IMG-LOGO

स्थानीय तहको चुनाव चैत्र ५ गते भित्र गर्न सरकारलाई निर्वाचन आयोगको सुझाव

 मंगल, मंसिर २, २०८३  -

        सरकारले आगामी स्थानीय तह निर्वाचनको मिति तोक्ने तयारी गरेको छ । निर्वाचन आयोगले वर्तमान जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार चैत ५ गतेभित्र निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार स्थानीय तह निर्वाचन सम्पन्न गर्न कम्तीमा १२० दिन आवश्यक पर्ने भएकाले आयोगले निर्वाचनको मिति चैत महिनाका लागि प्रस्ताव गरेको हो ।
    २०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले सोही वर्ष जेठ ५ गतेदेखि कार्यभार सम्हालेका थिए । कानुनी व्यवस्थाअनुसार उनीहरूको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै नयाँ निर्वाचन सम्पन्न गर्नुपर्ने हुन्छ । प्रवक्ता भट्टराईले निर्वाचनका लागि आवश्यक तयारी, व्यवस्थापकीय काम र कानुनी प्रक्रियालाई ध्यानमा राखेर आयोगले सरकारलाई उपयुक्त सुझाव दिएको बताउनुभयो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्