अमेरिका रहेकी प्रमिला त्रिपाठी भुर्तेलको सडक मै ज्यान गएको खबर यतिबेला विश्वभर सनसनी छ । जो विगत ४–५ वर्षदेखि क्यालिफोर्निया राज्य स्थित सानफ्रान्सिस्कोमा बेघर (जयmभभिकक० जीवन बिताइरहेकी थिइन् । उनी गत शुक्रबार सडक मै मृत अवस्थामा फेला परेकी थिइन् । पोखरा हेम्जाकी प्रमिला पढ्न भनेर सन २०१५ मा सपनाको देश अमेरिका गएकी थिइन् । अमेरिकाको टेक्सास हुँदै क्बल ँचबलअष्कअय का सडकमा पुगेकी प्रमिला सडक मै अस्ताउनु के बाध्यता बन्यो ? वर्षौँदेखि सडक मै बाँच्न संघर्ष गर्दै आएकी ति नेपाली चेलीबारे विभिन्न प्रश्नहरु नेपाली समुदाय माझ उठाइएको छ । उनलाई सडकबाट समय मै किन उद्दार नगरेको ? उनको कुकुर मराइ भएपछि नेपाली समुदायको यो घोर लज्जाको विषय होइन र ?
कहाँ थिए नेपाली बिलिनियरहरु ? के नेपाली मानवीय भावना रित्तिएर ति नेपालीहरु अमेरिकन जस्तैः भावनाहिन भइसकेका हुन् ? उनको समयमा नै उद्दार किन भएन ? नेपाल स्थित घरमा किन खबर गरिएन र समय मै नेपाल फिर्ता पठाउने पहल किन भएन ? नेपाली समुदायको हितका लागि स्थापना भएका एनआरएनए जस्ता नेपाली समुदायका ति सस्था कहाँ थिए ? यि र यावत प्रश्नहरु गर्न पाइन्छ कि पाइन्न ?
प्रमिला त्रिपाठी भुर्तेल विगत ४–५ वर्षदेखि घरबारविहीन अवस्थामा सडकमै बस्दै आएकी थिइन् उनको सडकको अवस्था देख्ने कोही न कोही नेपाली त थियो होला नि ? भनिन्छ – त्यहीँकी शर्मिला पौडेल लगायतका अभियन्ताहरूले लामो समयसम्म उनलाई खोज्ने, खाना र आवश्यक सहयोग उपलब्ध गराउने काम गर्दै आएका थिए । परिवारसँग सम्पर्क कायम राख्दै सहयोग जुटाउने प्रयास पनि निरन्तर भइरहेको थियो तर कसरी उनको मृत्यु भयो ? उनलाई सडक जीवनबाट मुक्त गराउन नसक्नुले नेपाली समुदायले अहिले मरेपछिको ओखती खोज्नुको के अर्थ ?
यो घटनाले के युरोप, के अमेरिका विश्वभरका नेपाली ड्यास्पोरामा सबैलाई मर्माहत र स्तब्ध बनाएको छ । अझै पनि त्यही क्षेत्रमा केही नेपालीहरू प्रमिलाले भोगे जस्तैः अवस्थामै रहेको तथ्य बाहिर आउनु थप गम्भीर प्रश्न उब्जाएका छन् । विदेशी भूमिमा यसरी एक नेपाली चेलीको एक्लै गुमनाम अन्त्य हुनुको खबरले मलाई अत्यन्तै पीडा दियो । यो पिडादायी विषयमा लेख्नु पर्दा आँखाका डिल भरिएका छन् । उनी मात्रै सडकमा छैनन् युरोप र अमेरिकाको धेरै भूगोलमा मैले सडकमा र रेल स्टेसनमा धेरै नेपाली भेटेको छु । आफूले चिने जानेका अगुवालाई फोन र सामाजिक संजालका माध्यमले जानकारी दिएको पनि छु ।
जो विदेश आउँछ सबैलाई एउटै रोग एक पटक लाग्छ त्यो हो – आफ्नो सपनाहरूको हत्या । जे सोचेर विदेश आएको हुन्छ त्यो नपाउनु र आफूलाई समाल्न नसक्नु । मानसिक रोगी बन्नु अनि कुलतमा फस्नु नेपाली मात्रै होइन मैले दक्षिणी एशियाली मुलुकका नागरिकलाई भेटेको छु । नजिकबाट देखेको छु । मैले देखेका सबै दृश्य र अनुभुतिलाई लेख्दा यहाँ लामो हुन्छ ।
