म यो देशको पत्रकार हुँ । मेरो आफ्नै महान पार्टी छ र पार्टीको प्रचार गर्ने भगिनी सस्थाको अध्यक्ष हुँ । सबैले मलाइ पत्रकार भनेर चिन्छन । यो शहरमा सभा समारोह हुँदा मलाइ निम्ता आँउछ । बिहानै कार्यक्रम भए घरमा भात खान पर्दैन । दिउसो त् काँहा कार्यक्रम हुन्छ म मेरा दौतारीका माध्यमबाट खोजी गरिहाल्छु । राति कार्यर्कर्म हुँदा त् टुच्च लगाउने ब्यबस्था हुन्छ । म आयोजकलाई भारी प्रशंशा गर्दै टुच्च टुच्च लगाउदै झ्याप हुन्छु यसरी मेरो दैनिकी चल्दै आएको छ । म जति उमेर पार गर्दैछु त्यति मेरो नाम र बखान हुँदैछ ।
पहिला भन्दा जमाना धेरै बदलिएको छ । मानिसका सोच पनि बदलिएका छन तर म उस्तै छु । नया केटाहरु कम्प्युटरमा दख्खल छन् सूचना प्रविधिमा भएको परिवर्तनले नया केटाहरु बाक्लै आएका छन् सबैले मलाइ दाइ दाइ भनेर नमस्कार गर्छन । मैले उनीहरुलाई काम गर है केटा हो भन्छु । झम्के झोल लगाएको बेला हाम्रो पालामा पत्रकारिता यस्तो थियो उस्तो थियो भनेर कपोलकल्पित कुरा भन्छु । किनभने म कहिले देखि कसरी पत्रकार भए आफैलाई थाह छैन । म मात्र होर मेरा साथीहरु कोही भैसी र आलु ब्यापार गर्दा गर्दै पत्रकार बन्न पगेका थिए । त्यो लामाखुटककलाइ पत्रकार बन्न कामरेडले अह्राएर पठाएको रे । कति साथीहरु जय नेपाल भन्दा भन्दै कति लाल सलाम भनेर मुठ्ठी कस्दा कस्दै पत्रकार बनेका थिए । हाम्रा पालाका समकक्षिहरुले समाचार लेख्न पर्दैन त्यो सिल्खुट्टेले समाचार लेखेपछि हामी सबैले डिट्टो सार्छौ । हाम्रो ग्याङ्गका सबैलाई भाषिक शुद्धता हुनैपर्छ भन्ने छैन सबै मिलाउने काम त् सम्पादकले गर्ने त् हो नि ।
जमाना एक सय असि डिग्रीले बदलिएको छ । केहि बर्ष अगाडिसम्म पत्रिका किन्न पुस्तक पसलमा भिड हुन्थ्यो पहिले पत्रिकामा भर गर्नेहरु अहिले अनलाईन र सोसल मिडियामा आकर्षित हुन थालेका छन । मलाइ पत्रकारिता बिषयमा त्यतिविधि जिज्ञासा पनि छैन । खोज पत्रकारिता बुझ्न म आफैलाई खोज्नु पर्छ । नेताहरु आएका बेला म अण्टसनट प्रश्न गर्छु । नेता पनि म जस्तै हुन नि । मेरो पत्रकारीता आफूले दिनैपिच्छे देखे सुनेका घटनाका बारेमा हो ।खासमा पत्रकारिता बारेमा मलाइ त्यति अनुराग छैन तर म पत्रकार हुँ। निष्पक्षता आचारसंहिता मैले पालना गर्दैन किनभने म पार्टी प्रचार विभागको सदस्य पनि हुँ । द्यो देश नै हल्लाले चले जस्तो मेरो पेशा पनि हल्ला गरेका भरमा चलेको छ सबै स्टोरी हल्लाका भरमै तयार हुन्छन । मेरो काम नै बिपक्षि पार्टीको खोइरो खन्नु हो । राष्टियता ,देशभक्ति र सार्वजनिक चासोका विषयमा बाल मतलब । त्यस्ता विषयमा स्टोरी तयार गरेर समय बर्बाद गर्नु छैन । यो उमेर भैसक्यो मलाइ ज्ञान र अनुसन्धान सीप मतलब छैन । कसैले मलाइ पत्रकार होइन भन्दैन क्यारे । २० बर्षपछि स्थानीय निर्वाचन भए पछि म र मेरा समकक्षि केही साथीहरु जनप्रतिनिधिका सल्लाहकार र प्रबक्ता भएका छौ । हाम्रो काम मिडियाबाट मिडियटरको भएको छ। हाम्रो रिस गर्नेहरु हामीलाई बिचौलिया भन्छन । सायद तिहिहरुले हामीले जस्तो कमिसन, र मायाले खामबन्दी नपाएपछि हामी प्रेस सल्लाहाकारका विरुद्ध योजनाबद्ध षडयन्त्रमा लागेको हुनुपर्छ ।
हामी राज्यको चौथो अङ्गमा क्रियाशील पत्रकार हौ। आम नागरिकभन्दा पृथक् विशेषाधिकार हाम्रो छ तर आम नागरिकले हाम्रो भूमिका यथेष्ट सम्मान गर्नुपर्छ । पत्रकार भएपछि विशेषाधिकार पाउनैपर्छ । नीति नियम बारे जनतालाई सु सुचित गराउने हामीले हो । कसैले म र म जस्ता बिरुद्द केही गरेमा ठेगान लगाउन पछि परिने छैन । जसरी यो समाजमा थरिथरिका मान्छे छन् हामी पत्रकार पनि थरीथरीका छौ ।
