IMG-LOGO

मानव मात्रको मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा इमान्दारी हुनुपर्छ

 मंगल, कार्तिक ९, २०७८  स्वामी सच्चिदानन्द विशुद्धदेव

       (यो अन्तरवार्ता २०५४ साल मंसिर २३ गते मैले लिएको थिएँ । त्यति बेला उहाँ ७६ वर्षको हुनुहुन्थ्यो । उहाँ वितेको पनि २ दशक पुग्न लागेको छ । बनेपा शहर नजिकै यति विद्धवान मानव सँग साक्षात्कार गर्दा म हर्षविभोर भएको थिएँ । एक रात हामीले धेरै विषयमा कुरा गरेका थियौँ । म भर्खरै युवा हुँदै थिएँ । अहिले जस्तो हिन्दी भाषामा पारङ्गत पनि थिइन । उहाँका ओजिला शब्दलाई हिन्दी शब्दकोषबाट उल्था गर्दै मैले यो अन्तरवार्ता प्रकाशन गरेकोमा आफैलाई गौरवांवित भएको छु । आज २५ वर्ष पछि जस्ताको तस्तै पुनः प्रकाशन गरिएको छ ।  भारतको काश्मिरमा जन्मनु भएका स्वामी सच्चिदानन्द विशुद्धदेव विगत केही वर्ष अघिदेखि काभ्रेपलाञ्चोक जिल्लाको जनागालमा रहनु भएको छ । आफू १३ वर्ष हुँदादेखि एकान्तप्रिय लाग्ने, सूर्य र रातमा चन्द्रमा र ताराहरु हेर्न मान लाग्ने, नदी किनारामा घण्टौ बसेर प्रकृतिलाई प्रेम गर्दा देखिनै साधारण मानिस भन्दा भिन्न स्वभावका स्वामी  विशुद्धदेवले पहिला साइन्सको फिजिक्समा एम.एस्सी. त्यसपछि राजनैतिक शास्त्र एयष्तिष्अब िक्अष्भलअभ मा एम.ए. र पछि दर्शनशास्त्रमा ९एजष्यिकजयउजथ० एम.ए. गरेर पनि अध्ययन गर्ने भोकमा उहाँ दिल्लीमा बेद पढ्न जानुभयो । त्यहाँ स्वामी विद्यानन्दको प्रेरणाले आफ्ना आमाबुबाको आर्शिबाद लिएर स्वामी बन्न पुग्नु भएका विशुद्ध देव बद्रिनाथको गन्द मादन पर्वतमा १८ वर्ष तपस्या गरेर आजभन्दा १५ वर्ष पहिला नेपालको बेल जून्डी दाङको संस्कृति विश्वविद्यालयमा पढाउन आउँनु भएको थियो । २ वर्ष बाल्मिकी क्याम्पसमा, ९ महिना स्वयम्भू र पुतलीसडक हुँदै उहाँले चरित्र निर्माण संघको स्थापना गरी विगत ७ वर्षदेखि काभ्रेको बनेपा जनगालमा हुनुहुन्छ, प्रस्तुत छ उहाँसँग गरेको साक्षात्कर – आर.एल.श्रमजीवी)

 

     मानव जातीको लक्ष्य के हो ?

मानव जाती जो हो त्यो आत्मा हो । परिस्कृत चेतना (ज्ञान) का कारण मान्छे अरु प्राणीभन्दा भिन्न भएको हो । मान्छेको आत्मा सर्वस्व आधार हो । प्रकृतिको बन्धवबाट मुक्त हुनु, उसरुपमा टिक्नु, अनेकौँ विभाजनबाट मुक्त हुनु, शान्ति, विश्वबन्धुत्व र मानवमा कायम गर्नु मानव जातीको लक्ष्य हो ।

    कार्लमाक्र्सले भौतिकबादको प्रतिपादन गरेपछि दुनियाँमा हलचल भयो। यो भौतिकवाद र आध्यात्मबाद भनेको के हो ?

       माक्र्सले भौतिकबादको प्रतिवाद गर्नुभएको होइन । उहाँले त ९ऋबउष्तब०ि पूँजी, एउटा माक्र्सवादी अर्थशास्त्र दिनुभएको हो । भौतिकवाद र अध्यात्मबाद बारेका यहाँ बताएर सकिदैन । तर छोटकरीमा भन्दा भौतिकवाद आध्यात्मवादको विपक्षी हो । भौतिकवाद जे देखिन्छ त्यो भने आध्यात्मवाद निराकार पक्ष हो । भौतिकवाद साकार पक्ष हो । भौतिकवाद एउटा विज्ञान हो जो जरुरीवाद पनि हो ।

   माक्र्सले त मान्छेलाई दुईवर्गमा विभाजित छ भन्नु हुन्छ नी ?

