IMG-LOGO

प्रधानमन्त्रीले भ्रम र अविश्वास चिर्न सकेनन

 मंगल, असार ३०, २०७७  नरेन्द्रजङ्ग पिटर

दुई पाइलटले हाँकेको डबल नेकपा अहिले अत्यारिँदो घोप्टेभीरको छाँगोमा उभिएको छ । कोरोना महामारीले संसारक शक्तिशाली धेरैलाई सडकमै पछा¥यो । अर्थतन्त्र ओरालो लागिरहेको छ । किस्ता तिर्न नसकेर लिलामीका सूचनाले अब पत्रिका रंगिने भए । पेसा गुमेका छन् । प्रवासी मजदुर देश फर्किरहेका छन् । व्यवसाय ध्वस्त भएको छ । तनाव र दबाबका कारण आत्महत्या दर बढिरहेको छ । असन्तुष्टिका विद्रोही स्वर जताततै छताछुल्ल छन् । तर, यस्तो बेला न सत्ताधारी दलको फाइट टु फिनिसको झगडाल दुनियाँलाई बिनाटिकटको तमासा बन्यो । कलाकारको भूमिकामा ।।।त्याग, आदर्श र बलिदानको’ उच्च कीर्तिमान कायम गरेका नेता छन् । नेतृत्व शक्ति सञ्चयका लागि समस्या टुंग्याउनेभन्दा टुग्याउनतर्फ लागिरहेको छ । पछुवाहरू निमित्त तर्क कोरल्दै गम्भीर विषय, बहस, कार्यक्रम र एजेन्डा खारेजी अभियान राजधानीबाट प्रदेशमा प्रवेश गरिसक्यो । थाम्न नसकेपछि दुईतिहाइको गौरवता पनि बोझिला हुँदै बँुख्याच्याको टेको लिनु पर्दोरहेछ । जे छैन त्यो देखाइँदै छ, जे छ त्यो छिपाइँदै छ । हरेक पार्टीका झैझगडा कार्यकर्तालाई मात्रै नभइ आमजनताका पनि सरोकार हुन् । अझ देशका साँचो(लाल्चावाला पार्टीका समस्यामा देशक भाग्य र भविष्यसँग जोडिएको हुँदा प्रत्यक्ष सरोकार राख्छ । भ्रष्टाचार सिन्डिकेट र कोरोनाकालमा आफ्नै कर्मले सरकार नांगिइँद गयो । झन् अहिलेको झैझगडालाई कतिपयल एमाले र माओवादी एकतामा तुष खोज्दै छन भने प्रधानमन्त्री र प्रचण्डबीचको भिडन्तका रूपमा पनि लिएका छन् । मौका पाउने र नपाउनेबीचको कलह भनेर पनि अथ्र्याइँदै छ । पूर्वएमालेका कैयन् शीर्षस्थ नेतासमेत प्रधानमन्त्रीका विपक्षमा रहेकाले पहिलो र दोस्रा तर्कमा दम छैन । विचार, राजनीति, संस्कृति एक भइसकेकाले दुवैका पृष्ठभृमिका सबै हकवाला र दोष एवं गुणका हिस्सेदार बनिसके । अब एमाले र माओवादी भनेर डबल नेकपामा छिद्र खोज्नुको तुक पनि छैन । पात्र र प्रवृत्तिका रूपमा जे देखिए पनि यो बीआरआई (चीन) र एमसीसीको ( अमेरिका) भिडन्तको नेपाली संस्करण मात्रै हो । भारतको बदलिँदो विदेश नीति अमेरिकी झु क ावले क्षे त्र ीय तनाव दे ख ायो । चीन–भारतबीच लद्दाखको तनावका तार यता पनि जोडिए । स्वार्थका टकराहट र दूरगामी महत्व र सन्देश दिने लद्दाख, लिपुलेक रबीआरआई(एमसीसी आपसमा जोडिएका विषयहुन् । कसले कहाँ कसरी खेल्यो ? को कसरीप्रयोग भयो भन्दा पनि क्षेत्रीय महाशक्ति भारत रविश्व शक्तिको प्रतिस्पर्धी चीन अर्थात् दुई भिन्नचिन्तन, सानो चित्तका ठूला देशका बीचमा रहनमुलुकको नियति पार्टीभित्रका झगडाका रूपमादेखिए । आरोप चिन्तन, हैसियत र आग्रहको अभिव्यक्ति हुन्छन् तर नग्न सुन्दरताहेर्न ज्यादै गाह्रो पर्छ । कसको वैशाखी कसलटेक्ने भनिरहेको सरकारी नेकपा अहिले अंशमासकिने कि समग्रमा ! भन्ने जद्दोजेहादमा छ ।