अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति मादुरो र उनकी पत्नीलाई पक्राउ गरी अमेरिकाको कब्जामा राखेका छन् । अमेरिकामा कोकिन सप्लाइ गरेको र अमेरिका विरुद्ध लडाकु तयार पारेकाले भेनेजुएला माथि आक्रमण गर्नु परेको कुरा ट्रम्पले दावी गरे पनि त्यो बहाना मात्रै थियो । भेनेजुएला माथि अमेरिककाले २० वर्ष देखि नाकाबन्दी लगाइरहेको थियो । खासमा भेनेजुएलामा रहेको अपार पेट्रोल खानी कब्जा गर्नु अमेरिकी नीति हो । सुन र युरोनियम माथि आँखा लगाएर यो आक्रमण भएको सबैले बुझेका छन् ।
सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा पोस्ट गर्दै ट्रम्पले भनेका छन्,‘ ‘संयुक्त राज्य अमेरिकाले भेनेजुएला र यसका नेता, राष्ट्रपति निकोलस मदुरो विरुद्ध ठूलो मात्रामा हमला सफलतापूर्वक गरेको छ, जसलाई उनकी श्रीमती सहित पक्राउ गरी देशबाट निकालिएको छ ।’ यसैबीच अमेरिकाले भेनेजुएलाको राजधानीमा आक्रमण गरेको छ ।
बढ्दो तनावका बीच अमेरिकाले भेनेजुएलाको राजधानीस्थित सैनिक क्षेत्रहरूमा आक्रमण गरेको हो । प्रत्यक्षदर्शीहरूका अनुसार शहरको बीचभागमा रहेको सैन्य हवाई अड्डा ‘ला कार्लोटा’ र मुख्य सैन्य अड्डा ‘फुएर्ते तिउना’मा आक्रमण गरिएको हो । यी दुवै स्थानमा भएको भनिएका धमाकाका भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । शनिबार बिहान सबेरै काराकासको आकाशमा धमाका र विमान उडेको गतिविधिबारे ट्रम्प प्रशासनका अधिकारीहरूलाई जानकारी रहेको जनाएको छ ।
यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोमाथि केही सातादेखि बढाउँदै आएको दबाबपछि देखिएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले मादुरो अमेरिकाभित्र लागूऔषध तस्करी र आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै आएका छन् । अमेरिकी अधिकारीहरूले सीबीएस न्युजलाई दिएको जानकारीअनुसार राष्ट्रपति ट्रम्पले भेनेजुएलाभित्रका सैन्य ठिकानासहित विभिन्न स्थानमा आक्रमणको आदेश दिएका छन् ।
यसैबीच भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले देशभर राष्ट्रिय आपतकाल घोषणा गरेका गरेका थिए । उनले अमेरिकी आक्रमणको कडा निन्दा गर्दै यसलाई भेनेजुएलाको तेल र खनिज स्रोतमा कब्जा जमाउने प्रयासको रूपमा व्याख्या गरेका छन् । सरकारी विज्ञप्तिमा राजधानी काराकासमा भएका आक्रमणहरूको उद्देश्य ‘भेनेजुएलाका रणनीतिक स्रोत, विशेषगरी तेल र खनिजमा नियन्त्रण जमाउनु’ र ‘देशको राजनीतिक स्वतन्त्रतालाई बलपूर्वक कमजोर पार्नु’ रहेको उल्लेख गरिएको छ ।
राष्ट्रपति मादुरोले ‘सम्पूर्ण देशमा बाह्य उथलपुथलको अवस्था’ घोषणा गर्ने आदेशमा हस्ताक्षर गर्दै त्यसलाई तुरुन्त कार्यान्वयन गर्न निर्देशन दिएका छन् । साथै, सबै राष्ट्रिय रक्षा योजनाहरू ‘उचित समय र उपयुक्त परिस्थितिमा’ लागू गर्न आदेश दिएका छन् । सन् १९८९ मा सैन्य नेता म्यानुएल नोरिएगालाई पदच्युत गर्न पानामामा आक्रमण गरेपछि अमेरिकाले ल्याटिन अमेरिकी क्षेत्रमा त्यस्तो प्रत्यक्ष हस्तक्षेप गरेको थियो । अहिले यो आक्रमणलाई लिएर विश्व दूई ध्रुर्वमा विभाजित छ ।
कांग्रेस भित्रको झगडा सिद्धान्तका लागि होइन
– पुरुस्वतम दाहाल
