भुल्मु गाउँपालिकाले स्वास्थ्य परिक्षण प्रयोगशाला (ल्याव) सञ्चालनमाल्याएको छ । गाउँपालिकाको अध्यक्षगुमान ध्वज कुँवरले प्रयोगशालाकाउद्घाटन सँगै स्वास्थ्य परिक्षण ल्यावसञ्चालनमा आएको हो । सामान्य भन्दासामान्य औषधी उपचारको लागि जिल्लासदर मुकाम र सहर धाउनु पनअवस्थाको अन्त्य भएको बताउँदै यहाँकाजनताहरूले सहज रुपमा स्वास्थ्य सेवाप्राप्त गर्न सक्ने भएकोले आफू निक्कहर्षित भएको बताउनु भयो । रगत, दिशा रपिसाब परिक्षण गाउँमै हुने भएको छ ।गाउँपालिकाको १० वटै वडामा पूर्वाधारसुविधा सम्पन्न स्वास्थ्य केन्द्र तथास्वास्थ्य चौकीबाट स्वास्थ्य सेवाजनताहरूलाई प्रवाह गरिएको स्वास्थ्यशाखा प्रमुख सुदर्सन भट्टराइले काभटाइम्सलाई बताउनु भयो । उक्तप्रयोगशालामा रगत, दिशा र पिसाबलगाएत ३४ किसीमको परिक्षण गनसकिन्छ । उक्त स्वास्थ्य शाखामा ३४जना स्वास्थ्यकर्मी रहेको छन् । तरडाक्टर भने एउटा पनि छैनन् । संघीयसरकारले गाउँपालिकामा १५ शैयाको रनगरपालिकामा २५ शैयाको अस्पतालबनाउने नीति अघि सारेकोमा यसआर्थिक वर्षमा भुम्लु गाउँपालिका पनि १५शैयाको अस्पताल बन्ने भएको छ ।
