उग्रतारा बहुउद्देश्य सहकारी संस्था लि. बनेपाले आ.व. २०८२÷०८३ को २३ औं साधारण सभा सम्पन्न सँगै आफ्ना शेयर सदस्यहरुलाई ७ प्रतिशत लाभांश प्रदान गर्ने भएको छ । शनिबार कायस्थ बैन्क्वेटमा संस्थाका अध्यक्ष पूर्णप्रसाद पलाञ्चोकेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष पुस्पकाजी श्रेष्ठले गर्नुभयो । सचिव दिपेशरत्न शाक्यले प्रगति तथा भावी कार्ययोजना, कोषाध्यक्ष लक्ष्मीलाल राजभण्डारीले आ.व. २०८२÷०८३ आय व्यय र प्रस्तावित बजेट प्रस्तुत गर्नुभयो । लेखासुपरीवेक्षण समितिको प्रतिवेदन लेखा सदस्य महेश्वर भक्त भोछिभोयाले प्रस्तुत गर्नुभएको थियो । एक हजार ८ सय १ शेयर सदस्यबाट ६ करोड ६९ लाख ३६ हजार ४०० शेर रकम, ८९ करोड ३० लाख ७७ हजार बचत निक्षेप संकलन, ७१ करोड ८१ लाख ७१ हजार ऋण लगानी, ७६ करोड ७५ लाख ५१ हजार कर्जा असुली गरेको छ । ७ करोड ७१ लाख १६ हजार कुल आम्दानी, ६ करोड १८ लाख ५६ हजार खर्च गरी १ करोड ५२ लाख ६० हजार खुद मुनाफा आर्जन गरेको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त थापाले सदस्य हित कार्यक्रम अन्तरगत जेष्ठ नागरिक सम्मान, सामाजिक क्रियाकलाप स्वास्थ्य शिवीर, सिपमुलक तालिम, सदस्यहरुको आर्थिक स्तर बृद्धिमा लगानी बढाएको बताउनुभयो । कार्यक्रमको संचालन संचालक सदस्य दिव्यश्वरी लाखे पोटेले गर्नुभएको थियो ।
