IMG-LOGO

मिना बनिन कांग्रेसको पहिलो गाउँपालिका अध्यक्ष

 मंगल, जेठ ३, २०७९  ---

 

      सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकी मिना कार्की १ हजार २ सय ६० मत ल्याएर विजयी भएकी छिन् । उपाध्यक्षमा पनि कांग्रेसकै ङवाङल्हाक्पा शेर्पाले १ हजार ४ सय ११ मत ल्याएर विजयी भएका हुन । उनको निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार डम्बर बस्नेतले १ हजार १ सय १३ मत र उपाध्यक्षको उम्मेदवार प्रमिला बस्नेत कार्कीले ८ सय ६७ मत ल्याएकी छिन् ।

      अहिले सम्म गणना गरिएको पालिकामध्ये कांग्रेसका मिना पहिलो गाउँपालिका अध्यक्ष हुन । सोलुखुम्बुको महाँकुलुङ गाउँपालिका वडा नं ४ मा नेकपा एमालेकी उम्मेदवार सरस्वती कुलुङ विजयी भएकी छन् । उनी सोलुखुम्बुको पहिलो महिला वडा अध्यक्ष हुन् । ९सय ४ मत खसेको वडामा ३ सय १८ मत प्राप्त गरी कुलुङ विजयी भएको कुरा निर्वाच्न अधिकृच टेकनाथ अधिकारीले बताए । निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवारले २ सय ७ मत प्राप्त गरे भने माआवादी केन्द्रका उम्मेदवारले २ सय ७४ मत प्राप्त गरे ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्