बनेपा, धुलिखेल र पनौती नगरपालिका खोलाको किनारै किनारबाट निर्माण हुने महत्वपूर्ण योजना पूण्यमाता करिडोर निर्माण कार्यले भने अव पूर्णता पाउने भएको छ । पूण्य माता करिडोर निर्माणको पहिलो चरण बनेपा पुलबजार देखि खड्पु पुल सम्म निर्माण कार्य तिव्र रुपमा अघि बढेको छ । बनेपा करुणामाइ सरस्वती देखि धुलिखेल श्रीखण्डपुर हुुँदै पुण्यमाता खोलाको दायाँ बायाँ दुवै तर्फ करीडोर मोटर बाटो निर्माण भइ पनौतीको त्रीवेणी घाट सम्म बन्ने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग बहरमहल काठमाण्डौँ च्बगतबजब÷ म्जबचmब क्÷न्बगचष् न्बलभकज व्ख्। काठमाण्डौँ बिच २ करोड १८ लाख २ हजार ७ सय ३३ भ्याट सहित गत श्रावण १५ गते सम्झौता भएको हो । सम्झौता भएको ६ महिना अवधि भित्र अर्थात माघ १४ गते भित्र काम सम्पन्न गरि सक्नु पर्ने सम्झौता छ । पहिलो चरणको कुल लागत स्टेमेट भने ४ करोड ८२ लाख ४१ हजार ९७ रहेको छ । करिडोर निर्माणको तीन खण्डकै कुल लागत स्टमेट भने १४ करोड ४७ लाख ५५ हजार ९ रहेको छ । दोश्रो र तेश्रो खण्डको निर्माण कार्य भने पुन टेण्डर आव्हान गरे पछि कार्य शुरु गरिने कुरा शहरी विकास तथा भवन निर्माण विभागका सिनिय डिभिजन मच्चा काजी महर्जनले बताउनु भयो । बनेपा नगरपालिकाले २०५८ सालको नगरको बैठकले निर्धारण गरेको मापदण्डमा खोलाको किनारवाट १५ मिटर कायम गर्ने निर्णय भए अनुुसार रेखाङ्कन र सिमानंकन गरी व्यवस्थापन गरी दिए पछि करिडोर निर्माणको कार्य अघि बढाइने नगरपालिकाले जनाएको छ । पनौती त्रिवेणी घाट देखि बनेपा करुणमाइ सरस्वती बनेपा नाला सम्म दुबै तर्फ खोलाका किनारबाट १५ मिटर मापदण्ड अनुरुप २२ किमी ७ सय मिटर बाटो निर्माण हुने छ । निर्माण कम्पनीले सम्झौता अनुसार सडकको दायाँ बायाँ साइट तर्फ क्लियर, खोलाको किनारमा डिमार केशान बाल, निर्माण गर्ने र ट्रयाक निर्माण भाएकोमा सम्म पारी मिलाउने कार्य गर्नु पर्ने भवन निर्माण विभागका इन्जीनियर निकेश रेग्मीले बताउनु भयो । पूर्व सञ्चार तथा सूचना प्रविधि तथा शहरी विकास मन्त्रीको पहलमा पूण्यमाता करीडोर निर्माण गरी सडक व्यवस्थापन गर्न १५ करोडको लागत स्टमेट गराउन बजेट उपलब्ध गराउनु भएको थियो । बनेपा नगरपालिकाले सार्वजनिक जग्गा सम्बन्धी बेलाबेलामा सूचना जारी गरे पनि खोला किनारको दायाँ वायाँमा केहि जग्गा धनिहरूले खोलाको सिमाना मिच्ने कार्य गर्दा विकास निर्माण कार्य गर्न कठिन भएको जनाएको छ । खोलाको साँध सिमाना मिच्ने क्रम निरन्तर जारी रहदाँ बर्षातको समयमा पूण्यमाता खोला वरीपरी सधै डुवानमा परी बनेपाको पुलबजार अरनिको राज मार्ग र धनेश्वर मार्ग बनेपा डुवानमा पर्ने गरेको छ । उक्त पूण्यमाता करिडोर व्यवस्थित भए डुवान हुनबाट रोकिने छ ।