नेपाल बाहिर नेपाली समुदायमा बढी पारिवारिक घटनाहरु घट्ने मुलुकमा अमेरिका १ नम्बरमा पर्छ । घटनाहरु ह्ेरौ–अमेरिकाको भर्जिनियाकी ममता काफ्ले २०८१ भदौमा बेपत्ता भइन् । सो प्रकरणमा पक्राउ परेका उनका श्रीमान् नरेश भट्ट आफ्नी श्रीमतीलाई मारेर लास टुक्राटुक्रा पारेर गायब बनाएको अभियोगमा अहिले त्यहाँको जेलमा छन् । मुद्दा अझै अदालतमा विचराधिन छ । अमेरिकाकै भर्जिनिया राज्यअन्तर्गत फेयर फ्याक्स काउन्टीको मान्तुवामा अर्को घटनामा गत फागुनमा एक नेपाली परिवारमा तीन जनाको मृत्यु भएको थियो । फेब्रुअरी २४ बिहान भएको घटनामा ५० वर्षीय छत्रबहादुर थापाले आफ्नी ३१ वर्षीया छोरी ममता थापा र ५१ वर्षीया श्रीमती बिन्दा थापामाथि धारिलो हतियार प्रहार गरेका थिए । छोरीको घटनास्थलमै मृत्यु भयो भने श्रीमतीको उपचारका क्रममा ज्यान गएको थियो ।घटनामा गम्भीर घाइते भएका ज्वाइँको स्थानीय अस्पतालमा उपचार पछि बाँच्न सफल भएका थिए । प्रहरीले नियन्त्रणमा लिन खोज्दा आक्रमणकारी छत्रबहादुर थापा मारिएका थिए । ममता काफ्लेको हत्याकाण्ड होस वा २०८२ मा भर्जिनिया मै आमाछोरीको हत्याकाण्ड होस यि सबै अमेरिकी भूमिमा नेपाली समुदाय भित्र भएका घटना हुन् । अस्ति भर्खरै पारिवारिक बिखण्डन भएको रश्मी पनेरु र योगेन्द्र भाट्को लफडा देखि सम्बन्धबिच्छेद सम्मको घटना टिकटकमा भाइरल भएको होईन र ? योगेन्द्र भाटले आफ्नी श्रीमती रश्मीलाई पढाउन बैंकमा ऋण काढेर अमेरिका पठाएका थिए । मेरी श्रीमती रश्मी पाकिस्तानी केटा सिकेन्दरसंग लागी भनेर उनी सामाजिक संजालमा आएका थिए । त्यसपछि यो घटना १५ दिनसम्म टिकटकमा भाइरल थियो । भर्खरै योगेन्द्रले १८ लाख ससुरासँग बुझेर रश्मीलाई डिभोर्स दिएका छन् । लेख्ने हो भने युरोप, अमेरिका, जापान अष्ट्रेलिया देखि खाडी मुलुकहरूमा यस्ता पारिवारिक बिखण्डन र मानसिक रोगी भएर आत्महत्याका घटना कति छन् छन् । यो सबै विदेश जादा आएका नेपालीहरुका नयाँ समस्या हुन् ।
पछिल्लो समय युवाहरूको मोह विदेशमा के के न हुन्छ भन्ने छ । अभिभावक पनि बुझ्दै नबुझी छिमेकी, आफन्त र जोरीपारीको देखासेखीमा सन्तानलाई लाखौं खर्च गरेर बिदेश पठाउछन । यो ट्रेण्ड नै गलत छ । जसरी नेपाल बसेर सोचिन्छ विदेश त्यस्तो छैन । सुख छैन विदेशमा, विदेश भन्दा कयौं गुणा बेस छ नेपाल । जस्ले आगोमा हात हाल्छ उसलाई मात्रै थाहा हुन्छ आगोको पोलाइको डाह !
अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा र जापान वा युरोपेली मुलुक पुग्दैमा जिन्दगी बन्छ भन्ने छैन । बरु परिवार भत्किन सक्छ, मान्छे टुट्न सक्छ । सपनाहरू चकनाचुर हुन सक्छन् । सजिलो छैन विदेश । कयौं नेपालीहरु मानसिक रूपमा बिछिप्त छन् । त्यसरी मानसिक रोग लागेर फसेकाहरु धेरै विद्यार्थी छन् । बिवाह गरेर जाने नवयुवा युवती छन् । ऋण काढेर विदेश पुगेर ऋणको ब्याज तिर्न नसक्ने नेपालीका कथाहरु जहाँ पनि भेटिन्छन् । त्यसैले अरुको देखासेखीमा आफ्ना सन्तानलाई जवर्जस्ति उल्लेखित सम्पन्न मुलुकमा पठाउनु अघि अभिभावकहरुले एक पटक सोच्ने कि ?
लण्डन बेलायत
