IMG-LOGO

श्री जनचेतना युवा समूहको रक्तदान कार्यक्रम

 मंगल, मंसिर २, २०८३  -

    बडाल गाँउ, श्री जनचेतना यूवा समूह र धुलिखेल वडा नं. ८ बडाल गाउँको संयुक्त आयोजनामा दिपावली २०८३ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष रमेशप्रसाद बडालको अनुसार २४ जनाले रक्तदान गरी जीवन दान गरेको जनाउनुभयो । रक्तदाता समाजका डाइरेक्टर केदार न्यौपाने, स्थानीय दिलिप विसुन्के, रडक्रस भक्तपुर शाखाको प्राविधिक टोलीको सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा संस्थाका कोषाध्यक्ष नविन बडाल, पूर्व कार्यसमिति सदस्य सागर सापकोटा, स्थानीय समाज सेवीहरु र कृष्ण मुरारी बडाल लगायतले रक्तदान कार्यक्रममा सहयोग पु¥याउनु भएको थियो । वडा अध्यक्ष विनोद गौतम, संस्थाका संस्थापक अध्यक्ष उद्धवप्रसाद वडाल र पूर्व अध्यक्ष साधुराम वडालको समेत सहभागीता रहेको थियो । संस्थाले विगत लामो सयमदेखि सामाजिक अभियान, धार्मिक तथा सांस्कृतिक संरक्षण र सामाजिक विकासमा निरन्तर कार्य गर्दै आएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्