       जब मान्छे वर्गमा विभाजन हुन्छ भनेर माक्र्सले कम्यूनिज्म ल्याए । त्यसपछि विश्वमा युद्ध अझ चर्किएर गयो । कम्यूनिज्म भनेको इलभ ष्ल बिि, ब्िि ष्ल यलभ मतलब “कमन इजम” त्यो कम्यूनिजमको सिद्धान्त त हाम्रो वेदमा पनि छ । हामी हिन्दुहरु जो वेदमा स्वाहा गर्दछौँ त्यो स्वाहा नै सामुहिकता हो । हाम्रै वेदको स्वाहाबाट प्लेटोले सिकेका हुन ।

   अहिले जुनसुकै पक्षमा पनि विकृति आइरहेको छ, यसलाई कसरी समाधान गर्न सकिएला ?

       अबको २१ औँ शताब्दी चरित्र निर्माणको शताब्दी  हो । यदि सबै पक्षमा चरित्र निर्माण गरेर जाने हो भने जुनसुकै  विकृति पनि हटाउन सकिन्छ । चाहे त्यो राजनैतिक होस् चाहे धर्मको होस् चाहे जुनसुकै होस् चरित्र निर्माण गर्नुपर्छ ।

    तपाईको विचारमा मानव कर्तव्य भनेको के हो ?

       यहाँ मानव कर्तव्यका कुरा भन्दा पहिला मानव अधिकारका कुरा हुन्छन् । पहिला मानव कर्तव्यका कुरा गर्नुपर्छ । हाम्रो गीतामा नै भनिएको छ – काम गर अनि अधिकारका कुरा गर ।

     तपाईले चरित्र निर्माण संघ भन्ने संस्था स्थापना गर्नु भएको रहेछ, यो किन गरिएको अलिकति बताइदिनुहोस् न ?

       बडो राम्रो प्रश्न गर्नुभयो । सम्पूर्ण विश्वले अनादिकालदेखि नै नेपालको पुण्यभूमिलाई शिरोमुकुटको रुपमा मानि आएको छ । यसै पुण्यभूमिमा नै मानव चरित्र निर्माणको मूल श्रोतको प्रवाह बगिरहने हुँदा यसै पुण्य भूमिबाट नै चरित्र निर्माणको महासंकल्प अभियान आन्दोलनको रुपमा विश्वमा सबैले आशा गरेको देखिन्छ । मानव चरित्रको महत्व नबुझ्दा त्यसको फलस्वरुप आज विश्व नै नैतिक पतनको विकराल आगोको चपेटामा लपेटी सकेको छ । अझै हामीले कर्तव्यलाई पन्छाएर सुस्ताउँदै रहने हो भने त्यस आगोले नैतिक मूल्य र मान्यतालाई समाप्त गरी मानवत्वको अस्तित्व खतरामा परि संसार नै अत्यन्त खतरामा परी सचचरित्रवान मानवको विनाश भई सारा संसार नै अत्यन्त खतरामा  परी मरुभुमिमा परिणत हुन जानेछ र थाम्नै नसक्ने स्थितिको सृजना हुनेछ । यसमा दुइ मत हुनै नसक्ने  तथ्य व्यक्त गर्दै ठूलो खतराको संकेत दिदै   अब हामीले चुप लागेर बस्ने बेला छैन, तत्काल अभियानको आन्दोलन प्रत्येक कोण–कोण तथा व्यक्ति व्यक्तिबाट अविलम्ब थालनी गरी यसलाई विश्वभरी नै व्यापक गर्न जोड दिन्छु ।

       चरित्र निर्माण राष्ट्रिय संकल्प महाअभियान मानवमात्रको उत्थानका लागि एक जबर्जस्त अभियान हो । मन, बचन र कर्मले निष्ठापूर्वक प्रत्येक नागरिकबाट यसको थालनी गरी अघि बढाउने प्रण निकट भविष्यमा नै नेपाल र नेपालीको गौरवमय उत्थानको गुणगाथा सारा विश्वले नै गाउँने र अनुसरण गर्नेछन् ।

