माओ त्से तुङ्गको जीवन र कार्य आफैमा अतुलनीय छ । ४० करोड जनसंख्या भएको देशमा २८ वर्षको उमेरमा एक दर्जन साथीहरूसँग मिलेर कम्युनिस्ट पार्टीको गठन गर्नु र त्यसको ३० वर्षभित्रै सत्तामा आउनु ! यो कुनै मामुली उपलब्धि होइन । अलेक्जेन्डर, सिजर लगायतका युरोपका सम्राटहरु र नेपोलियन, विस्मार्क र लेनिन कसैले पनि माओको उपलब्धिको बराबरी गर्न सक्दैन । किनकि कुनै पनि देश चीन जत्तिको प्राचीन र विशाल थिएनन् । माओको उपलब्धिको आयतन धेरै नै अथाह छ । – जोन किङ्ग फेरबैंक (प्रख्यात अमेरिकी इतिहासकार) माओ इतिहासकै सफल सैन्य रणनीतिकारमध्ये एक मानिन्थे । उनका सैन्य रणनीतिसम्बन्धी पुस्तकहरु अझै पनि सैन्य एकेड़ेमीतिर अध्ययन गरिन्छ । उनको सैन्य प्रतिभाबेगर आधुनिक चीनको निर्माण हुन सक्दैन थियो । तर उनको सैन्य जीत चीनको विकासको क्षेत्रम गरेको योगदानको तुलनामा फिक्का नै पर्छ ।
१९५० मा चीनको औद्योगिक आधार बेल्जियमको भन्दा सानो थियो । चीनलाई लामो समयसम्म एसियाको रोगी मान्छे (क्ष्अप mबल या ब्कष्ब) भनेर मजाक उडाइन्थ्यो । तर माओको शासन सकिँदा चीन विश्वकै छैठौं विशाल औद्योगिक देश बन्न सफल भयो । सन् १९५२–७८ का बीच चीनको राष्ट्रिय आय ५ गुणाले बढ्यो । त्यस बेला राष्ट्रिय आय ६० अरब युआन बाट ३०० अरब पुग्यो। जसमा मुख्य हिस्सा औद्योगिक क्षेत्रको थियो । माओको शासनको अन्तिम दुई दसक १९५७ देखि १९७५ मा राष्ट्रिय आय प्रतिव्यक्ति आयको हिसाबले ६३% ले बढेको थियो । अरु देशको तुलना चीनको त्यस बेलाको विकासलाई दाँजेर हेर्न पनि सकिन्छ । जर्मनीमा आर्थिक विकासको दर १८८०–१९१४ का बीच ३३% प्रति दशक थियो । जापानमा १८७४–१९२९ मा यो दर ४३% थियो र सोभियत संघमा १९२५–५८ मा ५४% थियो । तर चीनमा १९५२–७२ का बीच यो दर ६४% थियो । माओको पालामा यो विकास बिना कुन अन्तर्राष्ट्रिय सहायता र वैदेशिक ऋण हासिल भएको थियो । अपवाद स्वरुप केही सीमित आर्थिक र प्राविधिक सहयोग चीनले सोभियत संघबाट प्राप्त गरेको थियो । तर त्यो आर्थिक सहायता पनि चीनले १९६६ तिर ब्याज सहित चुक्त्ता गरेको थियो ।
१९७४ तिरै चीनले जेट प्लेन, रेल, पानीजहाज, अन्तर अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र, हाइड्रोजन बम र स्याटेलाइट निर्माण गरिसकेको थियो । माओको औद्योगिक क्रान्ति बेगर देङ्ग सियोपिङ्गको आर्थिक सुधार सफल हुने थिएन। आर्थिक सुधारअन्तर्गत कम्युन भंग गरेर व्यक्तिगत खेती गर्दा उब्जनी बढेको प्रचार गरिन्छ । तर त्यसको खास कारण पनि माओको पालामा निर्माण गरिएका बाढी नियन्त्रण संरचना, बाँध, सिँचाई प्रणाली नै हो । यी संरचना बेगर यो वृद्धि सम्भव नै थिएन ।
पश्चिमले २५ वर्ष सम्म चीनलाई खाद्यान्न, वित्तीय, प्राविधिक, औषधी र कृषि उपकरण आदिमा कठोर नाकाबन्दी लगायो र विश्व समुदायबाट बहिस्करण ग¥यो । तर त्यसका बाबजुद पनि माओले चीनबाट आक्रमणकारी, डाकु र युद्ध सरदारहरुलाई धपाए, गम्भीर अपराध, लागु पदार्थको दुवर््यसन र वेश्यावृत्तिलाई उन्मुलन गरे । जनसंख्या र औसत आयुलाई दोब्बर बनाए, साक्षरता दर ८४% सम्म पु¥याए, महिलाहरुलाई दासताबाट मुक्त गरे र उनीहरुलाई शिक्षित बनाए, आर्थिक असमानता हटाए र भौतिक संरचनाको निर्माण गरे । उनले चीनलाई ऋण मुक्त्त राखे र देशलाई तीब्र गतिमा विकास गरे । र, माओले आफ्नो रोजाइमा दुईवटा क्रान्ति सुरु गरे ।
(गडफ्री रोबेर्ट्स को लेखमा आधारित)
