बनेपा, श्री भोंमी बहुउद्देश्यीयसहकारी संस्था लिमिटेड बनेपाको २८ औं वार्षिक साधारण सभा आश्विन २४ गते शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरि बहादुर श्रेष्ठको सभापतित्वमा आयोजित उक्त सभाको उद्घघाटन संस्थाका निवर्तमान अध्यक्ष हरि शरण श्रेष्ठले गर्नुभयो ।
संस्थाका उपाध्यक्ष गणेश नारायण जोशीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सचिव कान्छा कुमार श्रेष्ठले सचिवको प्रगति प्रतिवेदन, कोषाध्यक्ष कैलाश श्रेष्ठले आर्थिक प्रगति प्रतिवेदन, लेखा सुपरिवेक्षण समिति संयोजक सुन्दर प्रसाद कारञ्जितले लेखा समितिको प्रतिवेदन, महिला उपसमिति संयोजक मिनु रञ्जितले महिला उपसमिति प्रतिवेदन र बाल उपसमिति संयोजक अन्जना जस्पाउ श्रेष्ठले बाल उपसमितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । ः
आर्थिक वर्ष २०८२/०८३ को मसान्तसम्ममा संस्थाको कुल शेयर पुँजी रु. १ करोड ५० लाख ८८ हजार ६ सय पुगेको छ भने कुल बचत निक्षेप संकलन रु. १६ करोड ४१ लाख २८ हजार ९ सय ४० रहेको संस्थाकी प्रबन्धक सुनेना श्रेष्ठले जानकारी दिनुभयो । कृषि, व्यापार तथा घरायसी आवश्यकतालाई ध्यानमा राखी कुल रु. ११ करोड ४९ लाख ४६ हजार २ सय ६ रुपैयाँ कर्जा परिचालन गरेको जनाएको छ । वित्तीय अनुशासन र चुस्त व्यवस्थापनका कारण संस्थाले आ.व. २०८२/०८३ मा रु. २५ लाख ४१ हजार ३ सय ४३ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । संस्थामा महिला शेयर सदस्य ९२९, पुरुष शेयर सदस्य ९०६, संस्थागत सदस्य ३० र बाल सदस्य ४३९ गरी कुल २,३०४ जना सदस्यहरू आबद्ध रहेका छन् ।
रासायनिक मल तथा ग्यास वितरण ः संस्थाले बनेपा नगरपालिका तथा सम्बन्धित निकायसँगको समन्वयमा कृषक सदस्यहरूलाई सहुलियत दरमा रासायनिक मल तथा सगरमाथा ग्यासको आधिकारिक डिलरमार्फत ग्यास बिक्री वितरण निरन्तर गर्दै आएको छ ।
सामाजिक राहत र बाल कार्यक्रम ः नियमित बचतकर्ताहरूलाई सुत्केरी सहयोग, स्वास्थ्य उपचार खर्च तथा मृत्यु राहत सुविधा उपलब्ध गराउनुका साथै बालबालिकाका लागि खुत्रुके बचत, कन्या तथा कुमार पूजा र ज्येष्ठ नागरिकहरूका लागि तीर्थाटन कार्यक्रम सञ्चालन गरिएको छ ।
डिजिटल बैंकिङ ः सदस्यहरूलाई सहज सेवा दिन आइ.एम.इ. पे (क्ष्ःभ् एबथ) मार्फत विद्युत्, खानेपानी, मोबाइल टपअप, इन्टरनेट भुक्तानी तथा क्युआर (त्तच्) स्क्यान प्रविधि मार्फत शेयर सदस्यहरुलाई सेवा प्रदान गरेको छ ।
आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि संस्थाले रु. २३ करोड ११ लाख १५ हजारको कुल अनुमानित बजेट तथा प्रस्तावित कार्यक्रमहरू प्रस्तुत गरेको छ, जसलाई साधारण सभाले पारित गरेको संस्थाले जनाएको छ ।
