मिश्रका राजज्योतिष हुसे फिरात ताराका गति, दिशा र प्रभाव अध्ययन गर्दैगर्दा एक्कासि गहिरो इनारमा खसेछन् । उद्दारकालागी गुहार लगाइरहेका बृद्दमनिसीलाई एकाबिहानै पानी लिन गएकी पँधेर्नी देखेर डोरीको सहायताले इनारबाट निकालेपछि ज्योतिषले भनेछन् । म फÞराओ अखÞनातेनको त्रिकालदर्शी राजज्योतिषी हुँ । युद्धमा जाँदा वा शुभकार्य गर्दा हरेकचोटि फराओले मैसँग मुहूर्त निकालेर शुभकार्य थालनी गर्छन । तिमीले मेरो उद्धार गरेउ, भन ..तिमीलाई के दिँउ ? पँधेर्नीः तिमी को हौ ? के गर्छौ त्यो त मलाई थाहा छैन तर एक पाइला सामुन्नेको इनार नदेख्नेले अरुको के भविष्यवाणी गर्न सकौला ? के दिन सकौला ? भन्ने लाग्छ । पहिला आपूm सामने ठम्याउ, अनि मात्र अर्काको भविष्य भन !
तिनै त्रिकालदर्शी ज्योतिष झैँ सामनेको चुनौति र संवाभनाको आँकलन गर्न सर्वज्ञता अहंकारग्रस्त कम्युनिष्टलाई दिएन । पूर्वानुमान ध्वस्त भए । पार्टी फुटे, कमरेड सत्रु बने, गाली शास्त्रका महाकाब्य बने, जग हसाई भयो, मलाई नभए तँलाई पनि ध्वस्त गर्दिन्छु भनेर वर्ग सङ्घर्षको हाँक लगाउन थाले । पशुपति र रामजी गुर्हान थालियो । सबैकुरा कम्युनिष्टकै नाममा हुन थाल्यौ । स्थानीय चुनावले भने सबैको औकात र अहंकार ह्वागह्वाग्ती र छं्याग छ्याग्ती देखाइदियो । अझ अहंकार तुष्टिकरण खेलले आपूm नांगिएर अरुको बेइज्जत गर्ने कमरेडहरू नै सर्वाङ्ग भए । लाज छोप्न अन्तरघात वा धाँदलीका नयाँ तर्क कोरल्न थालियो । सबैले आ–आफ्ना हित अनुसारका तर्क उमार्छु । तर, तर्क र नियति परिणाममा आएर ठोक्किने बित्तिकै सत्यको सामना गर्नुपर्ने हुन्छ ।
सङ्घर्षले नै समाजको ठूलो मान्छे, आन्दोलनको प्रतीक, व्यक्तिबाट व्यक्तित्व, क्रान्तिकारी महानायकको पनि सौन्दर्यकरण गर्छ । अवसर नपाइन्जेल बनेका महानता र आदर्श मौका पाउने बित्तिकै पानीका फोका, समुद्रका लहरजस्तै बिलाउँछन् । इतिहासले खलपात्रको रूपमा सम्झन पुग्छ । अझ सबभन्दा छिटो बजारको लिलामीमा बुद्धिजीवी चढ्छन् । त्यसैले शक्तिले कज्याउँछ । आन्दोलनले व्यक्तिको व्यक्तित्व बनाइदिएर बिक्ने हैसियतको बनाइदिन्छ । बजारसँग किन्ने र वेच्ने ठूलो शक्ति हुन्छ ।
अंहकार ध्वस्त हुँन स्वीकार्छ तर झुक्न सक्दैन । पराईसँग जति लम्पसार परेपनि आफन्तसँग लचक हुँदैन । भक्तजनको घेरामा रहेपछि संसार आफ्नै इसारामा चल्छ भन्ने भ्रम हुन्छ । रक्सि भन्दा सत्ताको नशा भयंकर हुन्छ, गद्दीबाट नउत्रेसम्म नशा टुट्दैनन् । भुँइका मान्छेहरू सिंगमरमर हिडन थालेपछि भने औकात बिर्सिएर चिप्लन्छन् । कमरेडहरूलाई आँउने संसदीय चुनावको संकेत र सन्देश स्थानीय चुनावी रुझानले दियो ।
कम्युनिष्टहरू चर्चा र बहस गर्दा अन्तरिक्ष, सूर्यमण्डल, इतिहासको द्धन्दवादी व्याख्या, समाजशास्त्र र जीवविज्ञानको मानवदेखी मनेरासम्म, राजनीतिक अर्थशास्त्रका हरेक आयाम, दर्शन, राजनीति व्याख्या विश्लेषण त गर्छन तर सामुन्नेका न संवाभनाको आँकलन गर्छन न चुनौतीको लेखाजोखा । आदेशले समाज परिवर्तन हुन्छ भन्ने मान्यता राखेर मतदाता पनि हुकुमका दाश सोच्न पुग्छन् । राजनीतिसँगै राजनीतिक संस्कृति नजोडिएपछि नेता मालिक र कार्यकर्ता पछुवा बनेर सङ्गठनले व्यवसायिक चरित्रसम्म धान्न सक्दैन । तव संगठनको चालक शक्ति सिद्धान्त नभै स्वार्थ हुन्छ, स्वार्थले हैसियत कब्जा गरेर आर्थिक लाभमा पहुँच पु¥याउनु हो । सबै किसिमको आर्थिक क्षेत्रको केन्द्र राजनीतिक सत्ता भएकाले नेतृत्वको चाकरी गरेर पदको सुरक्षा गर्ने जीवन लक्ष बनाएका हुन्छन । आलोचनात्मक चेत नेता कार्यकर्तामा हराएर निर्देशनले मत पाउने अपेक्षा गरिन्छ । तर मतदाता हुकुमले चल्दैनन् ।
