IMG-LOGO

म पनि पत्रकार

 मंगल, चैत १०, २०७७  पातलो कान्छो


    म यो देशको पत्रकार हुँ  । मेरो आफ्नै महान पार्टी छ र पार्टीको प्रचार गर्ने  भगिनी सस्थाको अध्यक्ष हुँ । सबैले मलाइ पत्रकार भनेर चिन्छन । यो शहरमा सभा समारोह हुँदा मलाइ निम्ता आँउछ । बिहानै  कार्यक्रम भए घरमा भात खान पर्दैन । दिउसो त् काँहा कार्यक्रम हुन्छ म मेरा दौतारीका माध्यमबाट खोजी गरिहाल्छु । राति कार्यर्कर्म हुँदा त् टुच्च लगाउने ब्यबस्था हुन्छ । म आयोजकलाई भारी प्रशंशा गर्दै टुच्च टुच्च लगाउदै झ्याप हुन्छु यसरी मेरो दैनिकी चल्दै आएको छ  । म जति उमेर पार गर्दैछु त्यति मेरो नाम र बखान हुँदैछ ।
           पहिला भन्दा जमाना धेरै बदलिएको छ । मानिसका  सोच पनि बदलिएका छन तर म उस्तै छु  । नया केटाहरु कम्प्युटरमा दख्खल छन् सूचना प्रविधिमा भएको परिवर्तनले नया केटाहरु बाक्लै आएका छन्  सबैले मलाइ दाइ दाइ भनेर नमस्कार गर्छन  । मैले उनीहरुलाई काम गर है केटा हो भन्छु  । झम्के झोल लगाएको बेला हाम्रो पालामा पत्रकारिता यस्तो थियो उस्तो थियो भनेर कपोलकल्पित कुरा भन्छु । किनभने म कहिले देखि कसरी पत्रकार भए आफैलाई थाह छैन । म मात्र होर मेरा साथीहरु  कोही भैसी र आलु ब्यापार गर्दा गर्दै पत्रकार बन्न पगेका थिए । त्यो लामाखुटककलाइ पत्रकार बन्न कामरेडले अह्राएर पठाएको रे । कति साथीहरु जय नेपाल भन्दा भन्दै कति लाल सलाम भनेर मुठ्ठी कस्दा कस्दै पत्रकार बनेका थिए  । हाम्रा पालाका समकक्षिहरुले समाचार लेख्न  पर्दैन त्यो सिल्खुट्टेले समाचार लेखेपछि हामी सबैले डिट्टो सार्छौ  । हाम्रो ग्याङ्गका सबैलाई भाषिक शुद्धता हुनैपर्छ भन्ने छैन सबै मिलाउने काम त् सम्पादकले गर्ने त्  हो नि । 
    जमाना एक सय असि डिग्रीले बदलिएको छ  ।  केहि बर्ष अगाडिसम्म पत्रिका किन्न पुस्तक पसलमा भिड हुन्थ्यो पहिले पत्रिकामा भर गर्नेहरु अहिले अनलाईन र सोसल मिडियामा आकर्षित हुन थालेका छन । मलाइ पत्रकारिता बिषयमा त्यतिविधि जिज्ञासा पनि छैन । खोज पत्रकारिता  बुझ्न म आफैलाई खोज्नु पर्छ ।  नेताहरु आएका बेला म अण्टसनट प्रश्न गर्छु । नेता पनि म जस्तै हुन नि  । मेरो पत्रकारीता आफूले दिनैपिच्छे देखे सुनेका घटनाका बारेमा हो ।खासमा पत्रकारिता बारेमा मलाइ त्यति अनुराग  छैन तर म पत्रकार हुँ। निष्पक्षता आचारसंहिता मैले  पालना गर्दैन किनभने म पार्टी प्रचार विभागको सदस्य पनि हुँ  । द्यो देश नै हल्लाले चले जस्तो मेरो पेशा पनि हल्ला गरेका भरमा चलेको छ सबै स्टोरी हल्लाका भरमै तयार हुन्छन  । मेरो काम नै बिपक्षि पार्टीको खोइरो खन्नु हो ।  राष्टियता ,देशभक्ति र सार्वजनिक चासोका विषयमा बाल मतलब  । त्यस्ता विषयमा स्टोरी तयार गरेर समय बर्बाद गर्नु छैन  । यो उमेर भैसक्यो मलाइ ज्ञान र अनुसन्धान सीप मतलब छैन ।  कसैले मलाइ पत्रकार होइन भन्दैन क्यारे ।  २० बर्षपछि स्थानीय निर्वाचन भए पछि म र मेरा समकक्षि केही साथीहरु जनप्रतिनिधिका सल्लाहकार र प्रबक्ता भएका छौ  ।  हाम्रो काम मिडियाबाट मिडियटरको भएको छ।  हाम्रो रिस गर्नेहरु हामीलाई बिचौलिया भन्छन  ।  सायद तिहिहरुले हामीले जस्तो कमिसन,  र मायाले खामबन्दी  नपाएपछि हामी प्रेस सल्लाहाकारका  विरुद्ध योजनाबद्ध षडयन्त्रमा लागेको हुनुपर्छ ।
    हामी राज्यको चौथो अङ्गमा क्रियाशील पत्रकार हौ।  आम  नागरिकभन्दा  पृथक् विशेषाधिकार हाम्रो छ  तर आम नागरिकले हाम्रो  भूमिका  यथेष्ट सम्मान गर्नुपर्छ  । पत्रकार भएपछि विशेषाधिकार पाउनैपर्छ ।  नीति नियम बारे जनतालाई सु सुचित गराउने हामीले हो । कसैले म र म जस्ता बिरुद्द केही गरेमा  ठेगान  लगाउन पछि परिने छैन ।  जसरी यो समाजमा थरिथरिका मान्छे छन्  हामी पत्रकार पनि थरीथरीका छौ ।  
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्