राजनीतिमा केही दलहरू आँधीझैँ उदाउँछन्—पुराना दलहरूको भ्रष्टाचार, शासकीय अक्षमता र जनताको निराशामाथि चढेर । उनीहरू परिवर्तनका सपना बाँड्छन्, जनताको आक्रोशलाई मतमा बदल्छन् र छोटो समयमै सत्ताको शिखरमा पुग्छन् । तर, हरेक लहर किनारासम्म पुग्दैन । विचारको गहिराइ, संगठनको जरा र शासनको स्पष्ट दृष्टिकोण नभएका राजनीतिक शक्तिहरू समयको पहिलो ठूलो छालमै भत्किन्छन् ।
विश्व राजनीतिक इतिहासका केही यस्ता दलहरू :
१ युकेआईपी – बेलायत
नाइजेल फराजको नेतृत्वमा युकेआईपीले बेलायतको युरोपेली संघबाट बहिर्गमन र आप्रवासन नियन्त्रणको नारामा जनलहर उठायो । सन् २०१५ मा १२.६ प्रतिशत मत पाएर बेलायती राजनीतिलाई हल्लायो र ब्रेक्जिटको बाटो खोल्न दबाब सिर्जना ग¥यो । तर, ब्रेक्जिटपछि यसको मुख्य एजेन्डा नै हरायो । नेतृत्वको कलह र कमजोर संगठनले पार्टीलाई किनारामा पु¥यायो । एउटै नाराले सत्ता हल्लाउन सकिन्छ, देश चलाउन सकिँदैन ।
२ . सिउडाडानोस – स्पेन
भ्रष्टाचार र पुराना दलप्रतिको वितृष्णाबीच उदाएको सिउडाडानोस सन् २०१९ मा ५७ सिटसहित स्पेनको तेस्रो ठूलो दल बन्यो । तर, मध्यमार्गी पहिचान त्याग्दै दक्षिणपन्थी शक्तिसँग नजिकिनु र राजनीतिक अवसरवादले जनविश्वास गुमायो । केही महिनामै सिट संख्या १० मा झ¥यो । अन्ततः पार्टी संसद्बाटै हरायो । जनताको विश्वास जित्नुभन्दा कठिन, त्यो विश्वास जोगाउनु हुन्छ ।
३ . कादिमा – इजरायल
एरियल स्यारोनको व्यक्तित्व र चर्चित नेताहरूको आकर्षणमा सन् २००६ मा कादिमा शक्तिशाली बन्यो । तर, बलियो वैचारिक आधार र जनसंगठनबिनाको त्यो शक्ति नेतृत्व परिवर्तनसँगै कमजोर हुँदै गयो । भ्रष्टाचार काण्ड, आन्तरिक नेतृत्व संघर्ष र राजनीतिक आधारको क्षयीकरणले पार्टीलाई सन् २०१३ सम्म दुई सिटमा सीमित ग¥यो । सन् २०१५ मा विघटन भयो । व्यक्तिको छायामा उभिएको पार्टी, व्यक्ति ढलेपछि आफैँ अँध्यारिन्छ ।
४. यूडीएफ – फ्रान्स
मध्यमार्गी र उदारवादी शक्तिहरूको गठजोडबाट बनेको यूडीएफले फ्रान्सेली राजनीतिमा लामो समय प्रभाव जमायो । एरियल स्यारोनको व्यक्तित्व र चर्चित नेताहरूको आकर्षणमा सन् २००६ मा कादिमा शक्तिशाली बन्यो । तर, बलियो वैचारिक आधार र जनसंगठनबिनाको त्यो शक्ति नेतृत्व परिवर्तनसँगै कमजोर हुँदै गयो । भ्रष्टाचार काण्ड, आन्तरिक नेतृत्व संघर्ष र राजनीतिक आधारको क्षयीकरणले पार्टीलाई सन् २०१३ सम्म दुई सिटमा सीमित ग¥यो । सन् २०१५ मा विघटन भयो । व्यक्तिको छायामा उभिएको पार्टी, व्यक्ति ढलेपछि आफैँ अँध्यारिन्छ । तर, एकीकृत विचार र संगठनभन्दा गुटहरूको महासंघजस्तो बनेको पार्टी नयाँ राजनीतिक गठबन्धनको उदयसँगै छिन्नभिन्न भयो । गुटहरूको जोडले बनेको घर, समयको हुरीले सजिलै उडाउँछ ।
५ . एडीक्यू – क्यानडा
क्युबेकको पुरानो राजनीतिक द्वन्द्वबाट आजित जनतामाझ मारिओ डुमोन्टको नेतृत्वमा एडीक्यू उदायो । सन् २००७ मा चार सिटबाट ४१ सिटमा पुगेको यो पार्टी चामत्कारिक शक्तिका रूपमा देखाप¥यो । तर, संगठन र शासनको तयारीबिनाको सफलता टिकेन । सन् २००८ मै सिट संख्या सातमा झ¥यो । अन्ततः सन् २०१२ मा अर्को दलमा विलीन भयो । चुनावी लहरले संसद् भरिएला, तर शासनको भार संगठनले मात्र बोक्छ ।
पतनको साझा पाठ
राजनीतिमा जनताको आक्रोश आगो हो, तर त्यसलाई विकासको उज्यालोमा बदल्न विचार, नीति र संगठन चाहिन्छ । पुरानालाई गाली गरेर नयाँ बन्न सकिन्छ, तर जनताको जीवन बदल्ने क्षमता बिना नयाँ पनि पुरानै निराशाको अर्को नाम बन्छ । राजनीतिक लहर क्षणिक हुन्छ, जनविश्वास दीर्घकालीन । जो दल विचारभन्दा व्यक्तिमा, नीतिभन्दा नारामा र संगठनभन्दा भीडमा निर्भर हुन्छ—त्यसको उदय जति चर्को हुन्छ, पतन उति नै निर्मम हुन सक्छ ।
स्रोत : अन्तर्राष्ट्रिय राजनीतिक इतिहास तथा विभिन्न समाचार सामग्री ।
