IMG-LOGO

उपकार साकोसको १९ औं सभा

 मंगल, असोज २७, २०८३  -

    आजको बचत भोलिको आधार सबैको सहकार्य सबैको उपकार भन्ने नाराका साथ उपकार बचत तथा ऋण सहकारी संस्थाको १९ औं साधारण सभा बनेपामा सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष ठाकुर गौतमको सभापतित्वमा शनिबार सम्पन्न कार्यक्रममा सचिव ऋतुपूर्ण श्रेष्ठले प्रगति तथा भावि कार्य योजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष राजकुमार आचार्यले आ.व. २०८२÷०८३ को लेखापरीक्षण प्रतिवेदन तथा आगामी वर्षको प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो । लेखासुपरीवेक्षण समिति संयोजक जयराम थापाले लेखाप्रतिवेदन प्रस्तुत गर्नुभयो । १ हजार ६ सय ४९ सेयर सदस्यबाट १ करोड २७ लाख ८१ हजार दई सय रहेको छ । १२ करोड १४ लाख ३५ हजार ३ सय २१ कुल सम्पति रहेको छ । ९ करोड ४२ लाख ९९ हजार ८ सय ८५ निक्षेप दायित्व रहरेको छ । १ करोड २८ लाख १ हजार १ सय ५१ व्याज आम्दानी गरेको छ । १९ लाख ५० हजार ६ सय ६३ खुदा नाफा कमाउन सफल भएको कुरा संस्थाका प्रबन्धक नवराज बजगाइले जानकारी दिनुभयो । 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि:9841410162

ठेगाना
  • बनेपा, काभ्रे
  • kavretimes@yahoo.com
  • ekavretimes@gmail.com
  • 011-663049, 9841410162
हामीलाई फलो गर्नुहोस्