कांग्रेस भित्रको अन्तरविरोध (१) सिद्धान्त विचार नीति र नियमका निम्ति होइन । (२) शक्ति कसले बढी हत्याउने र हैकम जमाउने भन्ने हो (३) आफू भन्दा अगाडिकालाई कसरी लडाउने र माथिल्लो सिंढीमा तुरुन्तै उक्लने चिन्ता हो । (४) पैतीस वर्ष यता तीनचार पटक सांसद भएका, वा निरन्तर मन्त्री भएका, पार्टीको नेतृत्वमा यो वा त्यो जुनरुपमा भएपनि पुगेका, जिल्ला प्रदेश वा तहगत कुस्त फाइदा लिएका र किर्ना जस्तो ढाडियेकाहरुले बढी फाइदा लिने निकृष्ट सोचको विस्तारित हो (५) कसले टिकट बेच्न पाउने र जसरी पनि पार्टी र सरकार कब्जामा लिने सपना हो (६) कगउभच बmदष्तष्यल र कगउभच भनय ले अधिनायकवादी र अराजकतावादी तृष्णा पूरा गर्ने अभियान हो ।
(७) यसमा यो वा उ का पक्षमा हल्लिन्छ अनि झुन्डिन्छ झर्ला कि त्यो भनी सदा, वर्ष दिन वित्यो प्यारी साँढेका पछि दौडदाझ भन्दै दिन विताउने स्यालस्थानी वेल्झुण्डीहरुका उक्साहट र भ्रमको परिणाम हो । (८) अरु पार्टीमा वर्षौ वर्ष वसेर अघाउजी हसुरेर काङ्ग्रेसमा पुनः चर्न पसेकाहरुले पुरानालाई पन्छाएर कांग्रेस सिद्याउने र हालिमुहाली गर्ने नभए फुटाउने षड्यन्त्रको व्यूहको जालो हो विवाद । (९) पद अनुसारको जिम्मेवारी पूरा नगर्ने केन्द्रीय सभापति र दुईजना महामन्त्रीहरुको अकर्मण्यता, यिनीहरुको विधान विरोधी कृयाकलाप र यिनीहरुकै पक्ष विपक्षमा लम्तडी लाग्ने स्वार्थी झुन्डले छरेको घृणा, निरन्तर अग्रजहरु विरुद्ध गरिएको विषवमन र अपमान । (१०) प्राथमिकता तोक्ने सामथ्र्य र योग्यता योजनाको अभाव हुन् ।
मेरो यो भनाइ यो वा उ पक्षका वेल्झुन्डीहरुलाई अप्रिय लाग्नेछ र निकृष्ट टिप्पणी हुनेछ भन्नेमा म स्पष्ट छु । मेरा विचारमा कांग्रेस विभाजनको डिलमा पुगेको छ । कांग्रेसको आन्दोलनमा चार पाँच दशकदेखि रगत पसिना वगाएकाहरुले विभाजन रोक्न र लोकतन्त्रको मियो जोगाउन प्रभावकारी हस्तक्षेप गर्नसके मात्रै जोगिने होला । अरुले पकाएको भातखान हतार गर्ने र लगानी विनाको व्याज असुल्न पल्केकाहरुबाट कांग्रेस जोगिदैन । अन्यथा रामराम भन्दै डिलमा वस्ने हो ।
जय होस् ।
चुनावी माहोल तयार हुँदै
अस्तिसम्म लाग्थ्यो के फागुन २१ मा चुनाव हुन्छ र ? नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्की आयोगलाई बयान दिए लगत्तै चुनावी माहोल बढेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको रिहाई, सबै दलहरूले समानुपातिक बन्द सुची निर्वाचन आयोगमा बुझाउनु र दलहरुका तल्ला कमिटीले उम्मेदवार सिफारिस गर्नुले चुनाव हुने कुरा निश्चित भएको छ । विचार सिद्धान्त मिल्ने दलहरूमा ध्रुवीकरण, एकता र गठबंधन भएका समाचारले पनि निर्वाचन हुन लागेको आभाष सबैलाई भएको छ ।
जेन्जी बिद्रोह एक थान चुनावका लागि भएको थिएन तर संविधानको रक्षा र लोकतान्त्रिक अभ्यासका लागि चुनाव निश्चितरूपमा गर्नुको विकल्प थिएन । यो चुनाव अघिल्ला चुनाव भन्दा पृथक छ र नतिजा पनि अनेपेक्षा बमोजिम हुनसक्छ । यो चुनावले नेपाल र नेपालीको भविष्य निर्धारण गर्ने छ । आम मतदाता सक्रिय र सजग हुन आवश्यक छ ।
जति जति चुनावको मिति नजीक आउँछ मतदाता उति सजग हुन जरुरी छ । पैसाको खोलो र आश्वासनका पोका धेरैले दिन आउलान् । जेन्जी विद्रोहलाई मनन गरेर भोलिको नेपाल कस्तो बनाउने त्यो बारेमा बिचार प¥ुयाउन हामी सम्पूर्ण मतदातालाई हार्दिक आह्वान गर्दै यो चुनाव सोचे भन्दा शान्तिपूर्ण, धाँधलीरहित बनाउनु आजको आवश्यकता हो ।
