IMG-LOGO

पनौतीको राजस्व संकलन वडाबाटै

 मंगल, चैत २९, २०७८  ---

 

     पनौती, नगरपालिकाले एक पछि अर्को जनपक्षिय काम गर्दै आएको छ । संघियताको मर्म अनुसार सेवा निे स्थानको विकेन्द्रीकरण गर्दै लैजाने अभियानमा पनौती  नागरपालिका अगाढी बढेको देखिन्छ । सोही अनुसार पनौती नगरपालिकाका स्थानीयले अब राजस्व बुझाउन नगरपालिका नै पुग्नु पर्ने बाध्यताको अन्त्य भएको छ । पनौती नगरभित्रका १२ वटै वडाका स्थानीयले वडा कार्यलयबाटै राजस्व तिर्न सक्ने गरी अनलाइनको प्रवन्ध भएको छ । शुक्रबार एक कार्यक्रम बीच नगरप्रमुख भीम न्यौपानेले अनलाइन सेवा प्रारम्भ भएको घोषणा गर्नु भएको हो । उहाँले जनतालाई संघियताको मर्म अनुसार सेवा दिने गरी आफुहरु लागि परेको बताउनुभयो ।

पनौती नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रदिप पौडेलले अब पनौती नगरभित्रका सबै वडा प्रविधि मैत्री हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो  अब पनौतीका स्थानीयले शुक्रबार बाट नै अनलाइन मार्फत राजस्व वडाबाटै बुझाउन सक्छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्