IMG-LOGO

भ्रष्टाचारीलाई पत्तासाफ गर्नुपर्छ ः– राप्रपा अध्यक्ष लिङदेन

 मंगल, बैशाख २७, २०७९  ---

 

      राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारीको पत्तासाफ बनाउनका लागि भएपनि हलो चिन्हमा छाप लगाइ राप्रपालाई जिताउनु पर्ने बताउनु भएको छ । शुक्रबार राप्रपा काभ्रेले लायकु राजमञ्चमा आयोजना गरेको वृहत्त आमसभालाई सम्बोधन  गर्दै लिङ्देनले आगामीे निर्वाचनमा राप्रपाका उम्मेदवारहरूलाई जिताएमा भ्रष्टाचारीको पत्तासाफ हुने दावी गर्नुभयो । कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूलाई मतदाताले सबक सिकाउनुपर्ने भन्दै उहाँले उनीहरूको ढ्वाङ खाली बनाएर पठाएमा मात्रै नेताहरु सच्चिने उल्लेख गर्नुभयो ।

       कार्यक्रममा राप्रपा पूर्व केन्द्रीय सदस्य उदयसिं मुस्याजु, केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाही, महामन्त्री भुवन पाठक, बनेपा नगरपालिका मेयरपदका उम्मेदवार रेमण्ड कर्माचार्य, युवा समाजसेवी लक्ष्मण कर्माचार्य लगायत नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । राप्रपा काभ्रेका कार्यवहाक अध्यक्ष गणेशलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्षेत्रीय अध्यक्ष भवनाथ दाहालले स्वागत मन्तव्य राख्नु भएको थियो । राप्रपा काभ्रेका संस्थापक नेता स्व. गोपालसिं मुस्याजुको सम्झनामा मौन धारण समेत गरिएको कार्यक्रमको सञ्चालन जानुका खदालले गर्नुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्