हिन्दुहरुको महान् चाडपर्व शुभ दिपावलीको अवसरमा लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गतको लायन्स क्लव अफ अटो सोसियल फ्रेण्डसको आयोजनामा र गति फिटनेस सेन्टरको समन्वयमा महालक्ष्मीस्थान मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
अटो नेपाल – पत्रिका, तपाईको बजार र स्टार कार डेकोरेशनको संयुक्त सहयोग एवं टियु लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्रको प्राविधिक सहयोगमा सञ्चालन भएको खुल्ला रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेको र सबैंको सहयोगले कार्यक्रम निकैं सफल भएको लायन्स क्लवकी अध्यक्ष क्रिष्टिना ताम्राकारले बताउनुभयो ।
हाल रगतको चरम अभावका कारण समस्या भएकोले चाडपर्वमा शुभकामना आदान प्रदान गर्दै सम्पन्न रक्तदान कार्यक्रममा अन्य क्लबका सिनियर लायन्स लिडरहरु अक्षकुमार गौंतम, असिम पोखरेल, समि पौडेल लगायतका लायन्स सदस्यहरुको उपस्थिती रहेको डिष्ट्रिकका वरिष्ठ सल्लाहकार, लायन रोशनकुमार श्रेष्ठले काभ्रे टाइम्सलाई जानकारी दिनुभयो ।
