सस्तो मुल्यमा अमेरिकी डलर सटही गरी दिन्छु भनि ठगी गर्ने गिरोह पक्राउू
घट्नाको विवरण स्
जिल्ला नुवाकोट साबिक गाँउखर्क गा।बि।स। वडा नं। ०८ को हाल परिवर्तित ऐ। जिल्ला दुप्चेश्वर गाँउपालिका वडा नं। ०२ को कुटुमसाङ बस्ने पेन्जोम शेर्पालाई मिति २०७७र०३र२० गतेको दिन अपरिचित व्यक्तिले फोन सम्पर्क गरी अमेरिकी डलर १७,०००।( भेटाएको र सस्तो मुल्यमा दिने भनि पीडितलाई पटक पटक फोन सम्पर्क गरि बिभिन्न किसिमको प्रलोभन देखाई मोल मोलाई गरेकोमा मिति २०७७र०४र१२ गते दिउँसो अन्दाजी १२स्०० बजेको समयमा का।प।जि। पाँचखाल न।पा। वडा नं। ४ को लामीडाँडा भन्ने स्थानमा पीडितलाई नुवाकोटबाट बोलाई भेट गरी तत्काल रु। १०,०००००।–९दश लाख ० मात्र दिई बाँकी पैसा पछि दिने भनि रुमालमा बाँधिएको अमेरिकी डलर भनिएको पोको दिई तत्काल पोको नखोल्नुस् अरुले देख्यौ वा प्रहरीले थाहा पाएमा तपाई र हामीलाई अप्ठ्यारो पर्छ भनि पिडितलाई अल्मल्याई पीडितसँग भएको रु। १०,०००००।–९दश लाख ० लिई फरार भएको र उक्त डलर भनि दिएको रुमाल खोली हेर्दा सो रुमाल भित्र काटिएको कागजको बिटा मात्र रहेको भन्ने व्यहोराको निवेदन प्राप्त भएको ।
घट्ना सम्बन्धमा यस कार्यालयबाट प्रहरी अधिकृत सहितको टोली खटिई अनुसन्धान भईहरेकोमा मिति २०७७।०६।१८ गते पिडितसंगको समन्वयमा प्रतिवादी मध्येका १ जना व्यक्तिलाई काभ्रेपलाञ्चोक जिल्ला बनेपा न।पा। वडा नं। ०४ स्थितमा फेला पारी कानुन बमोजिम पक्राउ गरिएको, घट्नामा संलग्न अर्का १ जना काठमाण्डौ बुढानिलकण्ठबाट तथा अन्य २ जना व्यक्तिहरु सिन्धुपाल्चोक जिल्लाबाट कानुन बमोजिम पक्राउ गरी ूमुलुकी अपराध संहिता, २०७४ू को ठगी सम्बन्धी कसुरमा आजै सम्मानित अदालतमा पेश गरी म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको व्यहोरा जानकारी गराईन्छ ।
उक्त गिरोहबाट यस जिल्ला, काठमाण्डौ उपत्यका लगायत अन्य जिल्लाहरु समेतमा अनेकौ यस्ता किसिमका घट्नाहरु घटाई फरार रहेको भनि प्रारम्भिक रुपमा खुल्न आएको हुँदा यस्ता प्रकृतिका घट्नाहरुका पीडितहरुलाई यस कार्यालमा सम्पर्क राख्न हुन समेत अनुरोध गरिन्छ ।
पक्राउ अभियुक्तहरु स्(
१) जिल्ला सिन्धुपाल्चोक साबिक गढी गा।बि।स। वडा नं। ४ हाल परिवर्तित ऐ। जिल्ला बाह्रबिसे नगर पालिका वडा नं। ५ बस्ने कृष्ण तामाङको नाति कुल बहादुर तामाङको छोरा बर्ष ३८ को श्रीखण्ड तामाङ ९ मिति २०७७।०६।१८ गते काभ्रेपलाञ्चोक जिल्ला बनेपा न।पा। वडा नं। ०८ स्थितबाट पक्राउ गरीएको ० ।
२) जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं। ५ स्थायी वतन भई हाल काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगगरपालिका वडा नं। २ मा डेराकोठा गरि बस्ने हर्क तामाङ ९ मिति २०७७।०७।१८ गते का।जि। बुढानिलकण्ठ न।पा। वडा न। ०२ स्थित डेराकोठाबाट पक्राउ गरीएको ० ।
३) जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं। ५ बस्ने वर्ष अं। ४७ को चैते भन्ने बुद्धि बहादुर तामाङ ९ मिति २०७७।०६।१९ गते सि।पा।जि। चौतारा साँगाचोक गढी न।पा।१० स्थित साँगा चोकबाट पक्राउ गरिएको ० ।
४) जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नं। ५ बस्ने वर्ष अं। ६० को गोबिन्द तामाङ ९ मिति २०७७।०६।१९ गते सि।पा।जि। चौतारा साँगाचोक गढी न।पा। ५ स्थित भिरकुनाबाट पक्राउ गरिएको ० ।
