धुलिखेल नगरपालिकाले नगरको शैक्षिक पहुँच विस्तारको लागि १ करोड २२ लाख बजेट विनियोजन गरेको छ । भौतिक विस्तार, शैक्षिक पहँुच र गुणस्तर सुधारको लागि सो रकम खर्च गरिने शिक्षा शाखा प्रमुख एवं उप सचिव माधव प्रसाद शर्माले बताउनु भयो । नगरको शैक्षिक गुणस्तर वृद्धि गर्न उपलब्धी मुलक बनाउन नगर नमुना विद्यालय छनौट कार्यक्रम अघि सारेको छ । शैक्षिक उपलब्धी, भौतिक पूर्वाधार सुविधा आर्थिक पारदर्शीता र सुशासन अग्रगामी नीति तथा कार्यक्रमका आधारमा नमुना विद्यालय छनौट गरेको छ । आर्थिक बर्ष २०७६ ÷ ०७७ मा सेतिदेवी मा.वि. धुलिखेल वडा नं २, सरस्वती मा.वि. धुलिखेल –८ वडालगाउँ र कालिदेवी मा.वि वडा नं ११ पात्लेखेत नमुना विद्यालय छनोटमा परेको छ । आगामी बर्ष ६ वटा विद्यालय नमुना नगर विद्यालय छनौट गरीने कुरा शाखा अधिकृत भोजकुमार ठकुरीले बताउनु भयो । छनौट भएका विद्यालयले प्रोत्साहित बापत ३ लाख रकम प्राप्त गर्ने छन् । नगरमा सामुदायिक विद्यालय ३१, संस्थागत ११, सामुदायिक तर्फ मा.वि. ११ छन् । सामुदायिक विद्यालयमा ४ हजार ४ सय र संस्थागत विद्यालयमा ३ हजार १ सय विद्यार्थीहरु अध्यनरत छन् । त्यस्तै प्राथमिक विद्यालयमा १ सय ८०, निम्न माध्यामिक विद्यालयमा ५३, माध्यमिक तर्फ ४८ र उच्च माध्यामिकमा १६ शिक्षक कार्यरत छन् । प्र्रा.वि. राहतमा ३२, नि.मा.वि.मा ३१ रहेका छन् । बाल विकास केन्द्रको सहयोग कार्यक्रममा ३७ शिक्षक कार्यरत छन् । उक्त शिक्षकलाई सरकारले दिएकोमा नगरले थप एक हजार प्रोत्साहन स्वरुप रकम प्रदान गर्दै आएको शिक्षा शाखा धुलिखेलले जनाएको छ । राहत वाहेक २ सय ९७ शिक्षक धुलिखेल नगरमा कार्यरत छन् । प्रा.वि., नि.मा.वि. र मा.वि.मा गरी ७९ राहत शिक्षक कार्यरत छन् । धुलिखेल नगरबाट ८१ दरबन्दी काटिन्छ । नि.मा.वि.मा विषयगत शिक्षक पदपूर्ति गर्दा ३४ थप गरिन्छ । ४७ जना शिक्षक दरबन्दी काटी बाहिर पठाउनु पर्ने हुन्छ । शिक्षा विभागले २०७७ कार्तिक मसान्त भित्र दरबन्दी मिलान गरी सक्न परिपत्र गरेको छ । दरबन्दी मिलान गरी बाँकी रहेका शिक्षकहरु काभ्रेको डाँडापारी क्षेत्र महाभारत र खानीखोला गाउँपालिका सामुदायिक विद्यालयमा विद्यार्थी अध्यापन गराउन जानु पर्ने हु्न्छ । राष्ट्रिय मपदण्ड अनुरुप भएको खाली, राहत परियोजना र अस्थायीबाट शिक्षक छनौट गरी बढी भएकालाई अन्य गाउँ पालिकामा पठानु पर्ने छ ।
स्नातक अध्ययन गर्नेलाई निःशुल्क शिक्षा
धुलिखेल क्याम्पस र सञ्जीवनी कलेजमा स्नातक अध्ययन गर्ने छात्रछात्राहरुले निःशुल्क पढ्न पाउने भएका छन् । धुलिखेल नगर भित्रका लागि सत प्रतिशत छुट र बाहिरबाट आएका विद्यार्थीहरुलाई ५० प्रतिशत छुटको प्रवन्ध गरेको छ । निःशुल्क शिक्षाको लागि धुलिखेल नगरपालिकाले २२ लाख बजेट विनियोजीत गरेको छ ।
