धुलिखेल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको २६ औ वार्षिक साधारण सभा धुलिखेल नगरपालिकाका कार्यवाहक नगर प्रमुख निराजन जगंमको प्रमुख आतिथ्यतामा तथा समितिका अध्यक्ष कृष्ण भुषण खोजू श्रेष्ठको सभापतित्वमा सम्पन्न भयो । समितिका अध्यक्ष खोजू श्रेष्ठले २०८२÷०८३ को नीति, कार्यक्रम बमोजीम कार्य सम्पन्न गरेको बताउनुभयो । पानी वितरण प्रणली सुधार, मर्मत कार्यलाई निरन्तरता प्रदान गरी नागरीकलाई शुद्ध पानी खुवाउन निरन्तर लागिपरेको बताउनुभयो । कार्यक्रममा समितिका सचिब बिन्द्रलाल खोजु श्रेष्ठले वार्षिक प्रतिबेदन, कोषाध्यक्ष हरिकृष्ण तिमल्सिनाले आर्थिक प्रतिबेदन र लेखा समितिको प्रतिबेदन पुर्ण बहादुर कार्कीले सभामा प्रस्तुत गर्नुभएको थियो ।
आर्थिक वर्ष २०८३/०८४ को आय अनुमानित ४ करोड ७७ लाख ४६ हजार र ब्यय तर्फ ४ करोड ७७ लाख ५ हजारको अनुमानित बजेट प्रस्तावित गरेको छ । कार्यक्रममा खानेपानी तथा सरसफाई खानेपानी डिभिजन कार्यलयकी प्रमुख सृष्टि ख्वाखल, धुलिखेल नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष प्रमोद सुन्दर श्रेष्ठ, पुर्व अध्यक्ष राजकुमार तखाछे लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
