धुलिखेल अस्पतालमा बाथ रोगको सही पहिचान, उपचार र जनचेतना सन्देश फैलाउने मुख्य ध्ययका साथ नेपालसहित अमेरिका तथा युरोपका विशेषज्ञहरूको सहभागितामा अन्तर्राष्ट्रिय ¥युमाटोलोजी सिम्पोजियम कार्यक्रम आयोजना गरि सम्पन्न गरेको छ । विशेषज्ञहरूले बाथरोग हाडजोर्नीमा मात्र सीमित नभई शरीरका विभिन्न अंगमा असर पार्न सक्ने भन्दै समयमै निदान र उपचारका लागि स्वास्थ्यकर्मीको क्षमता विकास तथा बहुविधागत सहकार्य आवश्यक रहेको जनाइयो । नेपालमा ¥युमाटोलोजी सेवा, अध्ययन तथा अनुसन्धान विस्तार गर्न धुलिखेल अस्पताललाई उपचार र विशेषज्ञ जनशक्ति विकासको केन्द्रका रूपमा अघि बढाउने साझा कार्ययोजना भएको जनाएको छ ।
नेपालमा बाथरोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै यसको सही पहिचान र उपचारमा स्वास्थ्यकर्मीको क्षमता विकास गर्ने उद्देश्यले धुलिखेल अस्पतालमा अन्तर्राष्ट्रिय बाथ रोग सम्बन्धी सम्मेलन (¥युमाटोलोजी सिम्पोजियम) आयोजना गरिएको अस्पतालले जनाएको छ । सम्मेलनमा नेपालसहित अमेरिका र युरोपका विशेषज्ञ चिकित्सकहरूको सहभागिता रहेको थियो । उनीहरूले बाथरोगका विभिन्न कारण, लक्षण, पहिचान तथा उपचारका विधिबारे अनुभव र ज्ञान आदानप्रदान गर्नुभयो । धुलिखेल अस्पतालमा कार्यरत बाथरोग विभागका डा. विप्लव अधिकारीले भन्नुभयो ः नेपालमा बाथरोगबारे बिरामी र स्वास्थ्यकर्मी दुवै तहमा पर्याप्त जनचेतना छैन । बाथरोग विशेषज्ञको समेत कमी हुँदा धेरै बिरामीले समयमै रोग पहिचान र उचित उपचार पाउन नसकेको तर्क गर्नुभयो ।
‘बाथ रोग अझै पनि कम पहिचान भएको रोग हो । बिरामी मात्रै होइन, स्वास्थ्यकर्मीमा समेत यसबारे पर्याप्त जानकारी छैन । विशेषज्ञको कमीले गर्दा धेरै बिरामीको सही निदान र उपचारबाट वञ्चित भइरहेका छन्,’ उहाँले भन्नुभयो । बाथ रोगले हाडजोर्नीमा मात्रै असर गर्छ भन्ने आम बुझाइ गलत रहेको डा. अधिकारीको धारणा छ । यसले हाडजोर्नीबाहेक शरीरका विभिन्न अंगमा समेत असर पार्न सक्ने र समयमै पहिचान तथा उपचार नभए जटिलता निम्त्याउन सक्ने उहाँले बताउनुभयो । उनका अनुसार बाथरोगका विभिन्न स्वरूप, त्यसका लक्षण, निदान र उपचारबारे स्वास्थ्यकर्मीलाई जानकारी गराउनु सम्मेलनको मुख्य उद्देश्य हो । यसले बिरामीमा समेत रोगबारे सचेतना फैलाउनु र उपचार सेवामा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सम्मेलनमा बोल्दै नेपाल ¥युमाटोलोजी एसोसिएसनकी अध्यक्ष डा. दीपा शाहले नेपालमा बाथ रोग (¥युमाटोलोजी) सम्बन्धी उपचार सेवा, अध्ययन तथा अनुसन्धानलाई थप प्रभावकारी बनाउने मुल ध्ययका साथ विभिन्न क्षेत्रका विशेषज्ञ तथा सरोकारवालाबीच सहकार्य अघि बढाउनुपर्नेमा जोड दिनुभयो । धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. बिराजमान कर्माचार्यले नेपालका विभिन्न ¥युमाटोलोजिस्ट तथा अन्य सरोकारवालासँग यसअघि पनि बहस भएको र उनीहरूलाई एउटै मञ्चमा ल्याएर आगामी कार्ययोजनाका लागि साझा आधार तयार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको धारणा प्रस्तुत गर्नुभयो ।
उहाँका अनुसार बाथ रोगको उपचार एउटै विधा वा विशेषज्ञताबाट मात्र सम्भव हुँदैन । यसका लागि छाला रोग, हाडजोर्नी, आँखा, प्याथोलोजी लगायत विभिन्न चिकित्सा विधाका विशेषज्ञबीच सहकार्य आवश्यक हुन्छ । नेपालमा मात्र नभई विश्वका अन्य मुलुकमा पनि विभिन्न विधाका विशेषज्ञलाई एकै ठाउँमा ल्याएर समन्वय गर्नु चुनौतीपूर्ण रहेको तर्क गर्नुभयो ।
कार्यक्रमबाट नेपालका विभिन्न अस्पताल तथा स्वदेश–विदेशका संस्थासँग सहकार्य गर्ने स्पष्ट कार्ययोजना तयार हुने अपेक्षा गरिएको छ । उक्त आयोजित सम्मेलनमा नेपाल सहित अमेरिका र युरोपका विशेषज्ञ चिकित्सकहरुको सहभागीता रहेको थियो । उहाँहरुले बाथ रोगका विभिन्न कारण, लक्ष्ण, पहिचान उपचारका विधि बारे एक अर्का बीच अनुभव आदानप्रदान गर्नुभएको थियो । सम्मेलनमा नर्वेका प्रोफेसर डा. मारिनेन वेल्न्यूस, डा. दिपक शर्मा, डा. निरश वैद्य, डा. केशवराज सिग्देल, डा. मनिशा सिंह, डा. उज्वल रिसाल, डा. भास्कर कार्की, डा. एन्जीला श्रेष्ठ, डा. विनित बैद्य, डा. अनन्त सुबेदी लगायतले बाथ रोगको उपचार, पहिचान र निदानको बारेमा बोल्नुभएको थियो ।
