IMG-LOGO

भिन्तुना पनौती सम्पदा यात्रा

 मंगल, मंसिर २, २०८३  -

    पनौती / नेपाल संवत् ११४७ को शुभारम्भको अवसरमा पनौतीमा ‘भिन्तुना पनौती सम्पदा यात्रा’ सम्पन्न भयो । पनौती नेपालले स्थानीय कला, संस्कृति, सम्पदा तथा मौलिक परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको अध्यक्ष विकास होराजुले जानकारी दिए । अध्यक्ष होराजुका अनुसार समाजमा रहेका युवाहरूलाई एकीकृत गर्दै विभिन्न सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक गतिविधिमार्फत स्थानीय संस्कृति र रीतिरिवाजको संरक्षण तथा प्रचारप्रसार गर्दै आइरहेको छ ।
    नेपाल संवत् नयाँ वर्षको अवसरमा आयोजना गरिएको सम्पदा यात्राले पनौतीको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्त्वलाई उजागर गर्नुका साथै स्थानीय सम्पदाको संरक्षणमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । पनौती नेपालका अध्यक्ष विकास होराजुले कार्यक्रमलाई भव्य र सफल बनाउन सहयोग गरेकोमा धन्यबाद ब्यक्त गरेका थिए । पनौती नगरपालिका–७ स्थित पमाडी टोलको महालक्ष्मी मन्दिर प्राङ्गणबाट सुरु भएको कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । नेपाल संवत् ११४७ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै कार्यक्रममा सहभागिहरुलाई धन्यवाद दिएको छ । हरेक वर्ष पनौती नेपालले यस्तै कार्यक्रम आयोजना गर्दै आएको छ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्