विश्व पशुपन्छि दिवसको अवसरमा पनौती नगरपालिका कृषि तथा पशुपन्छि शाखाले विभिन्न जनचेतना मूलक कार्यक्रमहरू सञ्चाल गर्दै मनाएको छ । पशुपन्छि प्रतिको उचित सम्मान, मानव सभ्यताको पहिचान भन्ने नाराका साथ आइतबार दिवस मनाइयको शाखा प्रमुख मनि प्रशाद सापकोटाले जानकारी दिनु भयो । यसै गरी १४ औँ विश्व रेविज दिवसको अवसरमा पनौती नगरपालिका कृषि ताथ पशुपन्छि शाखाको आयोजनामा रेविज रोग विरुद्धको खोप लगाउने कार्यक्रम समेत समापन भएको छ ।
