IMG-LOGO

बजेट र अर्थमन्त्री स्वर्णिम वाग्लेको स्पष्टीकरण

 मंगल, असार २, २०८३  प्रज्ञान शर्मा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं चर्चित अर्थविद् बालेनं सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेले यसपालिको बजेट पनि ‘जेठमा फुकाउने र माघमा सुकाउने’ पुरानै रोगको निरन्तरता दिने गरी आएको टिप्पणी गरेका छन् । गत बिहीबार संसद्मा बजेट पेस भएपछि पत्रकारहरूसँग कुराकानी गर्दै बजेट गैरजिम्मेवार नभए पनि कार्यान्वयनमा शंका गर्ने खालको भएको बताए । ‘यसलाई हामीले धेरै उत्ताउलो र गैरजिम्मेवार मानेका छैनौँ,’ वाग्लेले भने, ‘यद्यपि, विगत भूकम्पपछि एकदमै उकाले उकालो लागेर एकदमै ठूलो आकारमा बजेट फुक्ने अनि माघमा गएर सुकाउने रोगको चाहीँ निरन्तरता हुन्छ कि भन्ने चिन्ता हामीलाई छ ।’
    सरकारले जति बजेट ल्याए पछि कार्यान्वयन कमजोर रहेको उनको भनाइ छ । ‘यसको आधारचाहिँ हिजो साँझसम्म नेपाल सरकारले खर्च गरेको जम्मा १२ सय ३० अर्ब,’ वाग्लेले भने, ‘१९ सय ६४ अर्ब खर्च गर्छौं भनेर अघि अर्थमन्त्रीज्यूले भन्नुभयो । गत साल १८ सय ६० अर्बको बजेट थियो । तर, यो आर्थिक वर्ष सकिनलाई ६ हप्ता पनि बाँकी छैन । तर, नेपाल राज्यले खर्च गरेको जम्मा १२ सय ३० अर्ब छ ।’ उनले थपे, ‘मानिलिऊँ अर्को दुई खर्ब नै बढ्यो भने पनि यो राज्यले खर्च गर्ने क्षमता त्यही १४, १५ खर्ब मात्रै रहेछ । एकदमै उदार हुने हो भने पनि १५ सय अर्बको चाचुन यो राज्यले खर्च गर्नेरहेछ ।’
    वाग्लेले आफूहरूले राज्यले खर्च गर्न सक्ने क्षमताबारे मनन गर्न आग्रह गरेको समेत बताए । ‘त्यसैले यो राज्यको क्षमताको बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले जुन जोडदार टिप्णी गरेको छ,’ उनले भने, ‘यसलाई मनन् गर्नुहुन सरकारलाई आग्रह गर्छौं ।’ वाग्लेले राजस्व उठाउने सरकारको लक्ष्य र विदेशी अनुदान पाइने अनुमान समेत पत्यारिलो नभएको टिप्पणी गरे । ‘अंक र स्वरुप र विश्वसनीयता पुरानै हुन्छ कि भन्ने हामीलाई डर लागेको छ,’ उनले भने, ‘ त्यस्तै राजस्वको कुरा पनि त्यति पत्यारिला छैनन् । हिजोसम्म राजस्व १० खर्ब पनि नाघेको छैन, अहिले १५ खर्ब उठाउँछु भन्नु भएको छ ।’
    वाग्लेले थपे, ‘अनुदानमा हामी ५३ अर्ब उठाउँछौँ भन्नु भएको छ । तर, हिजोसम्म १८ अर्ब उठेको छ । यो १९ सय अर्ब बजेट खर्च गर्ने हो भने हामी झण्डै–झण्डै ६ सय अर्ब ऋण बोक्दै छौँ । अविश्वसनीयताकै पासोमा यो रुमल्लिएको छ ।’ स्वर्णिम वाग्लेको टिप्पणीको सार हेर्दा उनको मुख्य तर्क ‘बजेटको आकारभन्दा राज्यको वास्तविक कार्यान्वयन क्षमता महत्त्वपूर्ण हुन्छ’ भन्ने देखिन्छ ।
उनले उठाएका मुख्य बुँदाहरू ः
    बजेट ठूलो बनाउने तर खर्च गर्न नसक्ने पुरानो समस्या
    नेपालमा हरेक वर्ष ठूलो आकारको बजेट ल्याइन्छ ।
    तर आर्थिक वर्षको अन्त्यसम्म लक्ष्यअनुसार खर्च हुन सक्दैन ।
    जेठमा ठूलो बजेट घोषणा गर्ने र माघ–असारतिर आएर खर्च तथा लक्ष्य खुम्चिने अवस्थालाई उनले ‘जेठमा फुकाउने र माघमा सुकाउने’ रोग भनेका छन् ।
खर्च गर्ने क्षमता सीमित छ
    सरकारले करिब १९ खर्बभन्दा बढी खर्च गर्ने लक्ष्य राखे पनि वास्तविक खर्च धेरै कम हुने गरेको तथ्याङ्क उनले प्रस्तुत गरेका छन् ।
    उनको अनुमानमा राज्यको वास्तविक खर्च क्षमता करिब १४–१५ खर्ब रुपैयाँको हाराहारीमा मात्र देखिएको छ ।
राजस्व लक्ष्य यथार्थपरक छैन
    हालसम्म १० खर्ब पनि राजस्व नउठेको अवस्थामा १५ खर्ब उठाउने लक्ष्य राख्नु अत्यधिक आशावादी भएको उनको भनाइ छ ।
विदेशी अनुदानको अनुमान पनि अविश्वसनीय
    विगतमा लक्ष्यअनुसार अनुदान प्राप्त नभएको अवस्थामा पुनः ठूलो रकम आउने अपेक्षा गर्नु यथार्थपरक नदेखिएको उनको तर्क छ ।
ऋणको भार बढ्ने चिन्ता
    राजस्व र अनुदान लक्ष्य पूरा नभए बजेट धान्न ठूलो मात्रामा ऋण लिनुपर्ने हुन्छ ।
    यसले भविष्यमा राज्यको ऋणभार बढाउने जोखिम रहेको उनको चेतावनी छ ।
    अर्थशास्त्रीय दृष्टिले हेर्दा वाग्लेको आलोचना बजेटको आकारभन्दा बजेटको विश्वसनीयता, कार्यान्वयन क्षमता र राजस्वको यथार्थपरक अनुमान माथि केन्द्रित छ । यो नेपालमा वर्षौँदेखि विभिन्न अर्थविद्, पूर्वअर्थमन्त्री र नीति विश्लेषकहरूले उठाउँदै आएको बहस पनि हो ।
    यद्यपि सरकारको पक्षबाट भने ठूलो बजेटले आर्थिक गतिविधि बढाउने, पूर्वाधार निर्माणलाई गति दिने र निजी क्षेत्रलाई सकारात्मक सन्देश दिने तर्क प्रस्तुत गरिन्छ । त्यसैले वास्तविक मूल्याङ्कन आगामी आर्थिक वर्षमा राजस्व संकलन, खर्चको गति र विकास आयोजनाको कार्यान्वयनले निर्धारण गर्नेछ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्