IMG-LOGO

हामी नायक खोज्ने सोचले ग्रसित छांै

 मंगल, बैशाख १, २०८३  – आर. एल. श्रमजीवी

          हाम्रो देश र हामी आफूलाई सक्षम बनाउनु भन्दा अर्को नायक कोही होस, जस्ले फु मन्तर गरेर परिवर्तन र विकास गरोस् भन्ने सोचले ग्रसित छौँ । हामीले संविधान बनायौ कानुन निर्माण ग¥यौ तर थिति बसाउन सकेनौं । यहींनेर हामी चुक्यांै । जबसम्म विधि बनाएर सिस्टम बसाल्न सक्दैनांै यो महारोग अनन्तकालसम्म रहिरहन्छ । विश्व डिजिटल प्रविधिमा खुम्चिदा हामी मेन्युवल्ली लाइनमा छौं । संसार इमेलमा हुँदा हामी बेमेलमा छौँ । जताततै अस्तव्यस्त हुँदा हामी आफ्नो कामका लागि अझै अर्कोलाई ताक्छौ । तत्तो न छरोको तनाव लिन्छौं अरुलाई दिन्छौं अनि खुशी कहाँ हुनु ?

          पटकपटक भएका आन्दोलनमा हामीले नायक खोज्यौ । आफूलाई आफ्नै जिन्दगीको नायक बनाउन छोडेर अरुलाई नायक ठान्यौ । धेरै आशा गर्दा तिनीहरुबाटै हामी निराश भयौं । उदाहरणका रूपमा २०४६ सालको आन्दोलनमा नेपाली कांग्रेसले सर्वोच्च नेता गणेशमानसिंहलाई मान्यो । आन्तरिम सरकारको नेतृत्व कृष्णप्रसाद भट्टराईले गरे २०४८ को चुनावमा भट्टराई मदन भण्डारीबाट पराजित भए कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद  कोइराला प्रधानमन्त्री भए । कोइरालाको सरकार ३ वर्ष नपुग्दै मध्यावधि निर्वाचनमा ग¥यो । एमालेका नायक अर्थात एमाले महासचिव मदन भण्डारीको जीप दुर्घटनामा रहस्यमय हत्या भएको थियो । जो आजसम्म पनि रहस्यमय नै छ । २०५१ मा एमालेले ९ महिने शासन ग¥यो । २०५४ पुग्दा सो पार्टी फुटेर निराशा पैदा भयो देश माओवादी द्वन्दमा गइसकेको थियो । २०५८ पुग्दा नारायणहिटी राजदरबार हत्याकाण्ड राजा वीरेन्द्रको वंशनाश भयो । त्यसपछि झन् निरासा भयो । नायक खोज्ने र रोज्ने काम हुँदाहुँदै २०६२÷६३ को जन÷आन्दोलन भयो गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा अन्तरिम सरकार र तत्कालीन माओवादी लाई समेटेर अन्तरिम संसद गठन भयो । २०६४ को चुनावमा नायक खोज्दा खोज्दै प्रचण्ड प्रधानमन्त्री र डा. बाबुराम अर्थमन्त्री बने । धेरै रस्साकसी हुँदा पहिलो संविधानसभाले संविधान दिन सकेन २०७० को चुनावमा पुग्दा २०७२ मा वर्तमान संविधान बन्यो त्यसपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने । भारतको नाकाबन्दी हुँदा अडान राखेकै कारण हामीले ओलीलाई नायक बनायांै ।

          २०७४ को आम चुनावमा एमाले र माओवादीको बामगठबन्धनले झण्डै दुई तिहाइको नतिजा आयो त्यो ओली–प्रचण्ड विवादले एकता भएको कम्युनिष्ट पार्टी नै फुट्यो ०७९ पुग्दा गठबन्धन राजनीतिले वाक्क हुँदा नयाँ राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भयो । सत्ता मिलिभगतमा रास्वपा पनि सामेल भो । प्रचण्डको ३२ म्याजिक नम्बरले जादु देखाउदा पहिलो पार्टी नेपाली कांग्रेस र दोश्रो पार्टी एमाले  मिलेर दुइ तिहाइको सरकार बनाए । विपक्षीलाई आवाज दवाए सामाजिक संजाललाई रोकेको आक्रोश पोखिदा जेन्जीका नाममा विद्रोह भयो । दुई तिहाइको नेतृत्व गरेका प्रधानमन्त्री ओली हेलिकप्टर चढेर भाग्ने दिन आयो । स्थिति झण्डै संविधान खारेजीको अवस्था पुग्यो । भएको प्रतिनिधिसभा विघटन भयो । सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । २१ फागुनमा निर्वाचन तोक्दा, नेपाली जनताले नायक खोज्ने क्रम जारी राखे । गत पुसमा चुनावी मैदानका लागि रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन साह मिले । २१ फागुनको चुनावी नतिजाले बालेन साहलाई नायक सम्झेर जिताए । १३ चैतमा बालेन प्रधानमन्त्री बने ।

