IMG-LOGO

अपाङ्ग, असाहयको लागि ७ लाख १० हजार बजेट

 मंगल, असोज २०, २०७७  ---

 पनौती नगरपालिकाले अपाङ्गता भएका र असाहयको वृति विकास क्षमता अभि वृद्धिको लागि चालु आर्थिक बर्षमा ७ लाख १० हजार बजेट छुट्टाएको छ । सरकार सञ्चालन ऐन २०७४ को दफ १०२ को उपदफा २ को अधिनमा रहि पनौती नगरपालिकाले २०७५ साल माघ ६ गते कार्यविधि स्वीकृत नै गरेर लागु गरेको छ । नगर भित्र रातो कार्ड ‘क’ बर्गको ७९ जना, ‘ख’ वर्ग निलो २४ जना, ‘ग’ वर्ग पहेलो ५४ जना, ‘घ’ वर्ग सेतो १ जना गरी १ सय ५० जना अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्क रहेको पनौती महिला तथा बाल बालिका शाखा प्रमुख लक्ष्मी पोखरेलले बताउनु भयो । चालु आर्थिक बर्षमा छुट्टाइएको  बजेटबाट सिपमुलक तालिममा ५ लाख ४५ हजार, परिवारलाई मनोपरामर्श गर्न १ लाख ४५ हजार शि.....अनुसार बजेत विनियोजन गरेको छ । सिप सिकेर उद्यम गर्न चाहने अपाङ्गता भएका व्यक्तिहरूलाई नगरपालिकाले कच्चा पदार्थ समेत उपलब्ध गराउने जनाएको छ । रोतो कार्ड ‘क’ वर्ग जो अरुको सहायतामा मात्र बाँच्नेहरूको लागि सरकारले दिदै आएको मासिक ३ हजार सहयता पाउने छन् । ‘ख’ वर्ग निलो परिचय पत्र लिनेले १ हजार ६ सय मासिक सहायता, त्यस्तै सार्वजनिक यातायात, सरकारी अस्पताल र हवाइ यातायातमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् । ‘ग’ बर्ग र ‘घ’ बर्गकाले पनि सोही अनुसार छुट प्राप्त गर्न सक्ने छन् । बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार मनौती नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई पढ्ने उमेरकाहरूलाई अध्यापन गर्न आवश्यक पर्ने शैक्षिक सामग्री सहित निःशुल्क शिक्षा, त्यस्तै ‘क’ वर्गका रातो परिचय पत्र लिएका असक्तहरूको लागि स्वास्थ्यकर्मीहरूको टोलिनै गएर निःशुल्क स्वास्थ्य उपचार र परिचय पत्र नै घर घरमा गएर प्रदान गर्ने गरेको बताउनु भयो । असाहयहरूको लागि कृतिम खुट्टा, त्यस्तै अपाङ्ग सम्बन्धी सञ्चालन भएका जिल्लाका पोट्रोज संस्थालाई आर्थिक सहायता उपलब्ध गराएको नगरपालिकाले जनाएको छ  । आइतबार अपाङ्गता भएका व्यक्तिहरूलाई प्रमाण पत्र वितरण गरियो । कार्यक्रममा ८ जनाले अपाङ्गता भएका व्यक्तिहरूले परिचय पत्र लगेका छन् । उक्त कार्यक्रममा नगर प्रमुख भिम न्यौपाने, डा. सम्झना शर्मा, केशव कर्माचार्य लगाएतको कार्यक्रममा सहभागीता रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्