“अभियान” थालनीमा सुस्तिपना आएमा संसारबाट धर्मको मूल सुक्दै जानेछ, तब हामी सबैले घोर संकटमा परि कालको विकराल दण्ड सही रुनु वाहेक अरु केही पाउने छैनौँ । यसैले यो अभियान प्रत्येक नरनारीको मुटुको  धड्कन हुनुपर्छ । यसलाई हल्का रुपले लिन नहुने कुरा स्पष्ट बुझ्नु पर्नेछ । आज देखिएको दुश्चरित्रताको महाभूमरीलाई जडमूल समेत समाप्त गर्नु नै अभियानको उद्देश्य हो । यही अभियानबाट नै सम्पूर्ण नेपाल र नेपालीको कल्याण हुने कुरामा दुई मत छैन । हामीले यो नभुलौँ कि एकताको अभावमा संगठन कदापी बलियो हुन सक्दैन र यस्तो जीर्ण संगठनबाट चरित्र निर्माण जस्तो महान कार्यको आशा पनि राख्न सकिन्न । यसैले तितरवितर भइरहेको शक्तिलाई एकै ठाउँमा समेटी सबैजना एकजुट भई अघि बढ्न सकेमा मात्र लक्ष्यलाई पनि हाँसिल गर्न सक्नेछौँ ।

       सबैको कल्याण होस भन्ने कुरामा नै निरन्तर चिन्तित हुँदै “सर्वभूताहितेरता” लाई चरितार्थ गर्ने प्रणका साथ आफ्नो जीवनभरीको तपोवल बाजीमा लगाएको छु । यो स्वामी एउटा जीउँदो लाश हो । समय आएपछि यो स्वामी पनि कालको गाँस हुनेछ । अतः सबैको परम कर्तव्य यो हो की समय छँदै बुद्धि पु¥याऔँ । नत्र भने कालले सबैलाई आफ्नो गाँस बनाउनेछ । जुन बखत अलाप विलाप गरी भगवान पुकारेर पनि केहि फाइदा हुने छैन । केवल पश्चातापको आगोमा होमिनु  पर्नेछ । त्यो भन्दा दुर्गति अरु केही हँुदैन ।

       मानव चारित्रिक चेतनाको वीजारोपण गरी चरित्रशील समाजको जग बसाल्ने अभियान थालनीको उद्देश्य रहेको छ । समाजमा आज भयानक रुपले व्याप्त चरित्र–विकृतिको जरै समेत उखेलेर फ्याँक्ने दृढ संकल्प गर्दै र चेतावनी समेत दिनुपर्छ । आज मानवले आफ्नो मानवीय कर्तव्यलाई भूलिरहेको कारणले गर्दा समाजलाई दुष्चरित्रको भूमरीले मर्णासन्न चोट पु¥याई दलदलमा पु¥याई सकेको छ । अझै पनि चेतना नल्याएमा हामी सबैको घोर दुर्गती हुने अवश्यम्भावी छ  त्यस बखत हाम्रो उद्धार गर्न कोही आउने छैन । कालको घोर आपत्ति रुपी दण्ड सहनै पर्ने निश्चय छ । अतः बैमनश्यता दुराचारको दासताबाट मुक्त भएर मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी, हृदयमा इमानदारीको महामन्त्रलाई आचरणमा उतारी आफ्नो उद्धार आफैद्वारा गरियोस् भन्ने उद्देश्यले चरित्र उपदेश मात्र होइन उदाहरण पनि हा,े भन्ने वास्तविक तथ्यलाई हृदयगम गर्दै, आ–आफ्नो चरित्र सुधार्ने तर्फ दृढ संकल्प गरी कम्मर  कसेर लाग्नु सिवाय् अरु कुनै उपाय छैन । चरित्र निर्माण महासंकल्प अभियान भनेको आफ्नै उन्नती गर्नु हो भन्ने बुझी सर्बप्रथम आफैबाट अभियानको थालनी हुनुपर्दछ भन्ने तथ्य हामी सबैले बुझ्नु पर्दछ । शारीरिक रुपले स्वस्थ, मानसिक रुपले सन्तुलित, बौद्धिक रुपले विकसित र आध्यात्मिक रुपले जागरुक हुनसक्यौ भने राष्ट्रलाई एउटा देशभक्त, चरित्रशील नागरिक स्वतः प्राप्त हुन्छ र व्यक्तिको व्यक्तित्वमा राष्ट्रको अस्तित्व सुरक्षित हुनेछ भन्ने मेरो मुख्य आशय हो । समाज भनेकै व्यक्ति व्यक्तिको समूह भएकोले यदि व्यक्ति चरित्रशील भईदियो भने समाज स्वतः चरित्रशील बन्न पुग्दछ । तब अन्याय, अत्याचार र गलत प्रवृत्तिहरु स्वतः हटेर जानेछन् । यसैगरी नै सुन्दर सृजनशील समाज, राष्ट्र र विश्वको निर्माण हुन्छ । चरित्र नभएको समाज मानव समाज होइन, दानव समाज हो र यस्तो दानव समाजमा हरघडी हरपल खतरै खतरा छाइरहेको हुन्छ ।

