पानस बचत तथा ऋण सहकारी संस्था लि. बनेपाले आफ्नो १८ औं साधारण सभाकै अवसरका दिन पानस स्मार्ट मोबाइल बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । संस्थाको अध्यक्ष विजेन्द्र पोटेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि संस्थाका जेष्ठ सदस्य श्यामकृष्ण श्रेष्ठ हुनुहुन्थ्यो । सूचना र प्रविधिको युगमा आफ्ना शेयर सदस्यहरुको लागि छिटोछरीतो आर्थिक सेवा प्रवाहका लागि मोबाइल बैंकिङ सेवा प्रारम्भ गरेको कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत ईश्वर महाजुले जनाउनुभयो । संस्थाका सचिव सुमन वैद्यले प्रगति तथा भावि कार्ययोजना प्रस्तुत गर्नुभयो । कोषाध्यक्ष श्याम सेवा चार्यले आय व्यय विवरण र आगामी वर्षको वार्षिक बजेट प्रस्तुत गर्नुभयो । ३ हजार २ सय ६५ शेयर सदस्यबाट १ करोड ६४ लाख ४२ हजार ८ सय शेयर रहेको छ । ४८ करोड २९ लाख ६४ हजार ८ सय ४३ बचत रकम थप भइ ६१ करोड ३० लाख ६६ हजार ४ सय ३१ रहेको छ । १० करोड ६३ लाख ३० हजार ४ सय ६१ ऋण लगानी भएको छ । २ करोड ८ लाख ५६ हजार १ सय १० आम्दानी भएको छ । कुल खर्च १ करोड ७४ लाख ४८ हजार २ सय ८१ खर्च भएको छ । ६३ लाख ५८ हजार ८ सय ६३ जगेडा कोष रहेको छ । ६ लाख २६ हजार ५ सय ९७ खुद मुनाफा भएको छ । लेखासुपरीवेक्षण समिति संयोजक रामेश्वर महाजुले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
