IMG-LOGO

कोसा दाफा भजन खलः मौलिक परम्पराको संरक्षणमा अग्रसर

 मंगल, मंसिर २, २०८३  -

    कला, संस्कृति तथा मौलिक परम्पराको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले बनेपामा कोसा दाफा भजन खलःले प्रभातफेरी सहित विशेष भजन कार्यक्रम आयोजना गरेको छ । बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । कार्यक्रममा उपप्रमुख विमला सापकोटा लगायतको विशेष सहभागिता रहेको थियो ।
    अध्यक्ष एवं नायो बद्रिप्रसाद मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु तथा स्थानीय ब्यक्तिहरुको सहभागिता रहेको थियो । नेपाल संवत् ११४७ कछलाथ्व प्रतिपदाका दिन प्रभातफेरी र साँझ कोबहाल गणेशस्थानमा विशेष भजन कार्यक्रम सञ्चालन हुनेछ । स्थानीय कला, संस्कृति, धार्मिक तथा सांस्कृतिक परम्परालाई जीवन्त राख्दै नयाँ पुस्तामा यसको महत्व र पहिचान हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सचिव रामलाल मानन्धरले बताउनुभयो ।
    समितिमा सजन मानन्धर कोषाध्यक्ष, सदस्यहरु धर्म मानन्धर, रामभाई मानन्धर, बुद्धकाजी मानन्धर, रविन्द्रप्रसाद मानन्धर, पुष्पलाल मानन्धर, सुर्वण मानन्धर, बुद्धशरण मानन्धर, शुभलक्ष्मी मानन्धर, सुर्यलक्ष्मी मानन्धर, सजना मानन्धर रहेका छन् । समितिमा विनोद मानन्धर र रामप्रसाद मानन्धर सल्लाहकार रहेका छन् । कार्यक्रममा स्थानीय जेष्ठ नागरिक, युवा र बालबालिकाहरुको समेत सक्रियता रहेको थियो । कार्यक्रममा मौलिक संस्कृति तथा परम्पराको संरक्षणमा सहयोग पु¥याउन आयोजकले सम्पूर्ण स्थानीयवासी, संस्कृतिप्रेमी तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्