       हामी यो नविसौँ कि सम्पूर्ण जीवन नै चरित्र बलमा टिकेको छ । जीवनको पूराका पूरा आधार नै चरित्र हो । चरित्र नै शिक्षा र स्वास्थ्यको आधार हो । चारित्रिक चेतनाको विकासले जल र मलको काम गर्ने हुँदा सर्वाङ्गिण विकासको पछाडि पहिले चारित्रिक विकास हुनु जरुरी हुन्छ । चारित्रिक चेतना नल्याईकन अन्य राजनैतिक, सामाजिक, आर्थिक जागरण आदि कुनै पनि चेतना ल्याउन सम्भव नभएको मर्मलाई हामी सबैले राम्रोसँग बुझ्नुपर्छ । आज विश्वमै उत्पन्न झै– झगडा र अशान्तिको मूल कारण नै भौतिकवाद र अध्यात्मवादको वीचमा तालमेल नहुनु हो । भौतिकवाद र अध्यात्मवाद एक अर्काका परिपुरक हुन् । यी दुईका वीच समन्वय, सन्तुलन ल्याई चल्नु नै आजको सबैभन्दा ठुलो र पहिलो आवश्यकता हो । त्यसैले भौतिक+अध्यात्म पूर्ण जीवन÷ईश्वर दर्शन चरित्र निर्माण हो । यहि नै एक मात्र पूर्ण सत्य ९ध्जयभिकयmभ त्चगतज०  हो । बाँकी सब सतही कुरा हुन् ।

       मानव हृदयमा विकराल दावनल (डढेलो) ले सद्विचार, सदाचार, विवेक, प्रेम, विश्वास रुपी विरुवाहरु भष्म पारी मरुभूमि तल्य बनाएको आजको परिप्रेक्ष्यमा वर्षाकालको मेघ भएर पुनः सदाचार आदि चारित्रिक गुणरुपी लहलह बालीले हरियाली ल्याउनका लागि यो संस्थाको आवश्यकता मैले देखेको हुँ ।

    अब यसलाई कसरी अगाडि बढाउने सोच्नु भएको छ ?

       मैले यसलाई १० सूत्रिय कार्यक्रम बनाएको छु । ती १० सूत्रिय कार्यक्रम यस प्रकार छन् ।

१) चरित्र–विज्ञानको शक्ति ९ऋजबचबअतभचययिनष्अब िायचअभ० द्वारा मानवमा मानवीय सद्गुण, नैतिक मूल्य र चाििरत्रिक मान्यताको निरन्तर जगेर्ना र राष्ट्र निर्माणमा सृजनशील युवा शक्तिलाई प्रेरित गरी विशुद्ध चरित्रको निर्माण गर्ने ।

२) शुद्ध–भाव–विचार, शुद्ध आचरण, शुद्ध खानपान, शुद्ध रहनसहन, शुद्ध उठवस, शुद्ध बोली–बचन, शुद्ध मेल–मिलाप, शुद्ध लेन–देनयुक्त व्यवहारिक तथा उद्देश्यपूर्ण जीवन जिउने र जिउन सघाउ पु¥याउने सम्बन्धी दर्शन, विज्ञान र कला ९एजष्यिकयउथ, क्अष्भलअभ बलम ब्चत० सिकाउने ।

३) विशुद्ध सनातन ९भ्तभचलब०ि धर्मअनुसार, शारीरिक, सु–स्वास्थ्य, मानसिक सन्तुलन, बौद्धिक विकास, आत्मिक जागरण, शान्तिमुलक सामाजिक सहभागिता र दैवी आस्था ९म्ष्खष्लभ ँबष्तज० अभिबृद्धि गरी व्यक्तिमा पुर्ण व्यक्तित्व विकासद्वारा विशुद्ध चेतनाको जागरण गराई चैतन्य ९भ्लष्निजतभलभम० बनाउने र यसलाई अनन्त जीवन ९भ्तभचलष्तथ० प्रदान गराउने ।

४) चरित्र–विज्ञान ९घद्य+ःक्० को प्रयोग गरी विशुद्ध स्थिर–गतिशिल योग संस्कृति ९द्यष्कजगममजब क्तबतय(म्थलबmष्अ थ्यनब ऋगतिगचभ० र योग दर्शन अनुसार यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि र प्रशान्त भावका पर्यादित शिक्षण तथा प्रशिक्षणद्वारा आदर्श नागरिक तयार गरी आदर्श समाजले सु–संगठित आदर्श नेपालको पुर्ननिर्माण गर्ने ।

