हेटौँडा हुँदै काठमाडौँ आइरहेको गाडी रोकी चेकजाँच गर्ने क्रममा ईलाका प्रहरी कार्यालय पालुङले काभ्रेको धुलिखेलस्थित सञ्जिवनी चोक स्थायी घर भई बनेपा–८ तिनदोबाटो बस्ने ३३ वर्षीय पुरुष हेविन श्रेष्ठ र चितवन भरतपुर महानगरपालिका–११ कोल्टाँडी स्थायी घर भई क्षेत्रपुर बस्ने २१ वर्षीय दिव्यश्री काफ्लेलाई ६ किलो ४० ग्राम लाघु औसध चरेश सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । कार्तिक ३० गते रातको करिब १ः४५ बजे पालुङका प्रहरी निरिक्षक गोबिन्दप्रसाद भण्डारीको कमाण्डमा पक्राउ गरिएको हो । चेक जाँचको क्रममा बा.प्र. ०१–०३५ च ४५६१ नम्बरको जीपमा चरेस फेला परेको प्रहरीले जनाएको छ ।
