सबैले प्रधानमन्त्री केपी ओलीको राजिनामा मागिरहेका छन् । मलाई भने हाँसो उठिरहेको छ किनभने ओलीले नैतिकताको आधारमा राजिनामा दिनु पर्छ रे ! हा हा यस्यो पनि हुन्छ र ? जो मान्छेसंग नैतिकता छैन उसले के नैतिकताको आधारमा राजिनामा दिने ? ओलीले राजिनामा दिए, ओली प्रवृति नै कहा रहन्छ र ? ओली चरित्र र प्रवृतिबारेमा केही लेख्न मन लागेको छ । के हो ओली प्रवृति जानौ ।
घमण्डी
पार्टीमा आफु नै सर्वशक्तिमान हुँ भन्ने घमण्ड बोकेर विधि विधान र पद्दति विपरित पार्टी अध्यक्षसमेत रहेका ओलीले कामगर्दा यो समस्या आएको हो । शुरुवाती दिनमा मुख्य समस्या केपी शर्मा ओलीबाट नै उत्पन्न भएको हो । किनभने, उनि आफुलाई पार्टीको विधानमा नभएपनि सिनियर अध्यक्ष ठान्ने । १ नम्बरको अध्यक्ष भन्ने तर, पार्टीभित्र समस्या आउँदा चैं त्यसलाई फेस गर्नेभन्दा पनि त्यसबाट टाढिने, भाग्ने काम गरे । तत्कालिन अवस्थामा देशकै ठूलो पार्टी नेकपा पार्टीमा उत्पन्न समस्याको प्रमुख दोषी पनि उनि हुन् । पार्टीभित्र देखिएका समस्या समाधान गर्ने जिम्मेवारी उनको थियो तर, उनि पार्टीको कुनै विधि विधान मान्न तयार भएनन् र घमण्डीपारा देखाइरहे ।
सर्वज्ञानी
खड्गप्रसाद शर्मा ओली आफुलाई सर्वज्ञानी ठान्नछन् । आपूmलाई ठूलो विद्वान सम्झेर घन्टौ भाषण दिन्छन । कोरोनाभाइरसको महामारीका बेला ओलीले -दक्षिणबाट आएको कोरोना भाइरस हार्ड र उत्तरबाट आएको भाइरस सप्mट भएको भन्ने भाषणले दुनिया हासेको थियो । भारतीय टेलिभिजनहरुले यसबारेमा खिसीट्यूरी गरेका थिए । कुनैपनि देशका नेतामा अल्पज्ञान र अहंकारको घातक मिश्रण भयो भने कति बढी ज्यानको क्षति हुँदो रहेछ भन्ने हामीले विश्वमा देखिरहेका छौं । ओली प्रबिृती भोगीरहेका छांै ।
मपाइत्व
प्र.म. ओलीमा जक्तिको मवाइत्व कुनै नेतामा छैन । त्यसैले उनी कसैको सुझाव, सल्लाह मान्लान जस्तो लाग्दैन । राजदूत नियुक्तिको कदम, पार्टीमा सल्लाह छैन, राजनीतिक नियुक्तिहरु एक्लै गर्ने पार्टीमा छलफल छैन, आफ्नै पार्टीका नेतालाई सबभन्दा बढि जसले गाली गर्छ त्यसलाई रेलको जिएम बनाईदिएर पुरस्कार दिने काम गरे । ओलीले आफैं पार्टी, आफैं सरकार भएजस्तो दम्भ देखाए ।
राजा महेन्द्रभन्दा एक कदम अगाडि
प्र म ओली आफ्नी विश्वासपात्र राजनीतिक सहयोगी राष्ट्रपति विद्यादेवी भण्डारीको शिरमा श्रीपेच सजिएको हेर्ने मूडमा छन् । त्यसैेले उनले गत पुष पाँच गते प्रतिनिधिसभा बिगठनको काम गरे । काल्पनामै उनी आपूm राजा भएको ठानेर सामन्तवादी सोच ृउनको अनुहारमा नाचेको छ । उनलाई लागेको छ, राष्ट्रवादी चरित्र प्रदर्शनमा उनी राजा महेन्द्रभन्दा एक कदम अगाडि पुगिसकेका छन् । परम्परागत ‘विष्णुका अवतार राजाहरूले जस्तै ओलीले सांस्कृतिक र धार्मिक धरोहरको प्रतिनिधि संहारकर्ताको भूमिकामा आफूलाई उभ्याउने सबै अभिनय गरिसकेका छन् । साथमा, पञ्चायतको अन्तिमतिर, त्यतिबेलाका राजालाई आफू जनतामा अत्यन्तै लोकप्रिय छु भन्नेजस्तो भ्रम थियो, त्यस्तै भ्रमले ओलीलाई अहिले निल्नै लागेको छ ।
अहंकारी
झुट, अहंकार र घमण्डको दोश्रो नाम केपी ओली हुन् । खड्गप्रसाद शर्मा ओली महाभारतका दुर्योधन जत्तिकै अहंकारी हुन् । ओलीमा भस्मासुर प्रवृति छ, कहिले संबिधान भस्म गर्ने । कहिले कसलाई भस्म गर्ने हो, थाहा छैन । पुस ५ गते असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई ६६ दिन सम्म संकटमा राख्ने ओली जस्तो प्रवृतिको मान्छे राजनीतिमा अर्को कुनै पात्र छैन ।
