IMG-LOGO

काभ्रेको जनसंख्या ३ लाख ६६ हजार ८ सय ७९

 मंगल, माघ १८, २०७८  ---

स्थानीय पालिकामा कहाँ कति ?

      तथ्याङ्क विभागले जनगणना २०७८ प्रारम्भीक नतिजा सार्वजनिक गरेको छ । काभ्रे जिल्लाको जनसंख्या २०६८ को जनगणना भन्दा ०.३९ प्रतिशतले घटेको छ । २०७८ को जनगणनामा ३ लाख ६६ हजार ८ सय ७९ जनसंख्या भएकोमा २०६८ मा ३ लाख ८१ हजार ९ सय ३७ रहेको थियो । ०६८ मा ०.१ प्रतिशतले घटेको थियो । जिल्लामा हाल ८३ हजार ९ सय ३२ घर धुरीका ९३ हजार १ सय ७९ परिवारको गणना भएको छ । जस अन्तरगत १ लाख ८५ हजार ९ सय १२ महिला र १ लाख ८० हजार ९ सय ६७ पुरुष रहेका छन् । लैंगिक अनुपात ९७.३४ प्रतिशत र औषत पविारको आकार ३.९४ प्रतिशत छ । काभ्रे जिल्लाको १३ पालिका मध्ये बनेपा, धुलिखेल र पनौती नगरपालिकामा जनसंख्या बृद्धि भएको छ ।

      पाँचखाल, नमोबुद्ध, मण्डनदेउपुर, नगरपालिका र बेथानचोक, भुम्लु, चौरीदेउराली, रोशी, तेमाल, खानीखोला र महाभारत गाउँपालिकामा २०६८ को गणना जनसंख्या भन्दा घटेको छ । काभ्रे जिल्लाका १३ वटा पालिकाहरुको जनसंख्याको अवस्था तालिकामा उल्लेख गरिएको छ । नेपालको जनसंख्या २०७८ को प्रारम्भीक  नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ । पुरुष १ करोड ४२ लाख ९१ हजार ३ सय ११ त्यस्तै गरी महिला १ करोड ४९ लाख १ हजार १ सय ६९, बृद्धिदर भने ०.९३ प्रतिशत रहेको छ । जनघनत्व १ सय ९८ जना प्रति वर्ग किमी, विदेशमा बसेका नेपाली २१ लाख ६९ हजार ४ सय ७८, प्रति परिवार संख्या ४.३२ र घर परिवार संख्या ५६ लाख ४३ हजार ९ सय ४५ रहेको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्