुन्छ भनेर पहिला नै निकर््योल गर्न नसकिने बताउँछन् ।
ओमिक्रोन
अहिले ओमिक्रोनमा दुईवटा कुरा देखिएको औँल्याउँदै उनले यो निकै चाँडै फैलिने भए पनि र पहिलाका भेरिअन्टभन्दा कम शक्तिशाली भएको दोहो¥याए । “यही स्थितिमा अगाडि बढ्दै गयो भने ’हर्ड इम्यूनिटी’को चरणमा पुगेर बिस्तारै मत्थर हुँदै जान्छ भन्ने हो,“ उनले भने ।
के नाकबाट पानी बग्नु ओमिक्रोनको लक्षण हो?
बालबालिकामा कोभिड सर्ने सम्भावना कति, कसरी जोगाउन सकिन्छ । तर यसको अर्थ ओमिक्रोनपछि अर्को भेरिअन्ट आउँदैन भन्ने नभएको उनको भनाइ छ । “भविष्यमा निस्किने कुनै पनि भेरिअन्ट ओमिक्रोन वा त्योभन्दा तीव्र गतिमा विस्तार हुन सक्ने र अहिलेको भन्दा खतरनाक देखियो भने यसले महामारीलाई फेरि भयावह बनाउँछ ।“
भाइरस परिवर्तन हुने सम्भावना कति?
भाइरसविज्ञ डा. लुना भट्ट शर्मा अहिले जसरी नै ओमिक्रोनले धेरै मानिस सङ्क्रमित हुँदै जाँदा भाइरसले थप रूप परिवर्तन गर्ने सम्भावना बढ्ने बताउँछिन् । उनका अनुसार ओमिक्रोनबाट धेरै मानिस सङ्क्रमित भइरहे भाइरसले स्वरूप परिवर्तन नगर्ला भन्न सकिँदैन ।
– ओमिक्रोन सङ्क्रमण भएको छ कि छैन कसरी थाहा पाउने
– कोरोनाभाइरस सरेको शङ्का लागे यी छवटा काम गर्नुहोस्
“धेरै वृद्धि भनेको धेरै परिवर्तन हुन सक्ने सम्भावना भयो । त्यसैले यो अन्तिम नभएर यसैको माइल्डर भर्जन पनि आउन सक्छ वा अझ सङ्क्रामक रूपमा पनि आउन सक्छ । त्यसैले यो नै अन्तिम हो र यसपछि यो सकियो भन्न मिल्दैन ।“ खोप लगाएका मानिसमा पनि सङ्क्रमण देखिएकोले स्वरूप परिवर्तन गर्न सक्ने विषयलाई चिन्ताका रूपमा हेर्नुपर्ने विज्ञहरू धारणा छ ।
बीबीसी न्यूज नेपालीबाट
