IMG-LOGO

कपडा तथा सिलाई व्यवसायी संघको नेतृत्वमा गायत्री

 मंगल, असोज २०, २०७७  --

    नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काभ्रे अन्तरगत पनौती नगर समितिको भेलाले गायत्री महाजुको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ ।उपाध्यक्ष ललिता न्यौपाने, सचिव शिव नेपाली, सहसचिव नानुमाया श्रोष्ठ, कोषाध्यक्ष सुनिल श्रेष्ठ र सदस्यहरूमा भुवन नेपाली, सुमन सुन्दास, राजकुमार नेपाली, दिपेन्द्र परियार र रामशरण नेपाली रहेका छन् । सल्लाहकारमा सानुकाजी र सुदर्शन रहेका छन् । संघद्वारा आयोजना गरेको उक्त नगर भेला कार्यक्रममा प्रमुख अतिथि महासंघ अध्यक्ष रामकृष्ण श्रेष्ठ विशिष्ट अतिथिमा बागमती प्रदेश सांसद बसुन्धरा हुमागाइ हुनु हुन्थ्यो । कार्यक्रममा बोल्दै प्रदेश सांसद हुमागाइले शिलाई व्यवसायीहरूको व्यवसायिक विकासमा सहयोग पु¥याउने तर्क गर्नु भयो । राष्ट्रिय प्रशिक्षक मिलन नेपाली, मानर्थ सदस्य सानो काजी थापा लगाएत पनौती क्षेत्रका सिलाइ व्यवसायिहरूको सहभागीता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्