कहिलेकहीं नैतिक पुँजी, आदर्श सिर्जितनरेन्द्रजङ्ग पिटरइच्छाशक्तियुक्त एक व्यक्तिले पनि इतिहासकाधार नै फेर्न सक्छ । उम्दा सहयोगी तयार गर्छ ।तर, त्यही रहेन भने नायकत्व खलनायकमाफेरिएको पनि स्वयंले पत्तै पाउँदैन । पाटीविभाजनका परिपक्क अवस्था र कारण हुनुपछ। सिद्धान्त नमिल्दा, उद्देश्य र मार्गचित्र फरकहुँदा वा नयाँ कोर्स थालनीमा विश्वास फरक परेरएकै ठाउँमा रहने अवस्था गुम्छ ।सिद्धान्त र आदर्श रहिञ्जेलपार्टीमा संगठनात्मक चरित्र र अनुशासनरहन्छन् । त्यसमा तलमाथि पर्ने बित्तिकै पाटीफुट्नु स्वाभाविक हुन्छ । तर, नेकपाकाविवादमा दुवै पक्षबीच सिद्धान्त, कार्यनीति,मार्गचित्र र दूरगामी रणनीति कुनै फरक छैन ।सबै विषयको विगतमा सबै मतियार बनेका हुनभने अहिले त्यसको पश्चात्ताप पनि दुवै समूहमादेखिँदैन । आधारभूत चरित्र एउटै भएपछिटे«डमार्कका रूपमा रहेको पार्टीमा आन्दोलनलाइनयाँ दिशा दिने हैसियत पनि खस्कन्छ । तबझैझगडा राजनीतिक विषयभन्दा प्राविधिकविषयमै केन्द्रित हुन्छन् ।प्रश्न शक्तिसँगै हुन्छ । मूलदायित्व पनि मूल नेतृत्वसँगै भएकाले पाटीअध्यक्ष तथा प्रधानमन्त्रीले भ्रम र अविश्वासपैदा हुने अवस्था छिमोल्न सकेनन् ।१. विश्वास गुम्नु नै भ्रम,आशंका र आग्रहका कारण बने । अमेरिका रभारतलाई पछ् य ाएको को र ो न ा सं क टसमाधानका उपाय जनतालाई त्राहीमाम बन्यो,भ्रष्टाचारीलाई मौका । अमेरिका र भारतीयअभ्यास पछ्याउँदै भएका योजनारहित लकडाउनले गलत समयमा भएको सही निर्णयको हविगत सडकमा देखिए । यसैबेला सांसद ।।।अपहरण’ भयो । अध्यादेश आउनुपर्ने र खारेज हुनुपर्ने कारण न संसद्ले जानकारी पाया न देशले । पुराना बहस, छलफल, आशंका र आरोप बहसमा आएनन् । प्रतिपक्ष मौन भयो, पार्टी तैं चुप मै चुप । सिंहदरबार बालुवाटारमा केन्द्रित सत्ता शक्तिकेन्द्रीकरण हुँदै संवैधानिकअंग खुम्चिँदै गए । शक्ति पृथकीकरणको चेकएन्ड ब्यालेन्स आदर्श बकपत्रमा सीमित भए ।दर्जनौं विधेयक कार्यसूचीमा हुँदाहुँदै राजनीतिकदललाई जानकारीसम्म नदिई संसद् अधिवेशनअन्त्य गराइयो । संसदीय व्यवस्थाविरोधीलनभई स्वयं क्याबिनेट मन्त्रीले संसद्लाइ।।।रत्यौली अखडा’ भनिदिइन् ।२. कर्पो  र े ट र राजनीतिअन्तरघुलनपछि वैधानिक भ्रष्टाचारले कानुनीआधार पायो । समाजवादउन्मुख पार्टी र सरकारभने पनि क्लेप्टोक्रेसीको (भ्रष्टतन्त्र) रजगजभयो । बिनाघुष खुवाएर कुनै पनि काम फत्तहोला भन्ने विश्वास गुम्दै गयो ।३. संकटले समाधान लिएरआएको मात्रै हुँदैन, त्यसलाई हल गर्ने नयामार्गचित्र साथै ल्याएको हुन्छ । तर, त्यसलाइपहिल्याउने र योजनामा फेर्ने नेतृत्व हुनुपर्छ ।सपना देखाउँदै नयाँ ऊर्जा भर्ने नयाँ नेतृत्वसंकटकै बीचमा जन्मिँदै जोखिमले मूर्तरूप पनिलिन सक्छ । तर कोरना महामारीमै संसारभरउग्र दक्षिण ढल्को नेतृत्व मैमत्त हुँदै छ ।प्रधानमन्त्री पनि त्यही पुरानो अन्धराष्ट्रवादीकार्ड प्रयोग गरेर नयाँ संकटमोचन योजनामाछन् । एउटै नदी दोस्रोपटक पनि तर्न सकिँदैनपानी त बगिसकेको हुन्छ ।