IMG-LOGO

फेसबुकबाट ः जाडोमा मृत्युः गरिबीका कारणले वा अवितरणमुखी नीतिले ?

 मंगल, माघ १०, २०७९  – जय प्रकाश आनन्द

 

      जाडोले मधेसका केही जिल्लाहरूमा स्कूलहरू बन्द भए । फेरी पनि बन्द हुनसक्छ। केही गरिब तथा बिपन्नहरूको मृत्यू भयो। मृतकको संख्या बढ्न पनि सक्छ । मधेसमा अप्रत्यासित रूपमा पहिलो पटक यो मौसम आएको होईन, यो अपवादको जाडो हैन। मधेसमा पहाडी क्षेत्रहरूको भन्दा भिन्न शित लहर सहितको कडा जाडो बर्षेनी भै रहन्छ। हर बर्ष जाडोको याममा मानिसहरूको मृत्यू पनि भैरहन्छ। तत्काल यस बारे चर्चा हुन्छ, फेरी कुरा सेलाएर जान्छ ।

      हरेक बर्षको जाडोमा गरिबहरू नै किन मर्छन् ? नेपालमा मात्र होईन, सीमावर्ती भारतमा पनि गरिबहरूको मृत्यु भएको सुनिन्छ। बंगलादेश, पाकिस्तान तथा दक्षिण एशियाका अन्य मुलुकहरूमा पनि। यो मुलतः प्रतिकूल मौसमको मार मानव शरीरले थाम्न नसकेको हो कि गरिबीसंग पनि यसको कुनै सम्बन्ध छ ? गत बर्ष सार्वजनिक भएको सरकारी तथ्यांक अनुसार मधेस प्रदेशको बहुआयामिक गरिबीको दर भने ४७.८९% पुगेको छ । यस बर्ष संभवतः यसमा अझ केही बृद्ध भएको हुनुपर्छ । मलाई लाग्दछ, प्रायसः हरेक बर्ष मधेसमा तथा देशमा हुने गरेको जाडोबाट भएको मृत्यु भनिएको र बढदो गरिबी बीचको सम्बन्ध खोजौ बारे विमर्श हुनु पर्दछ । यो गंभीर बिषय हो, यसका बारे गंभीरताका साथ बहस हुनुपर्छ ।

      ‘गरिबी’ र ‘अकाल’ का वारेमा नोवेल पुरूष्कारबाट सम्मानित अमर्त्य सेनले धेरै लेखेका छन् । उनको प्रसिद्ध पुस्तक उयखभचतथ बलम ाबmष्लभक मा नोवेल पुरस्कार पाएका अर्थशास्त्री अमर्त्य सेनले जर्ज वर्नाड शाँले लेखेको एक मर्मस्पर्शी प्रसंगको उद्धरण दिएका छन् । शाँ ले आफ्नो कृति म्यान एण्ड सुपरम्यान मा आयरिश अमेरिकी पात्र मेलोन (ःबयिलभ) मार्फत बडो घतलाग्दो चर्चा बढाएका छन् । पात्रको रूपमा मेलोन अप्रवासी अमेरिकी थिए । जो, आयरल्याण्डबाट अमेरिका आएका थिए । मेलोनले अर्का पात्र व्यायलेटलाई सोध्छन्–सन् द्धठ को भयानक भोकमरीमा मेरो पिता जी मर्नु परेको बारे तिमीले सुनेका थियौ ?

व्यायलेट ः अ त्यो ठूलो अकाल ?

मेलोन भन्छन ः अकाल हैन क्या, भोकमरी !

      उनि संझाउदै भन्छन् – जब कुनै देशमा प्रचूर खाद्यान्न हुन्छ । त्यस देशले निर्यात पनि गरिरहेको हुन्छ, वा त्यस देशले पर्याप्त मात्रामा अनाजको आयात समेत गरेको हुन्छ – यस्तोमा त्यहाँ अकाल त हुन्न् नि ! तै पनि मेरो पिताको भोकमरीले मृत्यु भयो। भोक कै सामना गर्न नसकेर म आफ्नो देश परित्याग गरी अमेरिका आएको हुँ बुझ्यौ ?

