IMG-LOGO

गाँडतन्त्र

 मंगल, जेठ १८, २०७८  - पातले कान्छो

हामीले आन्दोलन गरेर ल्याएको गणतन्त्रलाई गाँडतन्त्र बनाउने काम धुर्त खड्गप्रसाद शर्मा ओली र उनलाई चाकरी गर्दै बस्नेहरुले आफ्नो जिन्दगी फेरिरका छन् । आइ लभ यु केपी बा भन्ने झुण्डले अहिले देशको ढुकुटी फडानी गरिरहेका छन् । ओली र उनका भजनमण्डलीहरुलाई मात्र यो देशमा गणतन्त्र आएको छ । त्यसैले  म  ति सम्पूणर् गाँडतन्त्रवादीहरुमा बयलगाडे गणतन्त्र - जिन्दावाद भन्दै हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । समय र परिस्थितिले जवरजस्त दवाबमा परेर गणतन्त्र मान्न बाध्य हुनु भएका गणतन्त्र नेपालको शक्तिशाली सम्माननिय प्रधानमन्त्री खड्ग ओलीजीलाई पनि गणतन्त्र दिवसको अनेकन शुभ-कामना छ भनेर सुनाइदिन यो लेख पढ्ने सबैलाई मेरो हार्दिक अनुरोध छ ।
       मलाइ त् अचम्म लाग्छ  केपी बा भन्नेहरुलाई देखेर।  हैन के सोच्छन यिनले आफुलाई अझै पनि। यो बिज्ञान र प्रविधिको युग हो ।  कति न ठूलो भएं भन्ने लागेको छ यिनलाई। दुनियालाई भ्रममा पार्न यिनीहरु जे पायो त्यहि भन्दैछन ।  बा का साईबर सेनाको हुईया सुनि साध्य छैन । यो देशमा यिनै छिचिमिराहरुको शासन छ । गन्धे झार , तितेपाती पलाए झैँ उम्रिएकाहरु कै कारण वास्तविक गणतन्त्रवादीहरु कर्नरमा छन् । हिजो सामन्ती व्यवस्थाको बिरोध गर्दै गणतन्त्रको माग गर्दा त्यो सम्भवै नदेख्नेहरु अहिले गणतन्त्रको मालिक बनेर गणतान्त्रिक बखान गरेको यी आँखाले देख्दा लाज लागिरहेको छ । संविधानमा नै नभएका धारा उपधारा प्रयोग गर्दै बर्तमान ब्यबस्था नै मास्न लागिपरिरहेकाहरु शासन सत्तामा भईन्जेल बयलगाडे गणतन्त्र झन् झन् अजर अमर हुन्छ । बयलगाडे गणतन्त्रलाइ परास्त गर्न भित्रि र बाहिर देखिएका अनेकौ षड्यन्त्रलाई परास्त गरि गणतान्त्रिक व्यवस्था र संविधानको रक्षा गर्न अहिले सम्पूणर् गणतन्त्रवादी शक्तिहरुलाई नेपाली जनताको आग्रह छ । एक जुट छिटो हुनुहोस र यो बयलगाडे गणतन्त्रबाट देश र जनतालाई मुत्ति दिनुहोस् ।
सात दशक देखिको नेपाली जनताको त्याग, तपस्या, बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल मासेर एकात्मक निरंकुश सांस्कृतिक राजतन्त्र जबर्जस्ती लाद्ने सपना देख्ने मुठ्ठीभर प्रतिगामीहरुका विरुद्ध सङ्घीय लोकतान्त्रिक गणतन्त्रवादीहरु एकजुट बन्नु आजको आवश्यकता हो। राजनीतिक भाषामा अहिलेको अवस्था गणतन्त्रलाई पुरै बयलगाडे गणतन्त्र बनाएर श्री ५ बन्ने ओलीतन्त्र भन्नुहोस वा ओली प्रवृति केन्द्र देखि स्थानीय वडासम्म स्थापित हुन खोजिरहेको छ। यसलाई परास्त गर्नु नै बयलगाडे गणतन्त्रको अन्त्य गर्नु हो । बितेको ३ बर्षमा स्वाधिनता र आत्मनिर्भरता भन्दा परनिर्भरता बढाएर एउटा नामुद गिरोह यो बयलगाडे गणतन्त्रले स्थापित गर्न खोज्दैछ। त्यसैले लखनउ लुट हामीलाई मान्य छैन । दास र हनुमानहरुको लस्कर देखाएर गणतन्त्रको हुर्मत लिन खोजिएको छ। बयलगाडे गणतन्त्रका विरुद्ध एकजुट हुनु परेको छ । कोरोना महामारीको मौका छोपेर हामी माथि बयलगाडे गणतन्त्रले हाम्रा टाउकामा घन बजारिरहेको छ । बयलगाडे गणतन्त्रमा पदलोभी ,धोखेबाज ,अवसरवादी ,राजनीतिक चरीत्र हरामहरुको दांही छ । यी कमाउनिष्टलाइ यो जति खुदो समय अर्को छैन त्यसैले ओलीको जयजयकार यी चण्डमुण्डले गरिरहेका छन् । चण्डमुण्डका लागि यो जति समय फलीफाप अव हुने छैन । नेपाली जनताले यस्तो किसिमको गणतन्त्र चाहेका थिएनन । बिडम्बना हामीले यो समय बयलगाडे गणतन्त्र भोग्न बाध्य छौ ।
बास्तबिक गणतन्त्र त्यतिबेला आएको मानिन्छ जुन दिन यो देशमा प्रधानमन्त्री , रास्ट्रपति , प्रशासक , नेता , मन्त्री अनि उसका परिवार र आसेपासेका मान्छे र सामान्य गरिबी , किसान , मजदुरको हैसियत बराबरका हुन्छन ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्