५) वर्तमान समाजमा देखापरेका गलत संस्कार, गलत धारणा, गलत परम्परा, अन्धविश्वास, रुढिवादीता, कु–प्रविधि, कु–नियम, कु–चेष्टा, कु–कर्म, दुस्साहस र पाप जस्ता विकृतिहरुलाई निर्मूल गर्नका लागि शिक्षा, अनुशासन र न्याय ९भ्मगअबतष्यल, म्ष्कअष्उष्लिभ बलम व्गकतष्अभ० को आधारमा सामाजिक जागृति ल्याई राष्ट्रिय अस्मिताको सुरक्षा  गर्ने ।

६) जीवनको आध्यात्मिक र भौतिक दुबै योग (समन्वय) गराई जीवनपयोगी व्यवहारिक र बैज्ञानिक शिक्षा–दिक्षा ९क्अष्भलतषष्अ त्जभयचथ या क्उष्चष्तगब िःबतभचष्बष्किm० द्वारा अज्ञात गरीवी र विरामीहरुलाई हटाई जागरुक, समृद्ध तथा निरोगी समाजको जग बसाल्ने ।

७) पुण्यपावन धर्ती नेपालबाटै विश्व भरिकै मानवहरुले पुनर्जागरणमा नेतृत्वको अपेक्षा गरेको वर्तमान सन्दर्भमा एक–आत्मता सूत्रको महाशक्तिद्वारा विश्वशान्ति, विश्ववन्धुत्व र मानवताको गौरवशाली सनातन आदर्शहरुलाई “चरित्र निर्माण अभियान” आत्म साक्षात्कार+जीवन उद्धार+चरित्र आधार ९न्यम च्भबष्शिबतष्यल+ीषभ च्भनगबितष्यल.ऋजबचबअतभच ँयगलमबतष्यल० को रुपमा व्यापक गर्ने र संसारभरि नै नेपाललाई प्रतिष्ठित गराउने ।

८) जगत जननी मातृशक्ति नारी समुदाय प्रति आदर, सद्भाव, सम्मान र पवित्र दृष्टि विकसित तुल्याउन समाजलाइ शिक्षित गर्ने । आदर्श नारीको गौरवमय महिमालाई व्यवहारमा उतार्ने, नारी धर्मको कर्तव्य बोध गराइ, नारी चेतनामा जागरण ल्याउने ।

९) प्रेमका पात्र विश्वका पुत्र स–साना बालबालिका तथा किशोर किशोरीहरुमा शुभ–मानवीय संस्कारको सञ्चय गराई सुयोग्य, संस्कार सम्पन्न मानव बन्न प्रेरित गर्ने, हाम्रो समाजमा हाल बढ्दै गएको लागु पदार्थ सेवन जस्ता अनेकौ दुर्गुणहरुदेखि टाढा रहने स्थिति सिर्जना गर्नका लागि माता पिताहरुलाई समेत पथ प्रदर्शक गर्ने ।

१०) हामीले उनीहरुको सहायता त गर्नु नै पर्दछ । जसले आफ्नो सहायता आफै गरिरहेको छ । साथै अझ उनीहरुको सहायता बढी गर्नुपर्दछ, जसले आफ्ना सहायता आफै गर्न सक्तैन । यसै मानवीय सूत्रको प्रकाशमा अपाङ्ग, असहाय, उत्साहहीन, उपेक्षित तथा भ्रमित जीवन विताउन बाध्य भएका दीनदुःखीहरको उद्धारका लागि पनि विविध रचनात्मक क्रियाकलापहरु गर्दै जाने ।

     काभ्रे टाइम्स मार्फत केही सन्देश छ कि ?

       आखिर अहिले हामीले गरेका कुराकानीहरु सबै सन्देश नै हुन् । त्यसैले म के भन्दछु भने यो पृथ्वीमा मानव भएर जन्मिएर पछि मानव कहलाउन कयौँ दुर्लभ कार्यहरु गर्नुपर्छ । हामीले मानव भएर जन्मिए पछि आफ्नो परिचय स्थापना गर्न एक अर्काको शान्ति खलबल पार्नु हुँदैन । कसैलाई पाप गर्नु हुँदैन । परोपकार गरेर  दुःखीहरुलाई सेवा गर्नु नै धर्म हो । धर्मको वास्तविक अर्थ पनि यहि हो । काभ्रे टाइम्स प्रकाशनको निरन्तरताको कामना गर्दछु ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्