IMG-LOGO

प्रचण्डको राजनीतिक  रंगमञ्च

 मंगल, चैत ३, २०७७  पातलो कान्छो

नेपालको राजनीतिक  रंगमञ्चमा प्रचण्ड २०५२ फागुन १ गते देखि सदावाहार नेता हुन् । प्रचण्ड त्यत्तिकै प्रचण्ड बनेका होइनन  । यसमा धेरै व्यत्तिको  लगानी छ । भन्न त्  प्रचण्डका विरोधीहरु भन्छन–  प्रचण्ड १७ हजारको रगतले प्रचण्ड बनेका हुन्  झट्ट  सुन्दा र सतहमा कुरा गर्दा प्रचण्ड बन्न पुष्पकमल दाहालले लिएका निर्णयले प्रचण्ड बनेका हुन् ।  हुन त उनका वालसखा  देखि राजनीतिमा उनी संगै रहेका र उनको पार्टीमा रहेका साथीहरु भन्छन – हामीले गर्दा प्रचण्ड बनेका हुन् । मलाइ लाग्छ जो बन्छ वा बिग्रन्छ उ स्यमका कारणले हुन्छ  ।  वि.स. २०११ साल मंसीर २६ गते कास्कीको ढिकुरपोखरी–२ लेवाडेमा जन्मिएका प्रचण्ड मुक्तिराम दाहाल र भवानी दाहालका जेठो छोरा हुन् । उनको न्वारानको नाम छविलाल दाहाल हो  ।  १० वर्षे सशस्त्र युद्धमा उनी कडा भूमिगत थिए खुला राजनीतिमा उनका राजनीतिक मुद्दा स्थापित छन् ।
वि.सं. २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यता बाट आफ्नो राजनैतिक जीवन प्रारम्भ गरेका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरेका थिए । वि.सं २०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका प्रचण्ड २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री बन्न सफल भए । २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछिको बसेको तेस्रो विस्तारित बैठकले पार्टीको नाम फेरेर नेकपा (माओवादी) राख्यो । नेकपा माओवादीको महामन्त्री भएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष समेत बन्न सफल भए ।
शिक्षा
प्रारम्भिक शिक्षा कास्कीको ढिकुरपोखरीमा नै लिएका प्रचण्ड २०२६ सालमा चितवनको नारायणी विद्या मन्दिर माध्यामिक विद्यालय शिवनगरबाट प्रवेशिक (एसएलसी) उत्तीर्ण भएका थिए । २०२९ सालमा पाटन बहुमुखी क्याम्पसबाट आई.एस.सी पूरा गरेका थिए । वि.सं. २०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बि.एस्सी उतीर्ण गरेका प्रचण्डले एम.पी.ए.सम्मको अध्ययन पूरा गरेका छन् ।
छविलालदेखि प्रचण्डसम्म
न्वारानको  नाम ‘छविलाल’ दाहालबाट पुष्पकमल दाहाल नामाकरण गरिएका प्रचण्डले भूमिगत अवस्थामा नाम परिवर्तन गरिरहे । पुष्पकमल दाहालको वि.सं. २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण हुँदै प्रचण्ड नाम रहेको थियो । हाल उनी प्रचण्ड नामले चर्चित छन् । साथै उनी पनि आफूलाई ‘प्रचण्ड’ भन्न रुचाउँछन् ।
विवाह
कास्कीको ढिकुरपोखरीबाट प्रचण्डको परिवार २०१९ सालमा चितवन भरतपुरस्थित शिवनगरमा बसाईं सरेका थिए । चितवन आएपछि उनको विवाह भएको हो । वि.सं. २०२६ वैशाखमा सीता पौडेलसँग प्रचण्डको विवाह भएको हो । अहिले उनका दुइ छोरी छन्  एक छोरा प्रकाशको २०७४ मा निधनमा भएको थियो   ।
प्रचण्डको अगाडी जस्ले जति फुर्ति लगाएता पनि उनि जस्तो बन्नलाइ धेरैले प्रयास गरे त्यो  सजिलो छैन प्रचण्ड बन्न भन्ने कुरा विप्लवका गतिबिधिले स्पष्ट पारेको छ  । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली जो सबैबाट एक्लिदै गएका बेला विप्लवले ओलीसंगै वार्ता गर्नु छट्टु स्यालले म बाघ हु भने जस्तो हो  । पहिलेभन्दा केही लचक भएका छन्ः प्रचण्डको जति खेदो खाने पनि लोकतान्त्रिक नेपालको राजनीतिमा गिरिजाप्रसाद  कोइरालाको हाइटका नेता हुन्  ।  समयले देखाउदैछ  प्रचण्डको पत्तासाफ पार्छौं, अख्तियार लागाउछु भन्नु ,  साइबर सेना उतार्नु बुख्याचा कदम जस्तो मलाइ लाग्छ । उनले बर्तमान राजनीतिका सबै पात्रका नाडी छामिसकेका छन् । ठोस परिस्थितिको सहि विष्लेषण गर्दै छलांग मार्ने राजनीतिक कला प्रचण्डसंग छ ।
 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्