IMG-LOGO

अभिभावक र विद्यार्थीहरुलाई स्वास्थ्य सेवाका लागि सम्झौता

 मंगल, मंसिर २, २०८३  -

    ज्योति एकेडेमी माध्यमिक विद्यालय, बनेपा र बिग केयर हस्पिटल एण्ड ट्रमा सेन्टर, बनेपाबीच विद्यालयमा अध्ययनरत विद्यार्थी तथा उनीहरूका अभिभावकलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मिति २०८३ साल कार्तिक १९ गते स्वास्थ्य सेवा सम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौताले विद्यालय परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने लक्ष्य लिएको छ । सम्झौताअनुसार उपलब्ध हुने छुट तथा सहुलियतहरू निम्नानुसार रहेका छन् ः१. विद्यालयका विद्यार्थीहरूको OPD सेवा शुल्कमा ५० प्रतिशत छुट । २. विद्यार्थीका अभिभावकहरूको OPD सेवा शुल्कमा १० प्रतिशत छुट । ३. अस्पतालमा उपलब्ध अन्य स्वास्थ्य सेवाहरूको शुल्कमा १० प्रतिशत छुट । ४. अस्पतालमा भर्ना भई उपचार गराउँदा IPD सेवासम्बन्धी शुल्कमा १५ प्रतिशत छुट । यस सहकार्यबाट विद्यालयका विद्यार्थी तथा अभिभावकहरूले आवश्यक स्वास्थ्य सेवा थप सहज र सहुलियतपूर्ण रूपमा प्राप्त गर्ने विश्वास लिइएको छ । शिक्षा र स्वास्थ्य एकअर्काका परिपूरक क्षेत्र भएकाले विद्यार्थीको सर्वाङ्गीण विकास, स्वास्थ्य सुरक्षा तथा अभिभावकको हितलाई ध्यानमा राख्दै गरिएको यस संस्थागत सहकार्यलाई विद्यालयले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । यस सम्झौतालाई सफल बनाउन सहयोग तथा सहकार्य प्रदान गर्नुहुने बिग केयर हस्पिटल एण्ड ट्रमा सेन्टर, बनेपा परिवारप्रति ज्योति एकेडेमी हार्दिक कृतज्ञता तथा धन्यवाद व्यक्त गर्दछ । आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक उत्तरदायित्वका क्षेत्रमा यस्ता रचनात्मक तथा परिणाममुखी सहकार्यलाई निरन्तरता दिने अपेक्षा गर्दछौँ । स्वस्थ विद्यार्थी, स्वस्थ परिवार र गुणस्तरीय शिक्षाको सुनिश्चितता हाम्रो साझा प्रतिबद्धता । विद्यालय प्रशासन ज्योति एकेडेमी माध्यमिक विद्यालय बनेपा, काभ्रेपलाञ्चोक स्वास्थ्य सेवा सम्बन्धी हस्पीटलसँग समझदारी तथा सहकार्य सम्झौता सम्पन्न भएको विद्यालयका प्रिन्सिपल महेन्द्र विस्टले बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्