IMG-LOGO

सत्यको मुख थुनिएको समय

 मंगल, सावन १२, २०८३  किशोर नेपाल

    बीपी कोइराला भन्नुहुन्थ्यो सत्यको ‘मुख’ थुनेपछि झूठको ‘थुतुनो’ खुल्दछ । अहिले नेपाली समाजमा झूठको थुतुनो खुलेको छ । राज्यको अराजक व्यवहारका कारण बृहत्तर नेपाली समाज अहिले ठूलो अलमलमा परेको छ । आज बीपी कोइरालाको ४५ औं स्मृति दिवस । यतिबेला कांग्रेसका ‘नेताहरु’ विभाजनको राजनीतिमा लागेका छन् । देशमा लोकतन्त्र स्थापनाका लागि अथक संघर्षगर्ने सामान्य कांग्रेसीहरु ठूलो अलमलमा परेका छन् ।
    एघार महिनाअघि भएको जेनजी विद्रोहको प्रभावमा कांग्रेसका महामन्त्री गगन थापाले ‘विशेष अधिवेशन’ को नाटक रचे । यो नाटकको ‘शानदार’ मन्चनका लागि देशका अरबपति र धनाढ्य पात्रहरुले यथेष्ट सहयोग उपलब्ध गराएका थिए । व्यक्तिगत महत्वाकांक्षा तुष्टिका लागि गगनको यो कार्य अस्वाभाविक थिएन । उनलाई आन्दोलनको पृष्ठभूमिको संरचना कसरी भएको छ भन्ने पूरै ज्ञान थियो । अप्ठेरो समयमा गगन थापाको कांग्रेस सभापतिमा चयन स्वाभाविक थिएन । जेनजी बिद्रोहमा घूसपैठ गरेर शासनमा प्रत्यक्ष हस्तक्षेप गर्ने पर्दा पछाडिका पात्रहरुको ‘मनसाय’ अनुसार नै बिद्रोहको मन्चन भएको थियो । बिशेष अधिवेशनबाट कांग्रेस सभापति बने पछि गगनले एउटा पोष्टर मार्फत ‘बदल्यौं कांग्रेस, बदल्छौ देश’ को नारा लगाए । उनकै नेतृत्वमा कांग्रेसको नाममा चुनावमा भाग लिएपनि कांग्रेस बदलिन सकेन ।
    तर, अन्तरीम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले गराएको त्यो चुनावमा सवैभन्दा ठूलो क्षति नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गर्ने मतदाताले बेहोर्नु प¥यो । विशेष अधिवेशनबाट चुनिएका सभापति गगन थापाको हस्ताक्षर युक्त टिकट बोकेर चुनावमा उत्रिएका कांग्रेसका उम्मेदवारहरु सोत्तर भए । आफनो तथा कथित लोकप्रिय ‘छवि’ बोकेर दम्भका साथ चुनाव लडन सर्लाही पुगेका गगन थापा स्वयं चुनावमा पराजित भए । पराजयपछि उनले कांग्रेस सभापतिको पदबाट राजिनामा गरेको र उप–सभापतिले त्यसलाई अस्वीकार गरेको नाटक अत्यन्त हाँस्यास्पद देखिनु स्वाभाविक थियो । यी घटनाक्रमपछि गगन पक्षको कांग्रेस यतिबेला नकारात्मक मोडतिर लागेको छ । संसदमा कांग्रेसको भूमिका देखिएको छैन । यद्यपि, संसदीय दलको नेता भीष्मराज आंगदम्बेको भूमिका प्रभावशाली देखिएको छ ।
    अहिले नेपाली कांग्रेस पार्टीलाई चारैतिरबाट नकारात्मक दिशातिर मोडने प्रयत्न भइ रहेकोछ । कांग्रेसमा पूmटपछि ‘संस्थापन’को पगरी गुतेका अहिलेका नेताहरुमा न त राजनीतिक चेतना देखिएकोछ, न त सूझबूझ नै देखिएको छ । ‘संस्थापन’ भनिएको किनारामा उभिएका अधिकांश नेता र कार्यकर्ताहरुको सोच निजी स्वार्थको तहबाट माथि उठन सकेको छैन । महत्वाकांक्षीहरुको यो भीडमा कांग्रेसको आदर्श र इतिहास दुबै हराएको छ । यसमा तत्काल सुधार हुने अवस्था पनि देखिएको छैन ।
    ‘गृह’ कलहले थिलथिलो बनाएको कांग्रेसलाई कसले र कसरी सम्हाल्ने ? यो प्रश्नको जवाफ कसैले पनि भेटेका छैनन् । कांग्रेसका ‘प्रतिष्ठित’ नेताहरु ठूलो अलमलमा छन् । ‘कार्यवाहक’ सभापति रहेका पूर्णबहादुर खडका पार्टी एकताको सूत्र खोज्दैछन् । तर, सत्यको मुख बन्द भएको अहिलेको समयमा झूठको थुतुनो पूरै खुलेको छ । कांग्रेसका नेताहरुका लागि लोकतान्त्रिक समाजवादको सैद्धान्तिक आधारमा पार्टीलाई एकतामा आवद्ध तुल्याएर यसको अस्तित्व जोगाउनु कठिन भएको छ । कांग्रेसका समकालीन नेताहरु एउटा मञ्चमा त उभिएका छन् । तर, एकताकोे सम्भावना सोचे जति सहज देखिदैन ।
    विशेष अधिवेशनको नाममा कांग्रेस विभाजित नगरेको भए अहिले देशमा बुँख्याचाहरुको रजगज चल्ने थिएन । तर, राजनीतिमा सबै कुरा स्थायी हुँदैन । अहिले कांग्रेसलाई नयाँ र पुरानामा विभाजन गर्न खोजिएको छ । त्यो त्यति सजिलो छैन । शासन संचालनका हिसावले गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा, कोही पनि कुशल शासक थिएनन् । तर, सत्ता स्वार्थका लागि उनीहरुले घर भत्काएर दलिन बाल्ने काम गरेनन् ।
    बीपी भन्ने गर्नुहुन्थ्यो ः अहिलेको समयमा सत्यको मुख थुनिएको छ र झूठको थुुतुनो खोलिएकोछ । कुनै कुरामा आफूलाई शंका लागेको छ भने एकमुठ्ठी देशको माटो हातमा लिएर सोचौं । समाधान निस्किइ हाल्दछ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्