IMG-LOGO

ओरालोमा ओलिटिक्स्

 मंगल, असार १, २०७८  - पातले कान्छो

२०७४ को आम चुनावमा सबै भन्दा बढी भोट ल्याएर सम्माननीय बनेका सर्वेसर्वा खड्गप्रसाद शर्मा ओलीका नीति , विचार  र योजनालाई  नै ओलीटिक्स भनिन्छ । ओलीको नीति भनेको जसरी पनि श्री ५ भन्दा पनि माथि बन्ने , सत्ता कब्जा गर्ने , आफ्ना समर्थक बाहेक सबैको हुर्मत लिदैं मनपरी गाली गर्ने र आफ्नो जयजयकार गर्न लगाउने हो । यही नीति वमोजिम उनका विचार बनेका छन् ।  उनका ति विचारहरुलाई साकार रुप दिने अनुयायी उनका अन्ध समर्थक हुन् । मलाइ त उनका समर्थक सबैमा ओली अनुहार देख्छु ।  भाषा ,शैली र व्यवहार पनि ओलीकै जस्तो लाग्छ ।  ओली चरित्र ठ्याक्कै मिल्ने ति अन्धाहरुकै कारण अहिले हाम्रो देश र समाज विभक्त छ । ओलीटिक्स चरम सीमामा पुग्यो त्यसैले सबैतिर ओलीटिक्सले सर्वनास गरेको छ । ओरालो गतिमा लागेको ओलीटिक्स धेरैदिन अब टिक्दैन र देशले धान्न पनि सक्दैन ।  
   खड्ग ओलीका त्यही नीति विचारले नेकपा एकता नहँुदै ओलीकै कारण सर्बोच्च अदालत लगाएर २०७७ फागुन २३ गते  प़mुटाइयो ।  मै खाँउ मै लाउ भन्ने ओली सोचले प्रचण्ड र ओली आधा आधा सत्ता संचालनको सम्झौता प्रधानमन्त्री भएको दुई वर्ष पुग्दा नपुग्दै गृहमन्त्रि बादललाई हात लिएर धोती लगाइदिए । त्यहीबाट सत्ताको किचलो भयो । पार्टीमा अल्पमतमा परेपछि नेकपाको विधान नमान्ने ओलीले कहिल्यै बैठक गरेनन् गरे पनि बालुवाटार छोडेनन् । बहुमतलाई रिङ्गाइ रहे । प्रचण्ड र माधवकुमार नेपालले काम गर्न दिएनन् भनेर सन्केका प्रधानमन्त्री ओलीले पुस ५ गते संसद नै भंग गरिदिए । संसदबाट चुच्चे नक्सा पास गरेर बडो राष्ट्रवादी नेता कहलिएका ओली रः का प्रमुख सामन्तकुमार गोईलको ३ घण्टा बालुवाटार बैठक पछि १८० डिग्रीमा फेरिए । मुखले चुच्चे नक्सा फलाके पनि व्यवहारले ओलीटिक्स  लेण्डुप दोर्जे मार्गमा छन् ।  यो पातले कान्छोलाई महाकाली सन्धि २०५४ सालमा नै ओलीको जोडले महाकाली सन्धि पारित  गर्दा नै थाहा थियो उनी लेण्डुप्का नयाँ संस्करण हुन् ।  २०७२ मा नाकाबन्दी गर्दा राष्ट्रवादी जामा पहिरिएर नौटंकी देखाए ।  त्यो नाटक सबैले पत्याए । चुच्चे नक्सा पास गर्नु भारतसँग घुर्की लगाउनु बाहेक केही होइन । असली राष्ट्रवादीले देशको ढुङ्गामाटो विदेशीलाई बेच्दैन ओलीटिक्स गिट्टीतन्त्रमा पतन भएको छ । महन्त ठाकुर र राजेन्द्र महतोले देशमा नाकाबन्दी लगाउनुपर्छ भनेर सिमानामा धर्ना बस्नेलाई अंकमाल गर्दै वैधता दिएको छ ।    
नेकपा फुटाएर ओलीटिक्सले आफ्नो रफ्तार रोकेन ।  माधवकुमार नेपाल र झलनाथ खनाल बिनाको एमाले बनाउन लाग्यो । बादल जस्ता लाल गद्दारको साथ लिएर ओलीटिक्स फुल्न फैलिन र सुगन्ध छोड्न कहाँ सक्थ्यो र ? कणर्ाली प्रदेश , सुदुरपश्चिम हुँदै शनिबार त गण्डकी प्रदेशमा सरकार गुमायो । गण्डकीका निवर्तमान मुख्यमन्त्री  पृथ्वी सुब्बा गुरुङ भन्दैछन् -  गण्डकीको सरकार ढल्नुमा प्रधानमन्त्री ओली जिम्मेदार हुन् , म ओलीले भन्दैमा निष्ठा गुमाउँदिनँ’ प्रधानमन्त्री ओलीका विश्वासपात्र गण्डकीका पृथ्वी सुब्बा गुरुङले भनेका यही भनाईले काफी छ ओलीटिक्स ओरालोमा छ । ओलीतिर लागेका असल नेता र कार्यकर्ता अझै छन् समय मै चेत खुल्दा राम्रो हुन्छ नत्र ओलीले सबैलाई आफूसँगै लैजान्छन् ।  भारतीय चल्तीको एउटा सायरी छ - मे तो डूबेंगे ही सनम तुम्हें भी ले के डूबेंगे अर्थात म डुब्नेछु मायालु तिमीलाई पनि साथै लिएर डुब्नेछु ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्