काभ्रेपलाञ्चोक जिल्लाका २६ वटा सामुदायिक विद्यालयमा नर्सबाट स्वास्थ्य सेवा पु¥याइने भएको छ । वागमती प्रदेश सरकारले प्रारम्भ गरेको एक विद्यालय एक नर्स छनौट कार्यक्रम भएका छन् । काभ्रेका १३ स्थानीय पालिकाबाट २÷२ सामुदायिक विद्यालय छनौट भएका छन् । गत बर्ष देखि नमुनाको रुपमा प्रारम्भ भएको एक विद्यालय एक नर्स कार्यक्रम क्रमगत रुपमा हरेक स्थानीय पालिकामा लागु भएको छ । सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्ष देखि धुलिखेल वडा नं २ को सेतीदेवी माध्यामिक विद्यालय, वडा नं ११ को हनुमान माध्यामिक विद्यालय, बनेपा वडा नं २ को चण्डेश्वरी माध्यामिक विद्यालय वडा नं २ को स्वेत बाराही माध्यामिक विद्यालय, पनौती वडा नं ८ को भालेश्वर माध्यामिक विद्यालय र वडा नं ७ को इन्द्रेश्वर माध्यामिक विद्यालय छनौट भएका छन् । त्यस्तै गरी नमोबुद्ध नगरपालिकाको जनकल्याण माध्यामिक विद्यालय र वाल उज्वल माध्यामिक विद्यालय छनौटमा परेका छन् । त्यस्तै मण्डन देउपुर नगरपालिका वडा नं ९ को डेडीथुम्का माध्यामिक विद्यालय वडा नं ६ को ब्रम्हायणी माध्यामिक विद्यालय , पाँचखाल नगरपालिका महाँकाल र राम माध्यामिक विद्यालय, महाभारत गाउँपालिका वडा नं ८ को जनकल्याण माध्यामिक विद्यालय, भुम्लु गाउँपालिकाको वडा १ को देवि माध्यामिक विद्यालय र वडा नं २ को जनता माध्यामिक विद्यालय छनौट भएका छन् । त्यसै गरी खानेखोला गाउँपालिकाको धर्नि ज्योती सारदा माध्यामिका विद्यालय छनौट भएका छन् । तेमाल गउँपालिका वडा नं ३ को भुमे माध्यामिक विद्यालय, वडा नं ६ को पञ्चकन्या माध्यामिक विद्यालय त्यस्तै रोशी गाउँपालिकाको वडा नं १० पञ्चकन्या माध्यामिक विद्यालय, वडा नं ११ को पोक्रा माध्यामिक विद्यालय छनौट भएका छन् । त्यस्तै गरी चौरी देउराली गाउँपालिकाको वडा नं ४ को सरस्वती माध्यामिक विद्यालय र वडा नं २ को खाँडदेवी माध्यामिक विद्यालय छनौट भएका छन् ।छनौट भएका सबै विद्यालयका विद्यार्थीहरूको नियमित स्वास्थ्य जाँच र निःशुल्क औषधी वितरण गरिने जानएको छ ।