          बालेन एटिच्युटले उनी हाम्रा नायक हुन सक्दैनन् ।उनीबाट निमत्याउने समस्या बाहेक म त केही देख्दिन ।  हनिमुन समय १०० दिन नहुँदै यि कुरा भन्दा धेरै भने जस्तो हुन्छ । यीनले कसैलाई मान्छे गन्ने वाला छैनन् । यीनमा सामन्य सामाजिक संस्कार नि रहिन्छ भन्ने कुरा प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण समारोहमा देखियो । अग्रजलाइ कसरी सम्मान र सत्कार गर्ने, समर्थक सहकर्मी सहयोगीको कसरी इज्जत गर्ने ? कसरी सहकर्मी समर्थकहरुको राय सल्लाह सुन्ने र निस्कर्षमा पुग्ने भन्ने कुनै लोकतान्त्रिक अभ्यास यीबाट हुन्छ भन्ने म जस्ता बबुरालाई लाग्दैन ।

          अहिलेसम्मको बालेन एटिट्युड हेर्दा मलाई लाग्छ—उनी स्वतन्त्र ढंगले सोच्ने र आफ्नै निर्णयमा अघि बढ्ने प्रवृत्तिका छन् । उनी दलिय राजनीतिमा हुर्किएका नेता होइनन् । बरु एक लोकप्रिय व्यक्तित्वका रूपमा उदाएका हुन् । दल सञ्चालन गर्ने क्षमता, संगठन विस्तार गर्ने अनुभव, दीर्घकालीन राजनीतिक रणनीति बनाउने दक्षता र राजनीतिक चाख दुवै उनमा स्पष्ट रूपमा देखिँदैन् ।

          चुनावतर्फ फर्केर हेर्ने हो भने, बालेनले रविसँग सहकार्य नगरी चुनाव लडेको भए बहुमत ल्याउंदैनन् थिए । त्यस्तै, रास्वपाले पनि एक्लै त्यस्तो सफलता हाँसिल गर्ने सम्भावना कम नै थियो । यही यथार्थलाई बुझेर बालेनले रास्वपासँग सहकार्य गर्ने निर्णय लिएका थिए, जुन भावनात्मक होइन र आजसम्म छैन पनि । स्पष्ट रूपमा भन्दा त्यो उनको रणनीतिक कदम थियो ।

          अर्कोतर्फ, रास्वपामा रविको प्रभाव र पकड अझै निकै बलियो छ । पार्टीभित्रको निर्णय प्रक्रिया, दिशा र नेतृत्वमा उनको प्रभाव निर्णायक रूपमा देखिन्छ । यस्तो अवस्थामा यदि बालेनले दलसँगको समन्वयबिना एकल रूपमा अघि बढ्न खोजे भने, उनको कार्यकाल सफल हुँदैन । दुई वर्ष नबित्दै सरकार कमजोर बन्न सक्छ, सत्तापक्षभित्रै असन्तुष्टि बढ्दै गएर विपक्षी स्वर जन्मन सक्छ । त्यसैले, यी सबै यथार्थलाई गम्भीर रूपमा बुझ्दै—आफ्नो सीमा र राजनीतिक आवश्यकता पहिचान गर्दै—बालेनले अन्ततः नचाहेरै भए पनि रविको कुरा सुन्न बाध्य हुनुपर्ने देखिन्छ । यदि रविको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा वास्तवमै फिर्ता भयो भने बालेनले रविको कुरा नसुनी धर पाउंदैनन् ।

          बालेन प्रधानमन्त्री बनेपछि पहिलो कामनै सबिता भण्डारीले फत्ते गर्न नसकेको सम्पत्ति शुद्धिकरण विरुद्धको अभियोग फिर्ता लिन छोडेर उनी तत्कालीन प्रधानमन्त्री केपी ओली र रमेश लेखकलाई समात्न पठाए । बालेनलाई थाहा छ कि रविलाई चलाउँदा उनको पदीय हैसियतको मृत्यु हुनेछ । सुशासनका लागि रविको मुद्दा नहेरी उनलाई  सुखपनी छैन । जब रबिले सफाइ पाउने बित्तिकै कि त केपि ओलिले भने जस्तै म नबस्ने कुर्सी अरुलाई पनि बस्न दिन्न भनेर भाच्नुप¥यो । होइन भने बहुमतले बालेन हटाइने छन् । वा त्यही विषयमा यिनको झगडाले फेरि अर्को अनिश्चितता निम्त्याउन धेरै टाढा जानुपर्छ जस्तो लाग्दैन ।

          रास्वपाजनहरु यसपालिको भोट रवि लामिछानेलाई हेरेर आएको होइन बालेनलाई हेरेर आएको हो । जेन्जिका नाममा आएको हो । रविले त मौकामा आफ्नो ढोक्से थापेका मात्रै हुन् । बालेनलाई पनि जे भए पनि मिलेर जाउँ न त सोचले पार्टी एकता गरेको हो । पहिलेका हाइहाइ रवि अहिले चौतर्फी बालेन बालेन भन्दा आफ्नो मनलाई कसरी बुझाएका होलान् रविले । झन त्यो प्रधानमन्त्रीको कुर्सी राष्ट्रिय स्वतन्त्र पार्टीको यो झण्डै दुई तिहाईको नतिजा । उनलाई अहिले यस्तो भएको छ कि– नारायणगोपाल को गीत जस्तै ‘मुटु माथि ढुङ्गा राखी हाँस्नु प¥या छ.....’

बेलायत, लण्डन

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्