विशुद्ध योग प्रशिक्षण केन्द्र बनेपाको आयोजनामा ३० औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा विहिवार बादे बगैँचामा टोलका सम्पूर्ण जेष्ठ नागरिकहरूलाई सम्मान गरियो । उक्त कार्यक्रममा प्रमुख अतिथि बनेपा नगरपालिका वडा नं ९ का अध्यक्ष शेर वहादुर सुवाल, विशेष अतिथि हसंदा योग आश्रमका जेष्ठ स्वामी सत्यानन्द, अतिथि जिल्ला महिला संघका अध्यक्ष सुभलक्ष्मी मानन्धर समाजसेवी अधिबक्ता कृष्ण प्यारी नकर्मी, गुरु प्राणमुर्ती लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता सुश्री माया बादेले गर्नु भएको थियो भने सञ्चालन मंगल माया बादेले गर्नु भएको थियो । उक्त कार्यक्रममा बृद्धहरूको स्वास्थ परीक्षण लगायत कोरोना सम्वन्धि जनचेतना जगाई माक्स वितरण समेत गरिएको थियो ।