४. विगतको भूल सच्याउँदै नयानक्सा जारी गर्नु स्तुत्य पक्ष हो । तर, त्यसपछिगम्भीर कूटनीतिक प्रयासलाई हल्का, ठट्टा वाआक्रोसमा व्यक्त गर्दा नक्सा हाम्रो हातमा जग्गाअर्काका हातमा रहने अवस्था आउन सक्छ ।युद्धको रूप लिनै खोजेको गलवान भिडन्तअहिले गम्भीर कूटनीतिक प्रयासले समाधानखोज्दै छ, त्यसबाट नेपालले सिक्नुपर्छ ।५. प्रधामन्त्री व्यक्ति मात्रै नभइसंस्था हो । तर दबाब र तनावमा किचिएपछिनक्कली शत्रु खोज्दै छायाँदेखि तर्सिन थालेरकाल्पनिक विम्ब खडा गरिँदै छ । ।।।विदेशीलसरकार ढाल्न खोज्यो’ ।।।राष्ट्रपति महाभियोग’प्रसंग आए । तर आफ्ना वरिपरिकाको घोरअपराध र भ्रष्टाचारसम्बन्धी उठेका विषयकाप्रतिरक्षा भयो । प्राविधिक र स्वास्थ्यसम्बन्धीविषयमा प्रशिक्षण नै दिन खोजियो । होलीवाइनप्रकरण सामान्य विषय थिएन ।प्रधानमन्त्री होटल सर्नु घबराहटर बेचैन लक्षण त्यही बेला देखिए । प्रधानमन्त्रीखुद गल्ती गरिरहेछन्, गर्दै जाऊन त्यो अझबढोस् भन्ने विपक्षी चाहन्थे । आफ्नो छविबचाउन अर्काको छवि ध्वस्त गराउने रणनीतिलिइयो । अवस्था सम्हालिएन्, आतंकितपारेपछि बालुवाटार शीतल निवासको म्याराथुनचले । मन्त्रीहरूलाई भय र प्रलोभनले समर्थनलिने कोसिस भए । देशको प्रमुख कार्यकारीनिवास पार्टी कार्यालयमा फेरिनु र राष्ट्रपतिलाइप्रत्यक्ष पार्टी गुटमा तानिनु त मर्यादितराजनीतिमा दाग लगाउनु नै हुन्थ्यो ।अन्त्यमा राम्र ा े काम तसरकारको दायित्वमै पर्छ । तरिका गलतभएपछि परिणाम पनि राम्रो निस्कन्न । भोको पेट,अपमानित स्वाभिमान, अनिश्चित भविश्य,टुटेका सपना, ध्वस्त भएका व्यवसायीनेतृत्वका रत्यौली देख्दा जनमानसमा निराशबढेर आक्रोश उत्पन्न भएको छ ।पार्टीमा राजनीतिक संस्कृतिनदेखिएपछि परिवर्तनका नारा आत्महत्या गदगुट, फुट, झुट र लुट नै पार्टीको परिचय रसंस्कृति बन्छ । गम्भीर विषय ओझेल पदसमस्या सैद्धान्तिक, वैचारिक र सांस्कृतिकभएर बहसमा प्र व े श ै पाउँ द ै न न् वा खारे ज ीमापर्छ न ् । गलत नियतले उमारिएका निमित्ततर्क ल े कु ण् ठा मात्र जाहे र गर्छ । त्यस्ताकु ण् ठाले प्र  ितशो ध जन्माउँ छ । प्र  ितशो ध नजब उद्दे श् य हु न् छ त्यसले विध्वं स निम्त्याउँ छ नै । सिद्धान्त, विधि र पद्धतिको मान्यताअवलम्बन नगर्दा ने क पा ध्वस्त अवस्थामापु ग े क ो हो । यो भिडन्तमा दे श ले ठू ल ो मू ल् य चु क ाउन पर्ने  छ । अंशमा सकिने कि समग्रमा ध्वस्त हुने भनेर भुमरीमा फसेको जहाज कसरी निकाल्ने भन्ने विश्वासिलो यो ज ना क्याप्टेनहरूसँग देखिँदैन । यो खुसीको समयनभई जाग्राम बस्ने समय हो । कोरोनापछिका अर्थतन्त्र, बेरोजगारी हटाउने र लिपुलेकभारतीय अतिक्रमणको गम्भीर कूटनीतिक सक्रियता कसरी गर्ने चुनौती हुन् । नेतृत्वमा इख नभई सर्वश्व गुम्नुभन्दा अंश गुम्न त राम्रो भन्न सोच पलाउनुपथ्र्यो । तर सामन्ती अहंकारी संस्कृतिले टुट्न दिन्छ, झुक्न वा समझदारीमा पुग्न दिँदैन । पराइसँग जति लम्पसार परे पनि जोडीदारसँग भने ऊ ऐंठिन्छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्