      यसरी मेलोनले व्यायलेटलाई भोकमरी र अकालका बीचको फरक संझाएको थियो । अमर्त्य सेन राज्य नियन्त्रित अवितरणमुखी राज्य व्यवस्थाको दोष केलाउन सक्ने खप्पिस अध्येता हुन् । यिनलाई पढेर समुन्नत मुलुकहरूले ब्यहोर्नु परेको भोकमरी, अकाल र जाडोबाट मर्नु परेकाहरूको परिस्थिति बुझ्न सकिन्छ । मानव शरीरले १०–१३ डिग्रीमा झरेको तापक्रम र चिसो शित लहरलाई थाम्न नसक्ने होईन । तरपनि मानिस मरिरहेका हुन्छन् । अहिलेको जाडोमा मधेसको सप्तरी सिरहा तिर बढी मानिस मरिरहेका छन् ।

      केही अपवाद वाहेक गर्मी र चिसो जस्ता मौसमी दुर्दान्ताले लोककल्याणकारी समाजहरूमा मानिस मर्दैनन् । जिम्मेवारी विहीन र लोक कल्याणकारी नीतिका बिरोधी राज्यमा मात्र यस्तो मृत्यूहरू हुन्छ । न भए संसारको मानचित्रमा साईवेरिया र अन्टार्कटिकाहरू प्रागःएतिहासिक काल देखि नै मानवविहीन हुन्थ्यो । जर्मनीको म्यूनिख र बेलायतको लंदन जस्ता शहरहरू हरेक बर्षको जनवरीमा चिसोले मरेका मानिसहरूको लम्पसार कब्रिस्तानमा रूपान्तरित हुनेगर्थ्यो । तर, त्यसो हुदैन ।

      काठमांडू उपत्यका र मधेसी बजारका सडक पेटीमा लगाईने हंगकंग बजारहरूमा जताततै सस्ता कपडाहरू बिक्रीमा राखिएको पाईन्छ । सय÷ढेड सय रूपियासम्ममा जीऊ छोप्ने लुगाहरू पाईन्छ । निर्वस्त्र निर्धन गरिबहरूका लागि यस्तो लुगा जीवनरक्षक हुन सक्छ । तर, सरकारद्वारा यस्ता बस्त्रहरू बितरण गरिदैन। स्वायत्त शासनको अभ्यास गर्न तम्सेर बसेका नव निर्वाचित स्थानीय प्रतिनिधिहरूको जन कल्याणकारी प्राथमिकतामा यो कार्य पर्दैन । धर्मांध समाजको गाँस पुर्याउन दशैंको मुखमा सरकारी अनुदानबाट करोडौं करोडको भेडा च्यांग्रा झिकाउने सरकार सस्तो दामको लुगाफाटो झिकाएर गरिबगुरूवाको बस्तीमा बाडदैन ।

      संसार साक्षी छ, औपनिवेशिक भारतको बंगालमा सन् द्धघ को अकाल, सन् ठघ–ठछ मा इथोपियाको अकाल, अफ्रिकी साहेल क्षेत्रको सन् ठण् को दशकको अकाल, यस्तै सन् ठद्ध मा बंगलादेशको अकालहरूमा भएको लाखौंका मृत्युहरूका लागि तत्ठाँउहरूका राज्य व्यवस्थाको जनअहितकारी, अकल्याणकारी राज्य सोच र नीति निर्माताहरू जिम्मेवार रहे । सबै सभ्य मुलुकहरू, उत्तरदायी अन्तर्राष्ट्रिय संघ संस्थाहरू, शोधकर्ताहरूले यस तथ्यलाई स्वीकारेका छन् ।

      यसका बावजूद पनि आज दशकौं पछि नेपालमा बर्षमा एक पटक फगत द्द÷द्ध सय रूपियाको कपडा लत्ता नपाएर देशको जनता मर्नु परिरहेको छ । र, हामी जाडो बढ्यो, शीत लहर बढ्यो भनेर बसेका छौं !

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्