IMG-LOGO

सोभियत सत्ताको पहिलो भुक्तानी

 मंगल, कार्तिक २३, २०७८  – अनुवाद ः केदार सिटौला

       पहिलो विश्वयुद्धको क्रममा एक जना गरिब किसानको एउटा घोडा लाई जार सरकारले जफत गरेको थियो।  ति बुढा किसानलाई जार सरकारले राम्रै पैसा दिने बचन दिएको थियो।  तर समय बित्दै गयो उनले त्यो पैसा पाएनन्। केहि समय पछि फेब्रअरी क्रान्ति भयो जसमा जार शासनको पतन भयो। ति बुढा किसान तत्कालिन राजधानी पेत्रोग्राद आए र अस्थायी सरकारका सबै अफिस चहारे तर उनले आफ्नो पैसा पाएनन्।  एउटा कार्यालय ले अर्को कार्यालय जानु भन्थ्यो र अर्को ले फेरी अर्को। ति बृद्ध मानिस हैरान–परेसान भैसकेका थिए।  उनीसंग भएको पैसा र धैर्य पनि समाप्त भैसकेको थियो।

       त्यहि बेला अक्टोबर क्रान्ति भयो र बोल्सेभिकहरु सत्ता पुगे। बृद्ध मानिस लाई कसैले सल्लाह दियो कि तिमी बोल्सेभिकहरु लाई भेट, उनीहरुले जार शासनको बेला सरकार र जमिन्दारहरुले जफत गरेका सामान फिर्ता गर्दैछन् रे। यसको लाई खालि लेनिनको एउटा चिट्ठी काफी हुन्छ। ति बृद्ध मानिस लेनिनको निवासमा बिहानै पुगे र आफ्नो व्यथा लेनिन लाई सुनाए। लेनिनले उनको समस्या समाधान गरिदिन एउटा चिठी लेखिदिए। त्यो चिट्ठी लिएर उनि सिधै समाज कल्याण मन्त्रालय कि जन कमिसार अलेक्सान्द्रा कोल्लोन्ताईको निवासमा पुगे।  अलेक्सान्द्रा कोल्लोन्ताई ले सोधिन तपाई कसलाई भेट्न आउनु भएको हो ? बुढा मानिसले जवाफ दिई– म अलेक्सान्द्रा कोल्लोन्ताई लाई भेट्न चाहन्छु र उनलाई सबै भन्दा ठुला बोल्सेभिक नेता लेनिनको चिट्ठी दिन चाहन्छु।  कोल्लोन्ताईले त्यो चिट्ठी हेरिन त्यो साच्चै लेनिन कै चिट्ठी थियो।  त्यसमा लेखिएको थियो – यी बृद्ध मानिसको घोडाको भुक्तानी सामाजिक सुरक्षा कोष बाट गरिदिनु होला। कोल्लोन्ताईले भनिन यो चिट्ठी मलाई दिनुहोस तर बुढाले जवाफ दिए मेरो पैसा पाए पछि मात्र यो चिट्ठी फिर्ता दिन्छु त्यति खेर सम्म म संगै राख्ने छु। 

       यो लेनिनको पहिलो आदेश थियो। तर त्यस बेला रुसमा मन्त्रालयहरुमा भयानक अराजकता फैलेएको थियो। कर्मचारीतन्त्रले  बोल्सेभिक सरकार लाई चरम असहयोग गरिरहेको थियो। कर्मचारीतन्त्रमा पनि आशंका थियो कि नया सरकारले उनीहरुको जागिर खोस्ने हो कि भनेर।  त्यस्तै बोल्सेभिकहरुमा पनि यो दुबिधा थियो कि मन्त्रालय माथि कसरि कब्जा गर्ने प्रेम पुर्बक या बलपुर्बक ? त्यसै बेला लेनिनले आदेश दिए जो जहा काम गरिरहेका छन् तिनीहरु त्यहि काम गर्नु उनीहरुलाई निकालिने छैन। यसले त्यो अराजकता अलिक शान्त भयो तर पूर्ण रुपमा रोकिएन।  कोल्लोन्ताई आफ्नो साथ् केहि मजदुर र प्राबिधिकहरुलाई लिएर खजाना भएको ठाउमा पुगिन। उनले देखिन कि कर्मचारीहरु, टाइपिस्ट र क्लर्कहरु खजानाका सामान लिएर भागिरहेका छन्, कागजपत्र नस्ट गरिरहेका छन्। बैंकको बाहिर मान्छेको लामो लाइन छ। तर खजानाको चाबी भेटिदैन सायद कसैले लुकाएको छ वा लिएर गएको छ। कोल्लोन्ताई चिन्तित भईन खजानाको खोल्नै सकिएन भने सरकारको काम कसरि चल्छ, अरु  बिभागहरु ले कसरि काम काम गर्लान ? त्यसमाथि यो घोडा वाला किसान छ जो लेनिनको चिट्ठी बोकेर घुमिरहेको छ र हरेक दिन बिहानै आईपुग्छ मैले पैसा कहिले पाउछु भनेर। जब दुई दिन पछि बल्ल खजानाको चाबी भेट्टीयो र खजाना खोलियो त्यस बेला  क्रान्तिकारी सरकारले आफ्नो पहिलो भुक्तानी घोडाको मालिक ति बृद्ध किसान लाई गरयो। यो पहिलो भुक्तानीले मानव सभ्यतामा नया इतिहासको सुरुवात गर्यो। साधारण मान्छे लाई महान बनायो र सत्ता लाई सेवक !!!

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्