बनेपा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औं जन्मजयन्तीको अवसरमा यस वर्ष पनि सयपत्री प्रतिष्ठान नेपाल जनागालले दूई श्रष्टा दम्पतीलाई सयपत्री राष्ट्रिय सम्मान २०८३बाट सम्मानित गरेको छ । यसरी सम्मानित हुनेहरुमा वरिष्ठ कलाकार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठनका पूर्व कुलपति केके कर्माचार्य र उहाँकी जीवनसङुगीनी रीना कर्माचार्य तथा काभ्रेली साहित्यकार एवं पत्रकार सृजना दुवाल र उहाँको जीवनसङ्गी संगितकार सन्तोषभक्त श्रेष्ठ हुनुहुन्छ । प्रतिष्ठानले २०५५ सालदेखि जनागालमा साहित्यिक कार्यक्रम संचालन गरि राष्ट्रिय स्तरबाटवरिष्ठ एक र काभ्रेमा जन्मी राष्ट्रमा योगदान गर्ने एक गरि दूई श्रष्टालाई दम्पतीसहितसयपत्री राष्ट्रिय सम्मानबाट वर्षेनी सम्मान गर्दै आएको छ । यस वर्ष गत कार्तिक २१ गते शनिबार एक साहित्यिक कार्यक्रम विच प्रमुख अतिथि वरिष्ठ संस्कतिविद् इतिहासकार हरिराम जेशीले सम्मानित दम्पतीलाई दोसल्ला, ताम्रपत्र, तिहारको भाई मसला, फलफुल, मायोको चिनो र बाटो खर्च पाँच हजार नगद पुरस्कार प्रदान गर्नु भएको थियो भने सम्मानित दम्पतीले एक अर्कालाई दुबो र सयपत्रीको माला लगाई दिनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिथि जोशीले नेपालको बनेपा आदिमकालदेखी नारीलाई सम्मान गर्ने थलोको रुपमा परिचित रहेकोमा सयपत्रीले श्रष्टाको दम्पती सहित गर्दै आएको सम्मान अनुकरणीय भएको र यसले आफुलाई बनेपा प्रति झनै मोह बढाएको बताउनु हुदै नेपाली साहित्य क्षेत्रमा महाकवि देवकोटा जति कसैको पनि योग्दान नभएकोले देवकोटा जयन्तीमा हुने कार्यक्रममा उहाँको चर्चा परिचर्चा गर्न पनि सुझाव दिनु भएको थियो ।कार्यक्रमका सभापति वरिष्ठ साहित्यकार, प्रतिष्ठानका प्रमुख सल्लहाकार एवं कार्र्यक्रम संयोजकमोहन दुवालले सम्मानित व्यक्तिहरुको व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पार्नुहुदै प्रतिष्ठानले लामो समयदेखि साहित्यिक दम्पतीलाई सम्मान गदै आएको र कार्यक्रममा सहयोग गर्न पाँउदा आफुलाई खुशि लागेको बताउनु हुदै यस प्रकारको सम्मानले सयपत्री प्रतिष्ठानको चर्चा काभ्रेमा मात्र नभएर राष्ट्रमा नै हुने गरेकोले कार्यक्रमलाई निरन्तरता दिनुपर्ने विचार राख्नु भएको थियो ।
कार्यक्रममा सम्मानति वरिष्ठ कलाकार केके कर्मचार्यले सयपत्री प्रतिष्ठानसंंग आफु चिरपरिचित भएता पनि आफ्नी श्रीमतीलाई समेतसयपत्रीले गरेको राष्ट्रिय सम्मानले आफुलाई भावविभोर बनाएको र आफ्नो विवाहको झल्को पुन गराएको बनाउनु भएको थियो भने अर्का सम्मानित साहित्यकार सुजना दुवालले दम्पती सहित सम्मान हुन पाएकोमा खुशी व्यक्त गर्नुहुदै आफु वुवा मोहन दुवालले हिडेको बाटोलाई पछयाइरहेको बताउनु भएको थियो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले सयपत्री प्रतिष्ठानको गतिविधिरसयपत्री राष्ट्रिय सम्मानका बारेमा जानकारी दिनु हुदै हालसम्म ७८ जना श्रष्टा तथा दम्पतीहरुलाई सयपत्रीले सम्मान गरिएको जानकारी दिनु भएको थियोभने बनेपा नगर पालिका वडा न १० का वडा अध्यक्ष चन्द्रबहादुर खडका, मानव अधिकारकर्मी राजु सरकार, प्रतिष्ठानका उपाध्यक्ष प्रद्युम्न न्यौपाने, सचिव रामसुन्दर देउजाले महाकवि देवकोटा र सयपत्री सम्मानको बारेमा चर्चा गर्नु भएको थियो ।डेढ दर्जन श्रष्टाहरुले रचना वाचन गर्नु भएको कार्यक्रममा काभ्रेका चर्चित गायक रामहरि न्यौपानेको मनोरन्जानत्कम सास्कृतिक प्रस्तुति रहेको थियो भने प्रतिष्ठानका अध्यक्ष राजेन्द्र श्रेष्ठले गत ३ वर्ष अगाडी आफ्ना स्वर्गीय माता पिताको स्मृतिमा स्थापना गर्नु भएको सयपत्री–रामभक्त भुवनदेवी स्मृति छात्रवृति ख्यामकुमार श्रेष्ठ र सुहान पुर्कुटीलाई प्रदान गरिएको थियो । छात्रवृतिजनागालमा रहेको जनज्योती माविमा अध्ययन गरि माध्यमिक परिक्षा (एसइई)मा सबैभन्दा बढी अङ्क ल्याउने एकछात्रा र एकछात्रलाई वर्षेनी पाँच हजार नगद सहित प्रंशसा पत्र प्रदान गर्दै आएको छ ।