अहिले फेरी चुनावले निर्मम समीक्षा गर्ने आदेश कम्युनिष्टहरूलाई दियो । तर, अहङ्कारले चेतनालाई विषालु बनाइदिएकाले ऐना र्हेनसक्ने हिम्मत भने उनीहरु राख्दैनन । सिद्दान्तको राजनीति हितअनुसार व्याख्या हुँनथालेपछि सुविधाअनुसार मित्र र सहयात्री छान्ने छुट भयो । आफन्त जारभन्दा टाढाका पराईमा फेरिए । सैद्दान्तिक, राजनीतिक र व्यवहारिक पराईलाई आफन्त मानियो । त्यसले गठ त भए तर बन्धनमा बाध्ने नैतिक साँंग्लो भने भएन । आन्दोलन गर्न जान्ने तर सत्तामा पुग्ने बित्तिकै या त माहाभ्रष्ट बन्ने या अहङ्कारले आफ्नै सिद्दान्तको धरहरा ध्वस्त भएको ख्यालै नगर्ने अवस्थामा पु¥यायो ।
सिद्दान्तहिन दुईखाले गठबन्धन वामपन्थीले नै कम्युनिष्ट हराउने लक्षकासाथ तयार भए । आवेग र आक्रोस बढाईएयो । त्यो योजनाको एउटा हिस्सा थियो । कम्युनिष्ट पार्टी फुटनु र अझ चुनावमा गठबन्धन समेत नहुँनु संयोग मात्रै थिएन । यसैपनि सिद्दान्तहिन अभ्यास गर्दै रहेका नेपाली कम्युनिष्टहरू इतिहासका उत्तराधिकारी हैनन् ट्ेडमार्कका दावेदार मात्रै हुन । उनको वर्ग र सोचप्रति ठाढाको पनि साइनो छैन । त्यसको छनक आर्थिक नीति र सास्कृतिक अभ्यासमा देखिन्छ । अझ चुनावमा नागिंयो ।
यो प्राविधिक कमजोरी र अज्ञानताको उपज मात्रै थिएन, सैद्धान्तिक विचलनले पैदा गर्ने अर्को रूप हो । संगठन व्यापारीलाई, राजनीति गुण्डालाई बुझाउने र ट्रेडमार्किया बनेको पार्टीलाई कार्यकर्ताबाट जिन्दावाद र मुर्दावाद भनाउने हुकुम जनताले पत्याएनन् । कार्यकर्ताले विश्वास गरेनन् । नेतृत्वको रुखो बोली, मूढेतर्क र जिद्दी स्वभावले जनतामात्रै हैन कार्यकर्तासमेत वाक्कदिक्क बनेका थिए । निरासाको उदाहरण मतदान प्रतिसत र स्वतन्त्र उमेदवारको उपस्थिति हो ।
राजनीति व्यवसाय बनेकाले कांग्रेस र कम्युनिष्ट छुटिन सकेनन् भने दलबदल सहज र सरल बन्यो । दलबदलसंगै राजनीतिक व्यबसायीले इतिहासलाई भूल्न थाले तर इतिहासले भने उनलाई भूलेन । चुनावसम्म पुग्दा तर्क र आवेगले खडा गरेका अहंकारी भ्रमित सिसाका पर्दा तितो यर्थात सामू झ¥यामझुरम्म् भए ।
चुनावसंगै मान्छेको स्तर पनि छताछुल्ल भयो । संगत र बसाइ फेरिएसंगै मान्छेका सोच र सपनालाई पनि असर पार्छ । परिस्थिति र मनस्थितिले सपनाका क्षेत्रफल फैलिन्छन् वा साघुँरीन्छन् । सुन्दरता, सत्य, विश्वास, मान्यता परिमार्जन वा खुम्चने गर्छन् । आग्रह, कुण्ठा, प्रतिकृया, गाली, औकात, धैर्य, घृणा, लासला, चाकरी, गुलामी, वौद्दिकता, मुर्खता, निष्पक्षता, पक्षधारिता, पाखण्ड, राजनीति व्यवसाय, क्षमता सबै ह्वाङह्वङती र छयाङछयाङती ।
आखिर यति कम मतदान कसरी भयो ? देशमै ६५ प्रतिशत र सवभन्दा शिक्षित भनिएको राजधानीमा भएको ५२ प्रतिसत मतदानले दिने सन्देश के हो ? ठूलादलका सामने भर्खर चर्चामा आएका नवप्रत्यासीले दिएको चुनौतिलाई के मान्ने ? एकातर्फ मतदाता निरास अर्कातर्फ चुनावी बजारको गर्मी र महंगो चुनावले के सन्देश दिन्छ ? भोको पेट, अपमानित स्वभिमान, अनिश्चित भविष्य, टुटेका सपना, ध्वस्तभएका व्यवसायीले जव राजनीतिक पार्टी र नेताका तामझाम र नाटक देख्छन् औधी आक्रोसित जनमतले या त मतदाननै गर्दैन या त नानीमैँयालाई मतदान गर्छ । अझ त्यो आक्रोस सडकमा पोखिएमा सत्ताका डन्डा त्यान्द्रो बराबर हुन्छन् । सम्मान बचाउन पनि ज्ञानिजन गौरवतालाई घृणा उम्रिने मौका दिँदैनन् । अहङ्कारले सत्यको सामना गर्न सक्दैन भने लालदाशहरु शक्तिसंग राय बजाउन सक्दैनन् । संकेतले चेत्ने मान्छे हुन्छ भने परिणामले पछुतो मान्ने त पशु हुन्छ ।
